विमान दुर्घटनामा मृत्यु भएको भनिएका दिनेश हुमागाई घर पुग्दा परिवारजनमा हर्षको सीमा नै रहेन, पुर्नजन्म पाएको झै भएको भाग्यमानी दिनेशको कथन

काठमाडौं । यूएस बंगलाको विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दुर्घटना हुँदा धेरै जीवनले यो जगत त्याग्नु प¥यो । परिवारमा पीडाको पहाड खस्यो । अनि खुसी दैवले खोसेर लग्यो । तर, त्यहि दैवले कसैको जीवनमा पुनःजन्मको अध्याय पनि सुरु गरिदियो ।

विनिता हुमागाई । उमेर २७ वर्ष । काठमाडौंको शान्तिनगर बस्ने २ छोराकी आमा हुन् उनी । यतिबेला उनमा उत्साहको सीमा नै छैन । जीवनका धेरै ठूलो लडाई जिते जस्तो भएको छ । हुने नै भयो किनकी उनले यहि जीवनमा डुब्न लागेको घाम फेरि उदाएको जो देख्न पाएकी छिन् ।

सोमबार काठमाडौंको विमानस्थलमा विमान दुर्घटना हुँदा त्यसमा उनका श्रीमान् दिनेश हुमागाई पनि परेका थिए । तर भाग्य बलियो भएर उनी बाँचे । सामान्य चोटपटक लागेपनि अरु कुनै गम्भिर असर परेन । हामी शान्तिनगर पुग्दा परिवार शान्तिको शास फेरिरहेको थियो । र, दिनेश भन्दै थिए पूर्नजन्म पाइयो । अहो मेरो भाग्य ।

तर, अहिले पनि कतिपय सञ्चार माध्यममा उनको मृत्युको खबर बाहिर आइरहेको भन्दै विक्षिप्त बनाएको बताए । यसले आफन्तजन थप अत्तालिएको दुखेसो गरे ।

परिवारजनलाई नाप्नै नसक्ने खुशीले सम्हालिन धौ धौ भएको छ । तैपनि यो दुखद घटनापश्चात उद्धारमा देखाउन नसकेको तदारुकताले खिन्न बनाएको रहेछ ।

सिलिङ ट्राभलमा काम गर्ने दिनेश कामको शिलशिलामा बङ्गलादेश पुगेर नेपाल फर्कदै थिए । तर विमानले बदलेको दिशाले उनीसँग आएका धेरैको दशा बिगारिदियो । धेरैको इहलिला समाप्त भयो । मृत्युको मुखमा पुगेर यसलाई जित्ने जीवन उनले फेरी पाए । अनि दिनेश आर्फै भन्दै मेरो जीवनको पूर्नजन्ममा मलाई स्वागत छ । – न्युज२४बाट

०००

यो पनि पढ्नुहोस :

एमबीबीएस सकेर फर्किएका पोखराका एकमात्र छोरा संजय बाटैमा अस्ताए, छोरा लिन बाबा एयरपोर्ट त पुगे तर …

सोमबार दिउँसो काठमाडौमा भएको विमान दुर्घटनामा परि पोखराका एक जनाको ज्यान गएको छ । पोखरा लेखनाथ महानगरपालिका ६ जरेवरका सञ्जय पौडेलको ज्यान गएको हो ।

युएस बंगला एयरलाइन्सको विमान दुर्घटना हुँदा बंगलादेशस्थित जलालाबाद राजीव राबिया मेडिकल कलेज एण्ड हस्पिटलमा एमविविएस सकेर नेपाल फर्किदै गरेका पौडेलको ज्यान गएको हो ।
उनका बाबु सञ्जयलाई लिन काठमाडौ विमानस्थलमा पुगेका थिए । उनका बाबु दामोदर पौडल पोखराको लेकसाइडमा व्यावसाय गर्दै आएका छन् । सञ्जय एक मात्र छोरा हुन् ।

माछापुच्छे गाउँपालिका ६ धिताल घर भएका दामोदर उनका दुई भाई सहित पोखरामा लामो समय देखि व्यवसाय गर्दै आएका छन् । सञ्जय पोखराका मदरल्याण्ड माविबाट एसएलसि पास गरेका थिए भने सगरमाथाबाट विज्ञान विषय पढेका थिए ।

