नेपाल आइडलको पहिलो संस्करणका विजेता बुद्ध लामाले पुरस्कार बापत जितेको कार अझै चढ्न पाएका छैनन् । पुरस्कार स्वरुप जितेको कारको चाबी हस्तान्तरण गरिएपनि सवारी धनी प्रमाणपत्र ९ब्लूबुक ० अझै उनको हात परेको छैन ।

कारको ब्लूबुक प्राप्त गर्न ८ लाख रुपैयाँ राजश्व तिर्नुपर्ने भएपछि उनले सामाजिक सञ्जालमा एउटा अडियो समेत सार्वजनिक गरेका छन् । अडियोमा उनले नेपाल आइडल भएवापत पुरस्कारमा जितेको कार अहिलेसम्म चलाउन नपाएको गुनासो गरेका थिए.

उक्त कुरा बहिर आएपछी हामी यस सम्बन्धि कुरा बुझन उनको घरमा पुगेका छौ र बुद्ध लामाको बुबासंग कुराकानी गरेका छौ l सबै भन्दा पहिले उनले दुख मान्दै भने ‘बाबु हामीलाई धेरैनै दुख भयो आफुले पाएको पुरस्कार पाउन पनि चेक दियो जहिले बाउन्स हुने त्यो पनि २ पटक सम्म ३ पटकमा त्यो पनि सानो युद्धनै जिते जसरी बडो मुस्किलले ” उनि भन्दै जान्छन बैंकका सबै मान्छे हासे छोरो कालो र निलो हुदै फर्कियो l

हेर्नुहोस नेपाल आइडलले कति कति पुरस्कार दियो र कसरी दियो त ? यसरी पिडा पोखे बुद्ध लामाको बुबाले

एपिवानले जति नै स्पष्टिकरण दिए पनि नेपाल आइडल बुद्ध लामाका बुवाले भने अर्कै रहस्यको पर्दाफास गरेका छन । हेर्नुहोस यो बिषयमा गरिएको कुराकानी :

यो पनि पढ्नुहोस :

एपी वान टेलिभिजनबाट प्रशारित पहिलो नेपाल आइडलका विजेता बुद्ध लामाको एउटा अडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

अडियोमा बुद्धले नेपाल आइडल भए वापत पुरस्कारमा जितेको कार अहिलेसम्म चलाउन नपाएको गुनासो गरेका छन् । सार्वजनिक भएको एउटा अडियोमा बुद्धले भनेका छन्, ‘मैले पुस्कारमा पाएको जितेको कार पाएँ, तर ब्लु–बुक पाएको छैन । ब्लु–बुक नपाएपछि गाडी कसरी चलाउने रु’ बुद्धका अनुसार उनलाई ८ लाख रुपैयाँ ट्याक्स मागिएको छ, जुन तिर्न सक्ने स्थितिमा उनी छैनन् । ‘म कति धाउनु रु कति धाउनु ? आठ महिनादेखि धाउँदैछु हेर्नुस । यो त मेरो खास कामै होइन नी । चेक दियो घरमा पैसा छैन । कताबाट ल्याउने ? आठ लाख माग्छ मैले कहाँबाट ल्याउने रु तिनीहरुले तिरेर ल्याउनुपर्ने होइन र यो त ? ’ मलाई अप्ठेरो न अप्ठेरो लागिरहेको छ भन्दै उनले यो सन्देश भाइरल बनाइदिन सबैसँग आग्रह गरेका छन् ।

तर एपीवान एचडी टेलिभिजनले बुद्धलार्इ सम्पूर्ण पुरस्कार हस्तान्तरण गरिसकिएको जनाएको छ । बुद्धलार्इ प्रदान गरिएका पुरस्कारबारे केही दिनयता भ्रामक समाचार प्रकाशित भएपछि एपीवानको तर्फबाट बिहीबार एक विज्ञप्ती जारी गर्दै नेपाल आइडलको फाइनलकै बेला बुद्धलार्इ नगद पुरस्कारसहित कारको साँचो पनि हस्तान्तरण गरिसकिएको जानकारी गराएको छ ।

‘तोकिएको र सम्झौता अनुसारको पुरस्कार रकम बुद्ध लामालाई हस्तान्तरण गरिसकिएको छु, अन्नपूर्ण मिडिया नेट्वर्कको टेलिभिजन एपीवान एचडीले भनेको छ, ‘ ‘पुरस्कारमै पाएको कारको साँचो उनलाई त्यतिबेलै एक समारोहकबीच बुझाइसकिएको छ । त्यही बेलादेखि उक्त कार उनकै कब्जामा छ ।’

एपीवानले कारको स्वामित्व लिन बुझाइनुपर्ने कर तिर्ने जिम्मा बुद्धको भएको जनाउँदै कहाँ, कसरी र कति रकम तिर्नुपर्ने कुरा पनि बुद्धलार्इ जानकारी गराइसकिएको एपी वानले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।