नेपाललाई तेस्रो झड्का लागेको छ।

कप्तान पारस खड्का आउट भएका छन्। उनले १४ बलमा ११ रन मात्र बनाउन सके। उनलाई हङकङका तनविर अफजल आउट गरेका हुन्।

ब्याटिङका लागि नेपालको तर्फबाट आरिफ शेख मैदानमा उत्रेका छन्।

जिम्बावेमा जारी हङकङ विरुद्धको क्रिकेट म्याचमा १५४ रनको लक्ष्यलाई पछ्याउँदै मैदानमा उत्रिएको नेपालले १६ ओभर ४ बलमा ५८ रन बनाएको छ।