०००

यो पनि पढ्नुहोस :

कसको आशु झर्दैन यो पढ्दा ! आफु डेरामा बसेर कोटेश्वरको घर बेचेर एल्जिनालाई डाक्टर पढ्न पठाएका थिए बराल परिवारले

काठमाडौं २९ फागुन । सिन्धुली स्थायी घर भएका गणेश बराल र गंगा बरालले सुख– दुःख गरेर काठमाडौंको कोटेश्वरमा घर बनाएका थिए । कहिले जागिर कहिले व्यापार गरेर गणेशले कोटेश्वरमा घर बनाएका थिए ।

छोरी एल्जिनाले एमबीबीएस पढ्न रहर गरेपछि उनीहरुले काठमाडौं कोटेश्वरको घर बेचे । एल्जिनाकी दिदी पनि बंगलादेशमै रहेकोले कान्छि छोरीलाई पनि एमबीबीएस पढ्न ढाका पठाए । तर सोमवार काठमाडौंमा भएको युएस बंगला विमान दुर्घटनामा बराल परिवारको खुसी मेटिएको छ ।

‘छोरीलाई डाक्टर पढाउन भन्दै दिदीहरुले कोटेश्वरको घर बेच्नु भएको थियो’ त्रिवि शिक्षण अस्पतालमा शव बुझ्न आएकी एन्जिलाकी सानिआमा सुशीला भट्टराईले भावविह्वल हुँदै लोकान्तरसँग भनिन्, ‘दिदी भिनाजुको सपना चक्कानाचुर भयो ।’

घर बेचेपछि एन्जिलाका बुवाआमा अहिले काठमाडौंको गौशालामा डेरा लिएर बस्छन् । जेठी छोरी एलिना पनि बंगलादेश मै छिन् । उनी एमबीबीएस सकेर प्राक्टिकल गर्दै छिन् ।

‘एन्जिला साह्रै असल थिई, आखामा राखेपनि नबिझाउने’ सानीआमाले आशु पुच्छदै भनिन्, ‘बावुआमाको धेरै पैसा खर्च नहोस् भनेर सामान्य कपडा लगाउने, नक्कल पार्न नपर्ने ।’

आमा गंगा बराल राप्रपाकी कार्यकर्ता हुन् । स्थानीय चुनावमा उनी सिन्धुलीबाट चुनाव लडेकी थिइन् । ‘मेरी छोरीहरुसँग भाइवरमा कुरा हुन्थ्यो, नेपाल आउँदा पनि जति बेला पनि पढ्ने । पढ्न फुर्सद हुँदैन किन नक्कल पार्नु पर्र्यो भन्थिन्’ सुशीलाले भनिन् ।

सुशीलाका अनुसार सोमवार भएको विमान दुर्घटनामा एन्जिलाको व्याग र पासपोर्ट पनि डढेको छ । ‘घटना सुनेर दिदी बेहोस हुनु भयो’ सुशीलाले भनिन् ।

बराल परिवार छोरीको शव बुझ्नको लागि त्रिवि शिक्षण अस्पताल पुगेको छ ।

 

०००

यो पनि पढ्नुहोस :

दुर्घटनामा निधन भएका पाइलट अबिद सुल्तानको घरमा यस्तो छ हृदयविदारक अवस्था (भिडियो हेर्नुहोस)

काठमाडौँ, २९ फागुन  । ७८ सीट भएको बम्बार्डियर ड्याश ८ क्यु ४०० जहाज सोमबार बंगलादेशको राजधानी ढाकाबाट ६७ यात्री र ४ जना चालक दलका सदस्य लिएर काठमाडौँका लागि उडेको थियो । काठमाडौँमा अवतरण गर्ने क्रममा दिनको २:२० बजे जहाज दुर्घटना भयो, जसमा ४९ जनाले ज्यान गुमाए ।

ढाकाबाट प्रसारित विवरणमा नयाँ तथ्यहरु बाहिर आएका छन् । पाइलट अविद सुल्तानलाई कम्पनीले ४ वटा लगातार उडान भर्ने दायित्व सुम्पेको थियो । काठमाडौँ आउनुअघि उनले क्यानाडादेखि ढाकासम्म करिब १६ घण्टा जहाज उडाएका थिए ।

