टाटाको नेक्सन एसयुभी कार आधिकारिक रुपमा नेपाली बजारमा लन्च भएको छ । नेक्सन कम्प्याक्ट एसयुभी वर्गमा पर्ने टाटाको पहिलो कार पनि हो । डिजेल र पेट्रोल गरी दुवैथरीका इन्जिनमा यी कार उपलब्ध हुनेछन् । नेपालमा नेक्सनको मूल्य डिजेल इन्जिनमा ४१ लाख ५५ हजार र पेट्रोल इन्जिनमा ३२ लाख ७५ हजार रुपियाँबाट सुरु हुन्छ ।

टाटा नेक्सन चार फरक भेरिएन्ट र पाँच भिन्न रङमा उपलब्ध छन् । डिजेल र पेट्रोलमा टाटा नेक्सनको इन्जिनको क्षमता फरक–फरक छन् । यो गाडी १२ सय सीसीको पेट्रोल वा १५ सय सीसीको डिजेल इन्जिनमा उपलब्ध छ । तर, दुवैले निकाल्न सक्ने अधिकतम पावर १ सय १० ब्रेक हर्सपावर नै हो ।

यो गाडीमा ६ गियर भएको म्यानुअल ट्रान्समिसन छ । यसमा २०.९ सेन्टिमिटरको ग्राउन्ड क्लियरेन्स छ । र, यो गाडीमा ४४ लिटर क्षमताको फ्युल ट्यांक छ । इको, सिटी र स्पोर्ट गरी तीन फरक ड्राइभिङ मोड टाटा नेक्सनको अर्को मुख्य विशेषता हो ।