हाम्रो समाजमा बाच्नको लागी अनेक किसिमका सघर्ष गरीरेका छन् मानिसहरु फरक यत्ति हो कोहि राम्रो पेशा गरेका छन् कोहि नराम्रो | पछिल्लो समय नेपाली समाजमा पनि यौन पेशा मौलाउदै गएको प्रष्ट देखिन्छ कोहि बाध्यता त कोहि रहर यस पेशामा लाग्ने गरेको देखिन्छ त्यस्तै भएको छ यहि समाजमा बाच्दै गरेकी दिल्ली बजारमा बस्ने एक महिलाई पनि |

डिल्लीबजार जानु पर्ने भएकाले म बागबजारको बाटो हिँड्दै थिएं । पिके क्याम्पसको गेटनेर पुग्नै लाग्दा कोहि मेरो अगाडी आएर भन्यो-‘ के छ उषा ‘ ?

कहिं देखे देखे जस्तो लाग्ने अनुहार र सुनेकै आवाज हो भन्ने लाग्दा लाग्दै पनि ठम्याउन गाह्रो पर्दै थियो । आफ्नो नामै लिएर बोलाउने मान्छेलाई ‘को तपाई’ ? भनेर सोध्न पनि अप्ठ्यारो लाग्दै थियो ।

‘म सपना । चिनीनौ के हो ?’ उसले हाँस्दै भनि ।

एकछिन त म हेरेको हेरेई भएं । उसको शिर देखि पाउ सम्म हेर्दै भनें- ‘कस्तो भएको तिमी चिन्नै नसकिने ।’

उ फेरी हाँस्दै बोली -‘नराम्री भएको छु अरु सबै उस्तै हो ।’

त्यहि हाँसो हो उसको तर खै आज मलाई उसको अनुहारमा पटक्कै नसुहाए झैं लाग्यो । ‘कहाँ बस्छौ सपना ?’

‘यहिं नजीकै एउटा नामको मात्र कोठा छ, तिमीलाई फुर्सद छ भने चिया बनाएर खुवाउँछु’ ।

‘हुन्छ हिँड’ । मलाई उसको कोठामा जान मन लाग्यो ।

उ भेटीनुमा म खुशी थिएँ या दुखी आफैं अलमलमा थिएं । म उसको पछि पछि लाग्दै थिएं । तर मलाई कोहि अन्जान ब्यक्ती लाग्दै थिई सपना । अर्को दिन भेटौंला भन्न सक्थें त्यो पनि भनिन । बाटोमा उ म संग गफ्फीरहि । मैले आधा आधी मात्र सुनें होला ।
‘तिमी अझैं पनि उस्तै रहेछौ है उषा’ ? उ फेरी हाँसी ।

पुरा कथाको लागि यहा क्लिक गरेर हेर्नुहोस