बीचमा आरामको समय नपाएकाले पाइलटको थकान र त्यसबाट निर्णय क्षमतामा पुगेको असरबारे यसले नयाँ बहसलाई जन्म दिने देखिन्छ । त्रिभुवन विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर हरुको सम्बादबाट पाइलटले टावरको निर्देशनका बाबजूद बाटो बिराएको प्रारम्भिक अनुमान गरिएको छ ।

यस्तै, दुर्घटनामा जीवित रहेका यात्रुहरुको बिवरणले जहाज अवतरण अघि नै कम्पन महसूस भएको देखाएको छ । यसबाट जहाजमा प्राविधिक खराबी थियो कि थिएन भन्ने बारे छुट्टै जांच हुनेछ । पाइलट जीवित रहेकाले प्राविधिक पक्षबारे थप प्रकाश पार्न जाँचबुझ समितिलाई सजिलो हुनेछ । क्यानाडाबाट ढाका आएको जहाज नै ढाकाबाट काठमाडौँ उडेको पनि बिमान कम्पनीले जनाएको छ ।

पाइलट अबिद सुल्तानको अचानक ज्यान गएको सुने पछी परिवारको यस्तो हालत छ :

०००

यो पनि पढ्नुहोस :

विमान दुर्घटनामा नेपाली विद्यार्थीको निधनपछि बंगलादेशको मेडिकल कलेजले गरे यस्तो निर्णय

सोमबार युएस–बाङ्ला एयरलाइन्सको विमान दुर्घटनामा १३ नेपाली विद्यार्थीको निधनप्रति बंगलादेशको सिलेटमा रहेको जलालाबाद रहिब–राबेया मेडिकल कलेजका विद्यार्थीले गहिरो शोक प्रकट गरेका छन्।

मंगलबार कलेज परिसरमा जम्मा भएका विद्यार्थीले आफ्नो पोशाकमा कालो ब्याच लगाउँदै शोक व्यक्त गरे। यस्तै, आज हुने कक्षा तथा परीक्षामा सबै विद्यार्थी अनुपस्थित रहे। कलेजका प्रधानाध्यापक डा अबेद हुसेनले बंगलादेशको पत्रिका ‘दि डेली स्टार’ लाई भनेका छन्, ‘हाम्रो कलेजमा २ सय ५० जना नेपाली विद्यार्थी अध्ययनरत छन्। यसमध्ये १३ जना एमबिबिएसको परीक्षा सकेर छुट्टीमा सोही विमानमा घर फर्कँदै थिए।’ तीमध्ये ११ जनाको दुर्घटनामा मृत्यु भएको छ।

दुर्घटनापछि कलेजले तीन दिन शोक मनाउने निर्णय गरेको छ। दुर्घटनामा नेपाली विद्यार्थीहरु सञ्जय पौडेल, सञ्जय महर्जन, निगा महर्जन, एञ्जिला श्रेष्ठ, पूर्णिमा लोहनी, स्वेता थापा, मिली महर्जन, सरुना श्रेष्ठ, एल्जिना बराल, चारु बराल र आश्ना शाक्यको मृत्यु भएको थियो। यस्तै, दुई विद्यार्थी समिरा व्यञ्जनकार र प्रिन्सी धामी घाइते छन्। उनीहरुको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ। बंगलादेशकै कुमुदिनी उमेन्स मेडिकल कलेजमा पढ्ने नेपाली विद्यार्थी श्रेया झाको पनि दुर्घटनामा ज्यान गएको छ।

०००

यो पनि पढ्नुहोस :

‘हाम्रो पाइलट पाइलट मात्र नभएर पाइलट प्रशिक्षक नै हुन्, एयरपोर्ट ट्राफिक कन्ट्रोलरबाट भएको लापरवाहीका कारण दुर्घटना भएको हो ।’ : युएस बंगला एयरलाइन्सका (सिइओ) इमरान असि

