काठमाडौ । नायक भुवन केसीलाई चोरीको आरोप लागेको छ । केसीलाई ‘कृ’ फिल्मको ‘उकालीमा पछि–पछि, ओरालीमा अघि–अघि’ बोलको गीतमा चोरीको आरोप लागेको हो ।

अहिले यही गीत लफडामा परेर प्रहरीकहाँ मुद्धा चलिरहेको छ । ३३ वर्षअगाडि सयपत्री मुभिज्ले शम्भु प्रधानको निर्देशनमा निर्माण गरेको फिल्म सम्झनाको यो गीतमा उतिबेला भुवन केसी र तृप्ती नाडकर देखिएका थिए । त्यही गीत अहिले नयाँ फिल्म ‘कृ’ मा हालिएको छ, जसमा भुवनका छोरा अनमोल र नायिका अदिती बुढाथोकीहरु छन् । लफडाचाहिँ प्रतिलिपी अधिकारको हो । सोसम्बन्धी ऐन, २०५९ को दफा २५ (१) (क) र (ख) बमोजिमको कसुर गरेका छन्, भुवन केसी र सुवाष गिरीले । । मुद्धाको फाइल टेकुस्थित प्रहरी परिसरका डिएसपी मोहन थापाको टेबुलमा छ । उजुरकर्ता उनै चलचित्र निर्देशक शम्भु प्रधान हुन् । फिल्मका निर्मातामध्ये भुवन पनि एक हुन् भन्ने दावी छ, शम्भुको । तर, भुवन आफू नभएर सुवाष निर्माता भएको बताउँछन् ।

समाचार बाहिर आएपछि भुवन केसीलेले दिएका छन् यस्तो स्पस्टिकरण हेर्नुहोस तल भिडियोमा :