नेपाल आइडलको पहिलो संस्करणका विजेता बुद्ध लामाले पुरस्कार बापत जितेको कार अझै चढ्न पाएका छैनन् । पुरस्कार स्वरुप जितेको कारको चाबी हस्तान्तरण गरिएपनि सवारी धनी प्रमाणपत्र ९ब्लूबुक ० अझै उनको हात परेको छैन ।

कारको ब्लूबुक प्राप्त गर्न ८ लाख रुपैयाँ राजश्व तिर्नुपर्ने भएपछि उनले सामाजिक सञ्जालमा एउटा अडियो समेत सार्वजनिक गरेका छन् । अडियोमा उनले नेपाल आइडल भएवापत पुरस्कारमा जितेको कार अहिलेसम्म चलाउन नपाएको गुनासो गरेका थिए.

उक्त कुरा बहिर आएपछी हामी यस सम्बन्धि कुरा बुझन उनको घरमा पुगेका छौ र बुद्ध लामाको बुबासंग कुराकानी गरेका छौ l सबै भन्दा पहिले उनले दुख मान्दै भने ‘बाबु हामीलाई धेरैनै दुख भयो आफुले पाएको पुरस्कार पाउन पनि चेक दियो जहिले बाउन्स हुने त्यो पनि २ पटक सम्म ३ पटकमा त्यो पनि सानो युद्धनै जिते जसरी बडो मुस्किलले ” उनि भन्दै जान्छन बैंकका सबै मान्छे हासे छोरो कालो र निलो हुदै फर्कियो l

हेर्नुहोस नेपाल आइडलले कति कति पुरस्कार दियो र कसरी दियो त ? यसरी पिडा पोखे बुद्ध लामाको बुबाले

एपिवानले जति नै स्पष्टिकरण दिए पनि नेपाल आइडल बुद्ध लामाका बुवाले भने अर्कै रहस्यको पर्दाफास गरेका छन । हेर्नुहोस यो बिषयमा गरिएको कुराकानी :

यो पनि पढ्नुहोस :

एपी वान टेलिभिजनबाट प्रशारित पहिलो नेपाल आइडलका विजेता बुद्ध लामाको एउटा अडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

अडियोमा बुद्धले नेपाल आइडल भए वापत पुरस्कारमा जितेको कार अहिलेसम्म चलाउन नपाएको गुनासो गरेका छन् । सार्वजनिक भएको एउटा अडियोमा बुद्धले भनेका छन्, ‘मैले पुस्कारमा पाएको जितेको कार पाएँ, तर ब्लु–बुक पाएको छैन । ब्लु–बुक नपाएपछि गाडी कसरी चलाउने रु’ बुद्धका अनुसार उनलाई ८ लाख रुपैयाँ ट्याक्स मागिएको छ, जुन तिर्न सक्ने स्थितिमा उनी छैनन् । ‘म कति धाउनु रु कति धाउनु ? आठ महिनादेखि धाउँदैछु हेर्नुस । यो त मेरो खास कामै होइन नी । चेक दियो घरमा पैसा छैन । कताबाट ल्याउने ? आठ लाख माग्छ मैले कहाँबाट ल्याउने रु तिनीहरुले तिरेर ल्याउनुपर्ने होइन र यो त ? ’ मलाई अप्ठेरो न अप्ठेरो लागिरहेको छ भन्दै उनले यो सन्देश भाइरल बनाइदिन सबैसँग आग्रह गरेका छन् ।

तर एपीवान एचडी टेलिभिजनले बुद्धलार्इ सम्पूर्ण पुरस्कार हस्तान्तरण गरिसकिएको जनाएको छ । बुद्धलार्इ प्रदान गरिएका पुरस्कारबारे केही दिनयता भ्रामक समाचार प्रकाशित भएपछि एपीवानको तर्फबाट बिहीबार एक विज्ञप्ती जारी गर्दै नेपाल आइडलको फाइनलकै बेला बुद्धलार्इ नगद पुरस्कारसहित कारको साँचो पनि हस्तान्तरण गरिसकिएको जानकारी गराएको छ ।

‘तोकिएको र सम्झौता अनुसारको पुरस्कार रकम बुद्ध लामालाई हस्तान्तरण गरिसकिएको छु, अन्नपूर्ण मिडिया नेट्वर्कको टेलिभिजन एपीवान एचडीले भनेको छ, ‘ ‘पुरस्कारमै पाएको कारको साँचो उनलाई त्यतिबेलै एक समारोहकबीच बुझाइसकिएको छ । त्यही बेलादेखि उक्त कार उनकै कब्जामा छ ।’

