रामपुर पाल्पा, २१ मंसिर: जिल्लाको रम्भा गाउँपालिका–२ पश्चिमकोटमा १७ मलामीले मतदान गरेका छन् ।

रम्भा गाउँपालिका–२ बक्सिङकोट सुरुङडाँडा ८५ वर्षीया टकिसरा सिंजालीको आवज निधन भएको थियो । मलामी जानु अघि उनीहरुले स्थानीय मेहन्द्र आधारभूत मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

मतदान गर्नेमा सोही वडाका वडासदस्य दुर्गाबहादुर थापासहित रहेका स्थानीयवासी एवत सारुले जानकारी दिनुभयो । रासस