काठमाडौं,२१ मंसिर । नेपाली कांग्रेसका युवा नेता तथा उम्मेदवार गगन थापालाई लक्षित गरी बम बिष्फोट गराएको आरोपमा विप्लव समूहका ६ जना पेस्तोल सहित पक्राउ परेका छन् ।

काडमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगन थापामाथि गत १८ गते भङगल चपलीहाइटमा भइरहेको घर दैलो कार्यक्रमलाई लक्षित गरी बम प्रहार भएको थियो ।

बम बिस्फोट गरेको आरोपमा पक्राउ पर्नेमा २४ वर्षीय रवि गोले, २४ वर्षीय सम्पूर्ण मुक्ति भनिने विचारमान तामाङ, ३० वर्षीय महेष नेपाली, ४८ वर्षीय विगेश लामा, ३२ वर्षीय राजिव तामाङ र ३० वर्षीय रोशन विष्ट छन् ।

रवि विप्लप समूहका युवा दस्ता इञ्जार्च, मुक्ति काठमाडौँ जिल्ला समिति सदस्य, महेष ललितपुरको इलाका कमिटी सदस्य, विगेश न्याय विभाग प्रमुख, राजिव नुवाकोट जिल्ला सदस्य र रोशन साधारण सदस्य हुन् ।

पक्राउ परेकाहरुको साथबाट चिनियाँ पेस्तोलसहित चार वटा बम समेत बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुहोस :

  • काठमाडौंको चपलीमा बम विस्फोट, गगन थापा घाइते (भिडियो सहित)

काठमाडौँ, १८ मङ्सिर । चुनाव प्रचारका क्रममा नेपाली कांग्रेसका नेता एवं काडमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगन थापामाथि बम प्रहार भएको छ । भङगल चपलीहाइटमा भइरहेको घर दैलो कार्यक्रमलाई लक्षित गरी बम प्रहार भएको हो ।
एता गगनको माहोल तातेको हुदा पनि वाम गठबन्धन टिमले हार्ने दाउले बम हानेको आसंक छ।

बम लागेर नेता थापा सामान्य घाइते भएका छन् । थापाको कान र ढाडमा चोट लागेको छ । थापासहित सबै घाइतेको शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ । बम विस्फोट हुँदा केही व्यक्ति घाइते भएको र एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।