एपीवानले कारको स्वामित्व लिन बुझाइनुपर्ने कर तिर्ने जिम्मा बुद्धको भएको जनाउँदै कहाँ, कसरी र कति रकम तिर्नुपर्ने कुरा पनि बुद्धलार्इ जानकारी गराइसकिएको एपी वानले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

०००

यो पनि पढ्नुहोस :

वकिलले नै भने – ‘कारको ८ लाख कर बुद्ध लामाले होइन, एपि वनले नै तिर्नुपर्छ, एपि वनले गलत ग¥यो’ (अन्तरवार्ता सहीत)

नेपाल आइडलका बिजेता बुद्ध लामाले अहिले सम्म पुरस्कार नपाएको भन्दै एउटा अडियो सार्वजनिक भएपछी अहिले सामाजिक संजाल नराम्ररी तातेको छ । बुद्धको अडियो सार्वजनिक भएपछी नेपाल आइडलको आयोजक एपि वन टेलिभिजनले बुद्ध लाई दिइएको कार को नेपाल सरकारलाई बुझाउनु पर्ने कर बुद्ध स्यमंले तिर्नुपर्ने आशयको जवाफ पनि दिइसकेको छ । अब पुरस्कार स्वरुप पाएको सामानको कर पुरस्कार दिनेले तिर्ने हो कि पुरस्कार लिनेले तिर्ने हो ? भन्ने बिषय नै मुख्य भयो । यसबारेमा यहाँ नानाथरी तर्क गरेर बस्नुभन्दा कानुनमा के ब्यबस्था छ भनेर खोज्नु नै उचित हुन्छ ।

त्यसैले यस बिषयमा कानुनले के भनेको छ भन्ने बिषयमा नेपालका चर्चित अधिबक्ता सुरेन्द्र थापा मगर संग एउटा बिशेष अन्तरवार्ता गरीएको छ । उनका अनुसार कानुनमा पुरस्कार पाउने ब्यक्तिले नै उक्त पुरस्कारको कर सरकारलाई तिर्नुपर्ने ब्यबस्था छ । यसको मतलब कारको कर बुद्ध ले तिर्नुपर्छ । तर उनले कारको कर बुद्धले तिर्नुपर्ने भनेर बताएनन । उनले त उक्त कारको कर एपि वन टेलिभिजनले तिर्नुपर्ने बताएका छन । कानुनमा एउटा प्राबधान हुदा हुदै पनि एउटा वकिलले किन एपि वन ले नै उक्त पुरस्कारको कर तिर्नु पर्ने किन बताए ? यो बिषय निकै महत्वपुर्ण छ । यो सनसनी पुर्ण अन्तरवार्ता हेर्नुहोस ः

०००

यो पनि पढ्नुहोस :

फ्यानहरुको बिरोध पछी अन्तत एपीवान टेलिभिजनले पुरष्कारको २० लाख मध्य ५ लाख भने बुद्ध लामालाई दिएको छ (फोटो सहित)

साझापेज । काठमाडौँ, २५ फाल्गुन । बुद्ध लामा पहिलो नेपाल आइडल हुन् ।

आइडल बने सँगै पोखराका बुद्ध लामाले २० लाख रुपैयाँ नगद र महिन्द्राको केयुभी १०० गाडी पाउनु पर्ने थियो तर ति मध्य आजसम्म उनको हातमा केहि परेको थिएन । केहि दिन अगाडी मात्र पुरष्कार राशि र पाएको कारको कर स्वरूप ८ लाख रुपैया एपीवानले मागी रहेको गुनासो मिडियामा सार्बजनिक गरे पछी आयोजक र एपीवान बिरुद्द उनका फ्यानहरु खनिएका थिए ।

बिजेता बनेर अहिले सम्म पनि कुनै पुरष्कार राशि नपाएको गुनासो सुन्ना साथ फ्यानहरुको बिरोध भए पछी अन्तत आज बुद्धले पाउनु पर्ने २० लाख नगद मध्य ५ लाख भने हात पारेका छन् । यो कुरा बुद्द आफैले फेसबुक मार्फत सार्बजनिक गरेका छन । नगद पाए पछी उनले सम्पूर्ण फ्यानहरुलाई धन्यवाद पनि दिएका छन ।

०००

यो पनि पढ्नुहोस :

नेपाल आइडल बुद्ध लामाले पुरष्कारको कार चलाउन नपाएको भन्दै गरेको गुनासोको अडियो विश्वभर भाइरल भए पछी अन्तत एपीवानले जवाफ दिएको छ, यस्तो रहेछ खास फन्डा …

काठमाडौं । एपी वान टेलिभिजनबाट प्रशारित पहिलो नेपाल आइडलका विजेता बुद्ध लामाको एउटा अडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।