काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त विमानमा काठमाडौं आउँदै गरेका यात्रुले ढाकाबाट उड्नुअघि सामाजिक संजालमा पोस्ट गरेका स्टाटसका स्क्रिनसट सार्वजनिक भएका छन् ।
बंगलादेशी नागरिक राजु रहमानले ती यात्रु सकुशल रहुन् भन्ने कामनासहित ट्वीटरमा ती स्क्रिनसटहरु शेयर गरेका छन् । उनले शेयर गरेका स्क्रिनसटमा उल्लेख भएअनुसार ती युगल जोडीहरु कोही हनिमुन त कोही आफ्ना प्रियजनका साथ घुम्न आउँदै थिए । हेर्नुहोस् स्क्रिनसटहरु –

 

०००

यो पनि पढ्नुहोस :

दर्जनौ नेपाली तथा बंगाली र एक चाइनिजको ज्यान लिने आजको प्लेन दुर्घटनामा पुरापुर पाइलट नै दोषी रहेको त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजेन्द्रकुमार क्षेत्रीको दावी, हुदैन भन्दा भन्दै उत्तर तर्फबाट जवर्जस्ती ल्याण्ड गर्दा झन्डै अर्को प्लेनसंग पनि जुधेको थियो – ल्याण्ड हुनु अगाडी एयर ट्राफिकसंग के-के कुरा भएको थियो ?

काठमाडौँ । युएस–बंगला एयरलाइन्सको विमान दुर्घटनामा पर्नुमा पाइलट दोषी रहेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । सोमबार साँझ पत्रकार सम्मेलन गरेर विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनलमा रहेका एयर ट्राफिकको निर्देशन अवज्ञा गरेकाले विमान दुर्घटनामा परेको जनाएको हो ।

सोमबार दिउँसो २ बजेर १८ मिनेटमा धावनमार्गको पूर्वतर्फ दुर्घटनामा परेको जहाजमा ६७ जना चालक दलका सदस्यसहित ७१ जना सवार थिए ।


त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजेन्द्रकुमार क्षेत्रीले दक्षिणतर्फबाट ल्यान्ड गर्न निर्देशन दिँदा दिँदै पाइलटले अटेरी गरेकाले यति ठुलो दुर्घटना हुन पुगेको जनाएका छन् ।

‘जहाजलाई जिरो एयर ट्राफिक कन्ट्रोलरले दक्षिणबाटै अवतरण गराउन भनेका थिए, तर पाइलटले मानेनन्’, क्षेत्रीले पत्रकार सम्मेलनमा भने, ‘तर पाइलटले टावरको पाइलटले उत्तरबाट ल्यान्ड गर्छु भनेपछि उत्तर पूर्वतिर दुई राउन्ड घुमाएको पाइयो । जहाज दुई राउन्ड घुमाएपछि पुनः एटीसीले ‘आर यु ओके’ भन्दा पाइलटले कुनै रेसपोन्स गरेनन् ।’

पाइलटले उत्तरबाट ल्यान्ड गर्ने तयारी गरेपछि एटिसीले जहाजको एलाइन्टमेन्ट मिलेको छैन भन्दा पनि रेसपोन्स नगरेको क्षेत्रीले बताएका छन् । ‘एटीसीले भन्दा भन्दै पाइलटले रेसपोन्स नगरेको पाइयो । त्यसपछि जहाज टावरको छेउतिरबाट आर्मीको ह्याङ्गर निर आयो, ग्राउन्डमा रहेको अर्को जहाजसँग ठोक्किन खोज्दै जहाज दुर्घटनामा परेर आगो लाग्यो ।’

क्षेत्रीले जहाजमा आगो लागेपछि उद्धारक टोली तयारी अवस्थामा भएकाले अझ ठुलो क्षति हुनबाट जोगिएको पनि जिकिर गरे । ‘आगलागीको लागि उद्दारमा टोली तयार भएकाले चाँडै नियन्त्रणमा आयो’, उनले भने, ‘१०÷१५ मिनेट ढिला भएको भए अझ अवस्था खराब हुन्थ्यो ।’

