काठमाडौँ। गत शुक्रबारबाट प्रर्दशनीमा आएको चलचित्र मंगलम्को आइतबार प्रेस शो देखाइएको थियो। जहाँ रेखा थापा लगायत अन्य केही कलाकारहरु पनि सहभागि थिए।

चलचित्र हेरेपछि नायिका रेखा थापाले संचारकर्मीसँगको कुराकानीमा मंगलम् निकै राम्रो चलचित्र बनेको प्रतिक्रिया दिइन्। उनले भनिन्ः- चलचित्र निकै राम्रो बनेको छ, म आफूलाई नरुने मान्छे भन्थे तर आज यस चलचित्रको विषयवस्तुले मेरो मन छोएको छ।

उनले शिल्पा पोख्रेल एक राम्रो अभिनय गर्ने कलाकार भएको बताउँदै चलचित्रमा सबै कलाकारहरुको अभिनयको प्रशंसा समेत गरिन्।