काठमाडौं । तरकारीको भाउ दिनहुँ बढ्दै गएका छन्। शुक्रवार प्रतिकिलो ८५ रुपैयाँ रहेको घिउसिमी शनिबार २० बढेर १०५ रुपैयाँ पुग्यो। त्यस्तै आइतबार त किलोको खुद्रा मूल्य ११५ रुपैयाँ पुगेका छन्।

अघिल्लो आइतबारसम्म प्रतिकिलो घिउसिमीको मूल्य ६५ रुपैयाँ मात्र थियो । एक साताको अवधिमा घिउसिमीको मूल्य झण्डै ७७ प्रतिशतले बढेको छ । कालिमाटी तरकारी तथा फलफूल विकास समितिका अनुसार शनिबारसम्म प्रतिकिलो ६३ रुपैयाँ रहेको पालुङ्गो, चमसुर र मेथीको सागको मूल्य आइतबार एकाएक १०५ रुपैयाँ पुगेको छ । अधिकांश तरकारीको मूल्य एकाएक आकासिएको छ । सानो गोलभेडा अघिल्लो बिहीबारसम्म प्रतिकिलो ४५ रुपैयाँमा पाइन्थ्यो । शुक्रबार ५५ रुपैयाँ पुग्यो । शनिबार १० रुपैयाँ अझै थपियो ।

आइतबार भने गोलभेंडाको मूल्य ३ रुपैयाँले घटेको छ । मूख्य सिजन हुँदा पनि काउली र बन्दाको भाउ पनि बढेको कालिमाटी तरकारी तथा फलफूल विकास समितिले जनाएको छ ।