काठमाडौं । केही दिनयतादेखि निरन्तर घटेको सुनचाँदीको मूल्य साताको अन्तिम दिन पनि घटेको छ । बिहिबार ५७ हजार सात सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य साताको अन्तिम दिन तोलामा थप तीन सय रुपैयाँ घट्दै प्रतितोला ५७ हजार चार रुपैयाँमा झरेको छ ।

यसअघि हिजो पनि सुन तोलामा तीन सय रुपैयाँ घट्दै ५७ हजार सात सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