०००

यो पनि पढ्नुहोस :

युएस बंगला विमान दुर्घटना: पुनर्जन्म पाएका घाइतेहरुको उपचार केएमसी,नर्भिक र ग्राण्डी अस्पताल उपचार हुदै

काठमाडौँ, २८ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज दिउँसो १४.१८ बजे भएको युएस बंगला विमान दुर्घटनामा परेका २५ यात्रुलाई केएमसी अस्पताल पु¥याइएको छ ।

उपचारका लागि लगिएकामध्ये आठ जनाको निधन भएको चिकित्सकले घोषणा गरेका छन् । अस्पतालले मृत घोषणा गरेका यात्रुमा हरिशंकर पौडेल, रकिबूल हुसेन, पृथुला रसिद र खवाज हुसेन( चालक), प्रवीण चित्रकार, सजना देवकोटा र परिचय नखुलेका अन्य दुई यात्रु छन् ।

यस्तै पिंकी धामी, समिना बज्राचार्य, इमरन कबिर, कविर हुसेन, रसिद हुसेन, मेहन्दी हसन, रिजना अब्दुल्ला, डा इरजना, धीरेन्द्रसिंह पूजना, स्वरना, सहरिन अहमद र एमडी सैनको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै किशोर त्रिपाठी र हरिशंकर सुवेदीलाई ग्राण्डी अस्पताल टोखामा सिफारिस गरिएको छ । घाइते दयाराम ताम्राकारलाई न्यूरो अस्पताल र केशव पाण्डेलाई मेडिसिटी अस्पताल पठाइएको छ । केएमसी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा दामोदर पोखरेलका अनुसार २५ घाइतेको उपचार भइरहेको छ । यस्तै नर्भिक अस्पतालमा पाँच जनाको उपचार भइरहेको छ ।

नर्भिकमा पाँचको उपचार, दुई गम्भीर

सो अस्पतालमा वसन्त बोहरा, सनम शाक्य, आशिष रञ्जित, विनोदराज पौडेल र एक बंगलादेशीको उपचार भइरहेको छ । अस्पताल परिसरमा आफन्तजनको भीड लागेको छ । अस्पतालमा ल्याइएका घाइतेमध्ये दुईको अवस्था चिन्ताजनक छ ।

विमानमा ३३ नेपाली–३४ विदेशी

दुर्घटनामा परेको विमानमा रहेका ६७ यात्रुमध्ये २२ नेपाली यात्रुको नाम यकिन भएको र ११ नेपालीको पहिचान खुल्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार दुर्घटनाग्रस्त विमानमा ३२ बंगलादेशी तथा एक एक चिनियाँ र माल्दिभ्सका नागरिक सवार थिए ।  रासस

०००

यो पनि पढ्नुहोस :

भाग्यले बाचेका बसन्त बोहोरा र सोनम ! बाहिर प्लेनमा आगो लाग्दै थियो तर उनले झ्यालको सिसानै फुटाएर बाहिर निस्के र ज्यान बचाए !

काठमाडौँ । बसन्त बोहोरा दुर्घटनामा परेर आगलागी भएको विमानमा परेर घाइते भएका यात्रु हुन् । चारजना चालक दलका सदस्य ७१ जना सवार रहेको यूएस बंगला एयरलाइन्सको विमानमा सवार ७१ यात्रु मध्येका एक बसन्तले आाफु विमानको झ्याल फुटालेर बाहिर निस्किएको बताएका छन् ।

ट्राभल एजेन्सीमा काम गर्दै आएका उनी बंगलादेशबाट राम्रै तरिकाले आएपनि काठमाडौंमा ल्यान्ड गर्ने बेला भयो विमान अर्कै तरिकाले उडेको जस्तो अनुभव भएको अस्पतालमा कुराकानीमा बताएका छन् ।

