क्वालालम्पुर। मलेसियाको बहु चर्चित कम्पनि टप ग्लोबमा हजारौं नेपाली कामदार कार्यरत रहेका छन्। मलेसियाको विभिन्न ठाउँमा यस कम्पनि रहेता पनि सबैभन्दा ठुलो र अधिक संख्यामा नेपाली कार्यरत भने मलेसियाको केलाङ्ग मेरुमा रहेको छ।

लगभग चार हजारको हाराहारीमा उक्त कम्पनीमा नेपाली कार्यरत छन्। बंगलादेश, इन्डोनेसिया, म्यानमार, भियतनाम, फिलिपिन्स लगायतका अधिक संख्यामा विदेशी कामदारहरु कार्यरत छन्। जसमध्य नेपाली कामदारको संख्या अधिक रहेको छ।

नयाँ शक्ति नेपालको संयोजक तथा पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई इन्डोनेसिया हुँदै मलेसियामा छन्।

यसैक्रममा टप ग्लोबमा कार्यरत नेपाली कामदारको अवस्था बुझ्न भनि उक्त कम्पनीमा कार्यरत नेपाली कामदारहरु संग भेटघाट तथा तिनीहरुको अवस्था बुझ्नबारे आज डा भट्टराईले नेपालीहरुसंग यसरि भलाकुसारी गरेका छन्।

हेर्नुस डा बाबुराम भट्टराईले फेसबुकमा लेख्नुभएको जस्ताको त्यस्तै:

भेटघाटका तस्विरहरु :