आईसीसी विश्वकप छनोट अन्तर्गत समुहको अन्तिम खेलमा नेपालले हङकङबाट रनको १५५ लक्ष्य पाएको छ ।

जिम्बावे स्थित एथ्लेटिक क्लवमा टस जितेर ब्याटिङ गरेको हङकङ ४८ ओभर २ बलमा १ सय ५४ रन बनायो । हङकङका लागि निजाकत खानले ४७, बाबर हायातले २० तथा क्रिस्टोफर कार्टर ९ तथा तनवीर अफ्जरले १० रन बनाए ।

उसको २६ रन हुँदा नेपालका लागि बसन्त रेग्मीले पहिलो सफलता दिलाए । त्यसपछि हङकङको स्कोर ५३ रन हुदा बाबर हायातलाई सोमपाल कामीले पेभेलियन फर्काए । लगत्तै नेपालले हङकङको तेस्रो विकेट लियो ।

सन्दिपले हङकङका अन्सुमान राथलाई मात्र १ रनमा पेभेलियन आउट गरे । एक सय १० रनमा ८ विकेट गुमाएको हङकङका लागि अन्तिममा इसान नवाज र इसान खानले ३३ रनको साझेदारी गर्न सफल भए ।

इसान खानले २५ तथा इसान नवाजले १४ रनको योगदान गरे । बलिङ तर्फ नेपालका सन्दिप लामिछानेले ३ तथा बसन्त रेग्मी र करण केसीले २-२ विकेट लिए ।

लाइभ खेल हेर्न यहा क्लिक गर्नुहोस :