– डा .आशिष आचार्य ,जर्मनी/साझापेज

हाम्रो समाजमा धेरै पढेका मानिसहरुले मुटुको धड्कन अचानक बन्द हुनु (Cardiac arrest) र हृधयघात (Heart attack) भनेको एउटा नै हो भन्ने बुजाई छ । धेरै जसोलाई त हृदयघात भनेकै थाहा छैन । तर मुटुको धड्कन अचानक बन्द हुनु र हृदयघात भनेको बिल्कुलै फरक हो तर यी दुवैको बिचम गहिरो सम्बन्ध छ ।

हाम्रो देश र हाम्रो देश जस्तै अरु थुप्रै देश हरुमा मानिसको जिबन सबैभन्दा बढी AIDS , क्षयरोग , Hepatitis and Cancer को कारणले जान्छ भनेर बुज्ने गरिन्छ। तर बिस्वमै सबै भन्दा बढी मानिसको मृत्यु हुने कारणमा Accident (सडक दुर्घट्ना ) पछि दोश्रोमा मुटु (Cardivascular Diseases ) का रोगहरु पर्दछ । जसमा मुटुको धड्कन अचानक बन्द हुने र हृदयघात पहिलो स्थान पर्दछन। त्यसैले यो यो अवस्था र रोगको बारेमा सबैलाई सामान्य जानकारी हुनु मह्त्वपूर्ण हुन्छ । दुवै बिषयमा जानकारी भएमा धेरै मानिसहरुलाई अचानक हुने मृत्यु र हृदयघातबाट बचाउन सकिन्छ ।

के फरक छ त जानी राखौ र अरुलाई लाई पनि यसको सक्दो जानकारी गराउ।

हृदयघात (Heart Attack)

हृदयघात भनेको एउटा अवस्था हो जुन अवस्थामा मुटुको धमनी (जसले मुटुमा रगत जम्मा भैरहेको बेलामा आफ्नो माङ्शपेशीलाइ रगत वितरण गर्दछ , रगतमा भएको अक्सिजनको माध्यमबाट माङ्शपेशीलाई शक्ती (Energeny) प्रधान गर्दछ , जसले गर्दा मुटुको धड्कन नियमितरुपमा संचालन हुन्छ) मा सानो रगत जमेको टुक्रा वा , चिल्लो पदार्थ (Fat) वा कोलेस्टेरिन (Cholesterin) बाट बनेको प्लाक्सले पुरै वा आम्सिक बन्द गरिदिन्छ जसले गर्दा मुटुको माङ्शपेशीमा प्रयाप्त मात्रामा रगत र अक्सिजन प्रसारण हुन पाउदैन । जसले गर्दा माङ्शपेशीमा घात /घाउ हुन पुग्छ । यसको कारणले मानिसलाई बिभिन अवस्थामा (धपढी , चिसो , हतोत्शाही , रिस etc) हृदयघातका लक्ष्ण्हरु देखा पर्दछन । सामान्यरुपमा हृदयघातकालक्षणहरु देखा पर्न लामो समय लाग्छ । तर रगतको धमनी एकै चोटीमा पुरै बन्द भएमा अचानक पनि हुनसक्छ । यो अवस्थामा मुटुको धड्कन चलि राखेकै हुन्छ र ३ घण्टा समय अवधिमा अस्पताल पुराउन सकेमा सजिलै बचाउन सकिन्छ।

एकदमै सामान्यरुपमा भन्दा हृदयघात भनेको मुटुलाई रगत प्रसारण गर्ने धमनी विभिन्न कारणबाट साघुरो या पुरै रुपमा बन्द भएर मुटुको माङ्शपेशिमा घात हुनु पुग्नु वा माङ्शपेशिको मृत्यु हुनु हो ।
हस्पिटलमा बिरामीलाई तुरुन्तै गरिने उपचार , जसबाट मुटुको माङ्शपेशीलाई मृत्यु हुनबाट र जिबन बचाउन सकिन्छ। हस्पिटलमा लगेपछि रगतको धमनीमा भएको साघुरो भाग वा पुरै बन्दलाई सामान्यतया तिन तरिकाबाट हटाउन सकिन्छ ।

