फागुन २९, जिम्वावे । जिम्वावेमा जारि विश्वकप छनोट अन्तर्गतको आफ्नो ४ खेलमध्ये ३ खेलमा पराजय र १ खेलमा जित निकालेको नेपालले कुल २ अंक जोढदै अंकतालिकामा चौथो स्थानमा रहेको छ भने समान २ अंकका साथ हंगकंग तेश्रो स्थानमा छ ।

नेपालको विश्वकप खेल्ने सम्भावना टरेको भएतापनि एकदिवसीय मान्यता पाउने सम्भावना भने अझै पनि जिवितै रहेको छ । नेपाल समुह ‘बि’ को चौथो स्थानमा रहेको छ भने पी.एन.जी समुह ‘ए’ को पाचौ स्थानमा रहेको छ । एसको मतलब प्ले अफको आफ्नो पहिलो खेलमा नेपालले पी.एन.जी को सामना गर्नेछ भने हंगकंगले नेदरल्याण्डको सामना गर्नेछ ।

पी.एन.जी बिरुद्धको जित किन बन्यो महत्वपूर्ण

नेपालको विश्वकप छनोट खेल्नुको पहिलो उदेश्य भनेको सुपर सिक्समा आफ्नो स्थान बनाउनु थियो भने दोस्रो उदेश्य ओडिआइ स्टाटस आफ्नो नाममा गर्ने थियो । पहिलो उदेश्य प्राप्त गर्न बाट त नेपाल असफल भैसकेको छ तर दोस्रो उदेश्य भने पुरा गर्नसक्ने क्षमता नेपालसंग छ । यो प्रतियोगितामा पी.एन.जी संग १५ मार्चमा हुने नेपालको भेट पहिलो हुनेछ कारण प्ले-अफमा समूह ‘ए’ को ५ औ स्थानको टोलीले समुह ‘बि’ को ४ औ स्थानको टोलिसंग प्रतिस्पर्धा गर्नुपर्नेहुन्छ।

ओडीआइ स्टाटस आफ्नो नाममा गर्नको लागि नेपालले पी.एन.जी लाई हराउनु पर्नेछ भने हंगकंग नेदरल्याण्डसंग पराजित हुनुपर्नेछ । एदी नेदरल्याण्ड पराजित भएको खण्डमा भने नेपालले दोस्रो प्लेअफमा हंगकंगलाई पनि पराजित गर्नुपर्ने हुन्छ । प्रतियोगितामा हंगकंगसंग नेपालले खेलिसकेको र जित पनि निकालिसकेको हुदा हंगकंगमाथि जित निकाल्न भने नेपाललाई गाह्रो हुने छैन तर पी.एन.जी भने नेपालको लागि यो प्रतियोगितामा नयाँ चुनौती बन्न सक्नेछ।