काठमाडौं,२१ मङ्सिर । काठमाडौंको पुरानो नैकाप मतदान केन्द्र नजिक बम विष्फोटन भएको छ ।

पुरानो नैकाम विद्या मन्दिर तीनथाना संतुगल मतदान केन्द्रका १० मिटर पर वाँसको झ्याङ्गमा बम विष्फोट भएको हो ।

विफोष्टबाट कुनै मानवीय र भौतिक क्षति नभएको त्यहाँबाट पत्रकार रघुनाथ बजगाँईले जानकारी दिए ।

मतदातामा त्रास उत्पन्न गर्ने र प्रभावित गर्ने उद्देश्यले विष्फोटन गराईको प्रहरीले बताएको छ ।

घटना स्थलमा नेपाली सेनासहितको टोली पुगीसकेको छ ।