तस्विर : कान्तिपुर

उनी बंगलादेशमा भएको एउटा तालिममा सहभागी भएर फर्किएका थिए । सो अवसरमा उनीसँग ट्राभल एजेन्सीमा काम गर्ने १६ जना पनि सँगै थिए । अस्पतालमा उपचाररत बसन्त बोहोराले आँफु भाग्यले बाँचेको बताएका छन् ।

यो पनि –

काठमाडौंमा विमान दुर्घटना भएको समाचारहरु आइरहेको थियो । घाइतेहरुलाई उपचारको लागि नर्भिक अस्पताल लगिएको खबर आएपछि म नर्भिक अस्पताल पुगें । अस्पतालमा सयौंको संख्यामा भीड थियो ।

तस्विर : नेपालीपत्र

मलाई त्यहाँ पुग्दा लाग्यो कि धेरैको हताहत भएछ । तर, नर्भिक अस्पतालमा त्यस्तो भएको होइन । घाइते भएकाहरुलाई उपचारको लागि नर्भिक ल्याउने भनेको खबर थाहा पाएपछि मिडियादेखि सर्वसाधारणहरुको व्यापक रुपमा उपस्थिति मात्र रहेको थियो ।

केएमसी अस्पताल पुर्याएका घाइते आशिष रञ्जितलाई सुरुमा नर्भिक ल्याइयो । रञ्जितपछि क्रमश वसन्त बोहोरा, विनोदराज पौडेल, बंगलादेशी नागरिक (नाम नखुलेका) र सोनम शेर्पालाई ल्याइयो ।

त्यहाँ विनोदराज पौडेलका आफन्त पनि आइसकेका रहेछन् । विनोदलाई नर्भिकमा ल्याउँदा आफन्तहरुको रुवावासी भयो । कोहीले विनोदका आफन्तलाई सम्झाउँदै थिए ।

त्यसपछि क्रमश सबै घाइतेहरुका आफन्तहरु पनि आउन थाले । आफन्तहरु अस्पताल परिसरमा पुग्नासाथ डाँको छोडेर रुने गर्थे । आफन्तजनको रुवाबासीले अस्पताल परिसरको वातावरण स्तब्ध बनेको छ ।

लक्की टुर्स एण्ड ट्राभलका अध्यक्ष पनि नर्भिक पुगे । सिधै अस्पतालभित्र गएर बाहिर आएपछि थाहा भयो सोनम लाक्पा शेर्पालाई भेटेर निस्किएका रहेछन् । सोनमलाई मैले पनि चिनेको हुँदा शेर्पालाई गएर भेटें ।

सोनम लाक्पा शेर्पा लक्की टुर्स एण्ड ट्राभलका सञ्चालक समेत हुन् । शेर्पा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यूएस बंगला विमान दुर्घटनामा घाइते भएका छन् ।

उनी त्यति ठूलो दुर्घटनामा सामान्य घाइते मात्र भएका छन् । बाहिरि रुपमा देख्दा उनको दाहिने खुट्टा र दाहिने हातमा सामान्य चोट मात्र लागेको छ ।

गत ९ मार्चमा ३३ वर्षीय शेर्पासहित १४ जनाको टिम कार्यक्रमको सिलसिलामा बंगलादेशको ढाका पुगेका थिए । नेपालको ‘टप १४ एजेन्ट्स’ कार्यक्रममा सहभागि हुन शेर्पासहित १४ जना ढाका पुगेका हुन् ।

कार्यक्रममा ‘टप ३’ जनाले अर्वाड समेत हात पारेका थिए । अवार्ड हात पारेका तीन जना आज नेपाल फर्किएका थिए ।

‘हिजो अर्थात (आइतबार) नेपाल फर्किने टिकट थियो । जसमा २ जना साथी हिजै फर्किए,’ शेर्पाले भने, ‘बाँकी १२ जनाले टिकट सारेर आजको लागि टिकट काट्यौं र हिजो ढाकाको कक्स बजार घुमघाम गर्यौं ।’

बाँकी १२ जना यूएस बंगला विमानमा आज सँगै फर्किएका थिए । तर, सँगै फर्किएका केही साथीहरुको ज्यान गएको शेर्पाले बताए । उनले भने, ‘आजको दिन मेरो लागि कालो दिन साबित भयो ।’

यसरी बच्न सफल भए शेर्पा ?

