सप्तरी,२१ मंसिर । सप्तरीको महदेवा गाउँपालिकाको वडा नम्बर २ स्थित आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान अझैसम्म हुन सकेको छैन। सिके राउतको गाउँ रहेको सो मतदान केन्द्रमा ५४५ पुरुष र ४१५ महिला गरी ९६० मतदाता रहेका छन्।

मतदान अधिकृत धनेश्वर साहका अनुसार सप्तरी क्षेत्र नं २ (क) अन्तर्गत पर्ने महदेवा गाउँपालिका–२ स्थित मतदान केन्द्रमा कोही पनि मतदाता र राजनीतिक दलका प्रतिनिधि आएनन्। प्रतिनिधि र मतदाता नआएपछि बाकस सिल गरिएर राखिएको उनले बताए।

त्यहाँ खटिएका आठ कर्मचारी, चार प्रहरी र १० म्यादी प्रहरी मतदाताको प्रतीक्षामा रहेका छन्। स्वतन्त्र मधेस गठबन्धनका सिके राउतको जन्मस्थान रहेको सो गाउँबाट मत नखसाएर निर्वाचन बहिष्कारको सन्देश दिन खोजिएको स्थानीयको भनाइ छ। अन्नपूर्णपोस्टबाट