काठमाडौं,हास्य टेलिश्रृंखला भद्रगोलका कलाकार सागर लम्साल ‘बले’ र हरिश निरौला ‘कक्रोज’ नयाँ म्युजिक भिडियोमा देखिएका छन् ।उनीहरु लामो समयपछि गायक किरण भुजेलको गीतमा मोडलको रुपमा देखिएका हुन् ।

संगीतका विद्यार्थी किरणको बरीलै बोलको गीतले पनि यसअघि गतिलै चर्चा पाएको थियो । पल शाह र जुना सुन्दास अभिनित भिडियोको लोकप्रियताले हौसिएका किरणले यसपटक हास्यकलाकारलाई मोडलको रुपमा लिएका हुन् । हास्य कलाकारको गतिलो छवि बनाएका उनीहरु म्युजिक भिडियोमा रक्षा श्रेष्ठ र जुना सुन्दाससँग देखिएका छन् ।

‘माया मै सँग लाइदेउन’ बोलको रोमान्टिक गीतमा ‘बले’ र रक्षा एवं ‘कक्रोज’ र जुनाले रोमान्स गरेका छन् । भिडियोमा ‘बले’ र ‘कक्रोज’को प्रेमिका बनेका रक्षा र जुना, मधुसुदन पाठक ‘सितेबा’ को अंगालोमा देखिएका छन् । गीतमा किरण भुजेल र मेलिना राईको स्वर दिएका छन् । डिपी खनालको शब्द रहेको गीतमा शंकर थापा ‘स्माइल’को संगीत छ । उदयराज पौडेलको एरेन्जमा तयार भएको गीतको भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन् जसमा सुरेन बसेलको कोरियोग्राफी छ । भिडियो निशान घिमिरेले सम्पादन गरेका छन् ।