१. Thromolysis (रगत जमेर बनेको टुक्रालाई औषधिको माध्यमबाट हटाउने )

२. Angioplasty with Dilation und Stenting und Rotaablation (Heart Cathterko माध्यमबाट साघुरो भागमा स्पेसल बेलुन लगेर त्यस्लाई प्रेसर दिएर फराकिलो बनाउने , प्लास्टिक र औषधिले बनेको नली लगाई दिने वा Palaques लाई तानेर बहिर निकलिदिने)

३. Bypass Operation (आफ्नै शरिरका अरु ठाउका धमनी झिकेर रगत प्रसारण हुनको लागि दोश्रो बाटो बनाइदिने )

Thromolysis                                                                                      Angioplasty                                                                           Bypass-OP

मुटुको धड्कन अचानक बन्द हुनु भनेको चाहि के हो त?

एक्काशी मुटुको धड्कन बन्द भएर मुटुले शरीरका प्रमुख अंगमा रगत प्रसारण गर्न नसक्नु हो । मुटुको धड्कनलाइ मिलाएर आवस्यकता परेको बेलामा छिटो र नपरेको बेलामा सामान्य रुपमा चलाई राख्न एक प्रकारको प्राकृतिक ब्याट्रि हुन्छ । जसबाट उत्पादन हुने electrical impuls (charge) ले मुटुलाई नियमित र रेगुलर रुपमा संचालन गरिराखेको हुन्छ ( नियमित धड्कन ६०-१००/मिनेट )। जुन प्राकृतिक electrical Impuls (Cahrge) मा गडबडी हुन आएमा मुटुको धड्कन एकाशी बढेर जान्छ ( Ventricular fibrillation/ Ventricullar tackykardy /Asistole) जसले गर्दा मुटुले रगत प्रसारण गर्न सक्दैन । यो अवस्थामा मुटुका मांसपेसीमा रगत पुग्दैन र मुटुको धड्कन अचानक बन्द हुन्छ। जसले गर्दा शरीरका प्रमुख अंगहरुमा रगतको प्रसारण हुदैन (Brain, Lungs , Kindney)। यो अवस्थामा समयमानै हस्पिटल पुराउन सकिएन भने ठाउँ को ठाउमै मृत्यु हुन्छ । १ मिनेट time loss भएमा १० प्रतिसतले ज्यान गुमाउन पुग्छन, १० मिनेटमा हस्पिटल पुराउन सके ७५% बिरामीलाई बचाउन सक्ने सम्भावना हुन्छ ।
हस्पिटलमा चाढै पुराउन सकेको खण्डमा २ तरिका बाट ५ देखि ७५ % सम्मको ज्यान बचाउन सकिन्छ ।

१. Defibrillation – बहिरबता Special Electrical Schock दिएर मुटुको धड्कन र Impulse लाई फेरी नियमित र रेगुलर संचालनमा लियाइदिने

२. जहाँ Defibrillator छैन – तिहा CPR (cardiopulmonary resuscitation) गरिन्छ – बाहिरबाट छातीमा हातले प्रेसर वा स्पेसल यन्त्रले प्रेसर दिएर मुटुको धड्कनलाई बन्द हुन नदिने र एम्बुबियाग (special pastik Bag) को सहायताले नाकबाट फोक्सोमा हावा दिएर मुटुमा Oxygen को कमी हुन् नदिने ( यो बिधीबाट ५-१०% को जिबनलाइ बचाउन सकिन्छ – बिकसित मुलुकहरुमा धेरै मानिसहरुलाई CPR कसरि गर्ने भनेर थाहा हुन्छ तर हाम्रो देशमा धेरै पढेका मानिसलाई पनि थाहा छैन , आफ्नो परिवारको एक जना सदस्यलाई मात्र कसरी CPR गर्ने भनेर सामान्य थाहा भएमा पनि ५ % जत्तिको जीवनलाई बचाउन सकिन्छ ।

हृदयघात भएका व्यक्तिमा मुटुको धड्कन अचानक बन्द हुने चान्स धेरै हुन्छ ।

त्यसैले हृदयघात हुने मुख्य कारणहरु र हृदयघातको बेलैमा पहिचान गर्न सकेमा धेरैको जिबन बचाउन सकिन्छ ।