मङ्सिर २१, धनुषा । देशैभरि सबैभन्दा रोचक भनिएको धनुषा-३ मा मतदान भन्दा १२ घण्टा अगाडी बाम गठबन्धनले आफ्नो समर्थन राजपाका उम्मेद्वार राजेन्द्र महतोलाई दिने निर्णय गरेको थियो । अहिले सोहि अनुरुप मतदान हुँदै छ ।

धनुषा- ३ बाट बाम गठबन्धनका उम्मेदवार रामसिंह यादवलाई मधेशी गठबन्धनका उम्मेद्वार राजेन्द्र महतोको पक्षमा लाग्न र आफ्ना कार्यकर्ता समर्थकहरुलाई प्रतिनिधि सभामा मधेशी गठबन्धनको पक्षमा मतदान गर्न हिजै राति निर्देशन जारि गरेको थियो ।

स्थानिय स्तरमा सहमति भए पछि काठमाण्डौमा बसेको नेकपा माओवादी केन्द्रको केन्द्रिय सचिवालयको बैठकले धनुषा-३को प्रतिनिधि सभाका लागि मधेशी गठबन्धनको पक्षमा मतदान गर्न निर्देशन जारि गरेको थियो ।

काठमाण्डौबाट जारि गरिएको विज्ञप्तिमा मधेशी जनताको हक अधिकारको लागि निरन्तर संघर्ष गर्ने र देशको एक परिवर्तनकारी शक्तिको नेतृत्वदायी भूमिकामा रहेको राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलाई समर्थन गर्न आफ्ना समस्त कार्यकर्ता र समर्थकहरुलाई निर्देशन दिएको उल्लेख गरिएको थियो ।

उता नेकपा एमालेले पनि आन्तरिक सर्कुलर जारि गर्दै परिवर्तनका संवाहक, मधेश आन्दोलनका अगुवा नेता राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको पक्षमा मतदान गर्न आफ्ना सम्पूर्ण पार्टी पंक्ति र समर्थक हरुलाई निर्देशन दिएको स्रोतले जानकारी दिएको छ । यदि यी दुई दल मिल्यो भने कांग्रेस अल्पमतमा झर्नेछ।