मानिहरु जानाजान आफ्नो सम्बन्ध बिगार्न चाँहदैनन् । तर, कुनै कारणले बिग्रन गयो भने त्यसको असर उसको यौन जीवनमा पर्नेगर्छ । अनी लामो समयसम्मको सेक्समा देखिने उदासिनताले उनीहरुको वैवाहीक जीवनमा समेत असर पार्नसक्छ । त्यसैले सेक्सका केही टिप्सहरु अपनाएर तपाई आफ्नो जीवनमा यस्ता घटनाहरु हुनबाट बच्न सक्नुहुन्छ । आउनुहोस् के रहेछन् त ती टिप्स एकछिन पढौँ ।

सेक्सलाई नियमित बनाउने
नियमित सेक्स थकान र तनावले श्रीमान् श्रीमतीको यौन जीवनमा प्रवाह पार्ने गर्छ । तर, यो पनि साँचो हो कि यसले सम्बन्धमा नराम्रो असर पार्न सक्छ । त्यसैले हप्तामा तीन पटकसम्म सेक्स सम्बन्ध राख्नु जरुरी हुन्छ । यसले तपाईहरुको जीवन मधुर बनाउँछ ।

सम्बन्धमा निकटता ल्याउने
स्वास्थ्य मात्र नभएर सेक्सले तपाईको सम्बन्धमा पनि असर पार्न सक्छ । सम्बन्धमा निकटता ल्याएर श्रीमान् श्रीमती सेक्स जीवनलाई मधुर बनाउन सक्छन् । एकअर्कालाई भन्ने धेरै कुरा हुन्छन्, त्यसैले कुनै कुरा नलुकाई सबै कुरा एकअर्कालाई भन्नु आवश्यक हुन्छ । जसले समबन्धलाई निकटता प्रदान गर्दछ ।

सहमतिमा मात्र सेक्स गर्ने
मनोचिकित्सकका अनुसार जीवनमा सकारात्मक ऊर्जा ल्याउनका लागि श्रीमान् श्रीमती दुबैको मञ्जुरीमा गरिने सेक्स उत्तम हुन्छ । यसका लागी सेक्सलाई उपकरणका रुपमा नलिई मनबाट आएको भावका रुपमा परिणत गर्नुपर्ने हुन्छ । यसरी मन नभई गरिने सेक्स एकअर्काको अंगलाई छोएर र चुम्बन गरेर शिथिलता मात्र हटाउन सकिन्छ । तर, आपसमा सहमति भएर गरिने सेक्सले बढी आनन्द दिनसक्छ ।

पार्टनरलाई बढी समय दिने
मानिसहरु आफ्नो व्यस्तताका कारण श्रीमान् श्रीमतीलाई बढी समय दिन सकिरहेका हुँदैनन् । विवाहको केही वर्षपछि सहवास गर्नु दैनिकी जस्तै बन्दै जान्छ अथवा सेक्स एउटा बानीको रपमा विकास भैसकेको हुन्छ । त्यसकारण नियमित सेक्स र पार्टनरको मनोभावको सम्मान गर्ने वातावरण आफै सृजना गर्नुपर्छ ।

रोमान्टिक हुने
हुन त राम्रो श्रीमान् श्रीमती हुनका लागि रोमान्टिक हुनु र सधै पार्टनरलाई खुसी राख्नु आवश्य हुन्छ तर, सधैभरी त्यो सम्भव नहुन पनि सक्छ । त्यसैले समय निकालेर कहिलेकाँही फिल्म हेर्न जाने, किनमेलका लागि जाने, बाहिर खानाका लागि जाने, पार्टनरको तारिफ गर्ने, जिस्काउने, चुम्बन गर्ने, अण्डरवियर गिफ्ट दिने जस्ता कार्य गर्नुपर्छ । जसले तयाइलाई तनावबाट मुक्त पार्न मद्दत गर्दछ र सेक्सका लागि प्रेरणा प्रदान गर्छ ।