– शान्तिराज राई

पुर्बको सुनिरहने राजनैतिक नाम किरात-खम्बुवान पछि लिम्बुवान नै हो । लिम्बुवान आफैमा बिबादास्पद र जातिवादले चुर्लुम्मै डुबाएको छ । केही बर्ष अगाडी एउटा पहिचान वादी नेतृले मलाई भनिन लिम्बुवानले आन्दोलन चर्काई रहदा तिमीहरु कहाँ छौ ?
मैले मन्द मुस्कान सहित जवाफ दिए “समयले देखाउला नेता ज्यु” !

साच्चिकै अहिले समिक्षा गर्ने हो भने किरात आन्दोलन निकै अगाडि पुगिसकेको छ । किरात आन्दोलनले सबैको मन जितेर जाँदै गर्दा लिम्बुवान आन्दोलन भने किन झनझन तल किन गिर्दै गै रहेको छ त ?

थोरै समिक्षा गरौँ,लिम्बुवान आन्दोलनले लगभग दसक पार गरिसकेको छ । यस बिचमा पहिचानवादी हरुले यसलाई गर्वको रुपमा मानेर लानुपर्ने बेला अहिले सबैको टाउको दुखाईको बिषय बन्दै गएको छ ।

लेखक

१) अखण्ड लिम्बुवान

२) अति जातिवाद

३) प्रशिक्षणको अभाव

४) जनसंख्या

५) पद मोह

६) आर्थिक

माथिको बुदा हरुलाई ब्याख्या गर्दा,

१) लिम्बुवान माग गर्दै गर्दा अन्य पहिचानवादि हरुले क्लस्टर अर्थात बैज्ञानिक आधारमा सिमाङनको नक्सा टुङ्गियाईनु पर्छ भनेर त्यहाको केही नेतृत्वले अखण्ड नौ जिल्ला लिम्बुवान हुनैपर्छ भन्ने अडानले पहिचान वादी भित्रै एक्लिदै गएको छ । अखण्ड लिम्बुवानको नाराले मधेसवादी दल, थरुहट, किरात, खम्बुवानको अहिले टाउको दुखाई बिषय बन्दै गएको छ । पहिचान वादि शक्ति भएनी बेवास्ता गर्दै अगाडि बढन चाहन्छन ।

२) अति जातिवाद – लिम्बुवान आन्दोलनमा एउटै नारा छ । “जय नौ जिल्ला लिम्बुवान” हुनत त्यहा भित्र सबैको अधिकार सम्पन्न बनाइन्छ भन्ने नारा लाएनी अरु जातले बिश्वास गरि हाल्ने आधार हरु तयार भएको छैन । त्यो आधार हो अरु गैर जाती हरुलाई कार्यकर्ताको रुपमा प्रयोग गर्ने तर नेतृत्वमा पुग्न नदिनु । अहिले पनि सलिपाने महाधिवेशनमा “कमल छाहारुङ” लाई अध्यक्ष दाबेदार गर्न नदिनु ज्वलन्त उढाहरण हो । याद रहोस् कमल छाहरुङ लामो जीवन सम्म जातीय र आदिवासी आन्दोलनको अगुवा हुनुहुन्छ । र दसकौ लिम्बुवान भुमिको लागि संघर्षरत पाको र अग्रज नेता हुनुहुन्छ । अहिले लिम्बुवानको मुद्दा छोडेर साझा मुद्दा “सङ्घिय वादी” पार्टीको गठनको दौडाहामा हुनुहुन्छ । त्यस्तै गरि लिम्बुवान भनेर दिनरात नथाक्ने भवानी बराल अहिले ओझेलमा पारी सकेका छन ।

३) प्रशिक्षणको अभाव – लिम्बू समुदायमा लिम्बुवान हुनुपर्छ भन्ने सबैलाई चाहना भएनी सहि गन्तव्य के हो भन्ने प्रशिक्षणको अभाव छ । लिम्बु नेताहरूले आआफ्नो मुद्दा ग्रेटर लिम्बुवान, जनमत, समान्नतर सरकार, ससत्र बिद्रोह, र चुनावी प्रक्रियाको लबिङ गर्दै अघि बढिरहेका छन । त्यसैले तलको जनताले कुन मुद्दालाई अगाल्ने अन्योल छ । र इतिहास अध्यनको कमिले समाजिक सञ्जालमा पनि गाली गलौजमा उत्री हाल्नु नै प्रसिक्षणको अभाव हो ।

४) जनसंख्या – नौ जिल्ला लिम्बुवानको माग गरेनि त्यहाँ लगभग ४० लाख जनसंख्या भित्र लिम्बु हरुको जनसंख्या ३ लाख ५० हजारको हाराहारीमा छ । त्यो भित्र अत्यन्तै बढी गैर आवासीय हरुको सङ्ख्या छ ।

त्यहाको केही अभियन्ता हरुले “कण्डम फालौ, जनसंख्या बढाऔ” अभियान नै सञ्चालन गरेका छन । हुनत जनसंख्या ठूलो हैन नेतृत्व ठूलो हो तर अहिले ठ्याक्कै ४६, लाख ५० हजार गैर लिम्बुहरुले बिश्वास गर्ने आधार नहुनु नै लिम्बुवान आन्दोलन कम्जोर हुनु हो ।

५) पद मोह – आदिवासी आन्दोलन लाई लागेको रोग लिम्बुवानमा पनि लागेको छ । पद नभै नहुने तर पद पाएर नि नेतृत्व गर्न नसक्नु र जनमत बटुल्न नसक्नु नि एउटा चुनौतीको बिषय बनेको छ ।

६) आर्थिक – अहिले पेचिलो र बिबादास्पद बन्दै गएको लिम्बुवानको मुद्दा हो “आर्थिक” लिम्बुवान आन्दोलन लगातार सञ्चालन हुने आर्थिक चासो अन्य पार्टी हरुलाई नि खुलदुलीको बिषय हुनसक्छ ।

 

विभिन्न पाटोबाट विभिन्न आरोप लाएनी जे जति आन्दोलन कार्यक्रम हाक्ने आर्थिक जुटाएका छन । त्यो वैदेशिक सहयोग नै हो लिम्बुवान आइ हाल्छ । भोलि मेन्टन गरौंला भन्दै लाखौ सहयोग हरु जुटाई रहेका छन । प्राय सबैले सानोतिनो सहयोग गरेकै छन । त्यसैले लिम्बुवानको मुद्दा छोड्दा त्यो सहयोगदाताले नछाड्ने भएकाले नि लिम्बुवान नेता हरु हलचल गर्न पाएका छैनन ।

” माथिको कुराहरुलाई मध्य नजर गरेर अघि बढे लिम्बुवान आन्दोलन निकै माथी पुग्ने छ । र अन्य पहिचान वादी शक्ति हरुलाई लागेको जातिवादीको नारा कम हुँदै जानेछ” ।