श्रद्धाञ्जली दिन पुगेका कलाकारको आर्यघाटमा रुवाबासी । हेर्दा हेर्दै खरानी भईन बिना थापा । मन थामेर हेर्नुहोस भिडियो !

अभिनेत्री बिना थापाको सडक दुर्घटनामा निधन भएको छ । बुधवार दिउँसो बत्तीसपुतलीमा भएको दुर्घटनामा कलाकार थापाको निधन भएको हो । राजधानीको बत्तीसपुतलीमा बा.२ ख ८९४ नम्बरको पानी ट्याङकरले बिना सवार बा.५५ प १३८७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनापछि उनलाई वीर अस्पताल लगिएको थियो ।

उपचारको क्रममा उनको निधन भएको प्रहरीले बताएको छ । ठक्कर दिने ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिना गुल्मीको मुसिकोट गाउँपालिका–२ की स्थायी हुन् । उनी अभिनीत नयाँ फिल्म ‘पिंजडा ब्याक अगेन’ प्रदर्शनको तयारीमा छ ।

उनले ‘उवर्शी’, ‘डिभोर्स’ फिल्मसँगै दर्जन बढी म्यूजिक भिडियो र नाटकमा समेत अभिनय गरेकी छिन् । देश तथा विदेशमा हुने सांगीतिक कार्यक्रममा उनी बढी जसो व्यस्त रहँदै आएकी थिइन् ।

केहि दिन पहिले गुल्मेली कलाकार उनले फेसबुकमा यस्तो लेखेकी थिइन् –

‘जिन्दगी के रहिछ तरु मानवीय घमण्ड आखिर किन रु यस्तै कुराले मलाई पिरोल्छ धेरैजसो पशुपतीनाथ को दर्शन अनि त्यहाँ को माहोल मा टोलाइरहन मन लाग्छ । त्यहाँ को गतिविधि हेर्नको लागि म प्राय पशुपति जाने गर्छु आफुलाइ फ्रेस बनाउन र केही बुझन, त्यहाँ बस्दा समय बितेको पत्तो पाउदैन म लाग्छ। मृत्यु भयानक छ तर ईमानदार छ । मानिसको ईमानदार मित्र कोहि छ भने त्यो मृत्यु हो । मृत्यु ले कहिले धोका दिदैन । जन्म देखि संगै बस्ने र जादा संगै लिएर जाने मृत्यु रहेछ । मृत्यु को आफ्नै लय हुन्छ जिबनको लय भन्दा फरक छ। मृत्यु सधै दुस्खदायी हुन्छ तर दुस्खको कारण मृत्यु होइन त्यो प्रेम हो ।’

उनका केहि फोटोहरु :