शेर्पाकै आवाजमा : विमान अवतरण हुने बेला सबै जना बाहिरि माहोल हेरिरहेका थियौं । अवतरण गर्ने बेला एक्कासी विमानको पाङ्ग्रा जमिनमा ठोक्कियो । यसो पछाडी फर्केर हेरेको विमानको पछाडी भागमा आगो लागेको रहेछ ।

त्यसपछि मनमनै सोचें आजै रहेछ मेरो अन्तिम दिन । उनी भन्छन्, ‘म के गरुँ, कसो गरुँ भए ।’

उनी क्रमश थप्दै जान्छन्, ‘यसो अगाडि हेरेको विमानको झ्याल देखें, लगत्तै सिसा फुटाए र बाहिर निस्कने प्रयास गरें । भुईंमा सिसै सिसा थियो । लगभग ३० सेकेण्डजति प्रयास गरेपछि म बाहिर निस्किए ।’

आँखाभरी आँशु लिँदै उनले भने, ‘बाहिर निस्किएपछि मान्छेहरुको भीड लागिसकेको रहेछ । विमानतर्फ आँखा लगाउँदा पूरै आगलागी भइसकेको रहेछ । कोही चिच्याउँदै थिए । त्यहाँ गएर मैले उद्दार गर्न सक्ने कुनै आँट नै आएन् ।’

लगत्तै एम्बुलेन्स आयो र मलाई एम्बुलेन्समा राखेर केएमसी अस्पताल लगियो । केएमसीबाट मलाई रिफर गरेर नर्भिक अस्पताल ल्याइएको हो ।-नेपालीपत्र

०००

यो पनि पढ्नुहोस:

दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स फेला

काठमाडौं। बंगलबादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा ४० जनाको मृत्यु भएको छ।

घटनास्थलमा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स फेला परेको छ। उद्धारका लागि पुगेको प्रहरी टोलीले दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स फेला पारेको हो। दुर्घटनामा विमान पुर्णतया क्षतिग्रस्त भएको छ।

बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान सोमबार दिउँसो सवा २ बजे त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा दुर्घटनाग्रस्त भएको हो।

 

०००

यो पनि पढ्नुहोस:

युएस ब‌ंगलाको जहाज दुर्घटनामा दुई पाइलटसहित ४९ को मृत्यु, २२ को उपचार हुँदै

सोमबार युएस बंगलाको जहाज दुर्घटनामा परी दुई पाइलट र ४७ यात्रुको मृत्यु भएको छ। दुई जना चालक दलका सदस्यसहित २२ जना घाइतेको उपचार भइरहेको छ।

नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेका अनुसार दुर्घटनाग्रस्त जहाजबाट ३१ जनाको शव निकालिएको छ। बाँकी १८ जनाको उपचारका क्रममा राजधानीका विभिन्न अस्पतालमा मृत्यु भएको हो।

विमानमा चालक दलका सदस्यसहित ७१ यात्रु थिए। तीमध्ये ३३ जना नेपाली थिए। यात्रुमध्ये १५ ब‌गलादेशमा एमबिबिएस पढ्न गएका विद्यार्थी थिए भने बाँकी नेपाली यात्रुमध्ये धेरै ट्राभल एजेन्सीमा काम गर्ने थिए। मृत्यु भएकामध्ये कति नेपाली थिए भन्ने पुष्टि भएको छैन।

जहाजमा ३२ जना ब‌ंगाली १ जना माल्दिभ्सका नागरिक र १ चिनियाँ नागरिक थिए।

ब‌ंगलादेशको ढाकाबाट काठमाडौं आएको सो जहाज दिउँसो २ बजेर १८ मिनेट जाँदा अवतरण क्रममा दुर्घटनामा परी आगलागी भएको थियो।