काठमाडौं । नेपाल नागरिक उड्ड्यन प्राधिकरणले अवतराण असाधारण भएकाले विमान दुर्घटना भएको बताइरहदा युएस बंगला विमान कम्पनिले भने पाइलटलाई अलमल्याइएका कारण दुर्घटना हुन पुगेको निष्कर्ष निकालेको छ । विमान दुर्घटना त्रिभुवन विमानस्थलको एयर ट्राफिक कन्ट्रोल (एटिसी)को लापरवाहीका कारण भएको युएस बंगला एयरलाइन्सले आरोप लगाएको हो । एटिसीबाट गलत सन्देश आएकाले यो विमान दुर्घटना भएको युएस बंगला एयरलाइन्सले प्रारम्भिक अनुसन्धानमा निकालेको छ ।

युएस बंगला एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इमरान असिफले ढाकामा पत्रकारहरुसँग कुरा गर्दै यो आरोप लगाएका हुन् । एयरलाइन्सको मुख्य कार्यालय बरिधारमा पत्रकारहरुसँग कुरा गर्दा असिफ निकै आक्रोशित देखिन्थे ।

‘एटिसीले हाम्रा पाइलटहरुलाई मिसगाइड गरेकाले यो दुर्घटना भएको हो,’ उनले भनेका छन्, ‘एटिसीले गलत सुचना दिँदा हाम्रा पाइलटलाई विमान कुन रनवेमा अवतरण गर्ने भन्ने थाहा भएन ।’

पाकिस्तानी मिडिया द डेली स्टारका अनुसार सिइओ असिफले विमानमा कुनै पनि प्राविधिक समस्या नरहेको जानकारी दिए । ‘विमानमा कुनै प्राविधिक कमजोरी थिएन,’ उनले भनेका छन्, ‘एटिसीबाट भएको लापरवाहीका कारण दुर्घटना भएको हो ।’

उनले विमानका पाइलट निकै अनुभवि भएको बताएका छन् । ‘हाम्रो पाइलट बम्बार्डियर एयरक्राफ्टका प्रशिक्षक नै हुन्,’ उनले भनेका छन्, ‘उनको उडान घन्टा ५ हजारभन्दा बढी छ । यो एटिसीकै अन्योलले भएको दुर्घटना हो ।’

०००

यो पनि पढ्नुहोस :

६ महिना अगाडी मात्र बिबाह गरेका डा.रिजवान र उनका पत्नी एक हप्ताको लागी नेपाल घुम्न आएका थिए तर रिजवानले पत्नी गुमाएका छन भने उनको यस्तो छ अवस्था

काठमाडौँ,फागुन २९ । ६ महिनाअघि मात्र विवाह गरेका बंगलादेशी डाक्टर दम्पति सोमबार भएको युएस बंगलाको विमान दुर्घटना परेका छन् । डा. रिजवानले दुर्घटनामा आफ्नी श्रीमतीलाई गुमाएका छन् ।

एक साताको छुट्टी लिएर काठमाडौँ घुम्न आएका डा. रिजवानको करिब ४० प्रतिशत भाग आगोमा जलेको छ । एमडी डाक्टर रिजवान उल हकको अहिले काठमाडौँको ओम अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालका प्रशासन प्रमुख विजय प्याकुरेलका अनुसार डा.रिजवानका पिता बंगलादेशबाट आउदै गरेकाले उनि आएपछि थप उपचारबारे निर्कयौल हुने बताए ।

०००

यो पनि पढ्नुहोस :

विमान दुर्घटनामा घाइते बंगालदेशी नागरिक भन्छिन् ‘बाँच्छु भन्ने सोचेको थिइनँ’ खासमा यसरी भएको थियो बिमान दुर्घटना

सोमबार दिउँसो युएस बंगला एअरको विमानमा काठमाडौं आएकी उनी दुर्घटनामा परेपछि अस्पतालमा भर्ना भएकी हुन्।

आफू बाँचेकोमा उनले सबैभन्दा पहिले नेपाली उद्दारकर्मीलाई धन्यवाद दिएकी छिन्। ‘ यति चाँडो उद्दारकर्मी र अग्नि नियन्त्रक आईपुगे कि जसले गर्दा म बाँच्न सफल भएँ। म नेपाली उद्दारकर्मी र नेपाली प्रति धेरै धेरै धन्यवाद दिन्छु। यस्तो चाँडो उद्दार त कतै पनि हुदैन होला,’ खुसी हुँदै उनले भनिन्।

दुर्घटनाअघि विमान छड्के तरिकाले अवतरण हुन खोजे पनि आफू होसमै रहेको र विमान खस्नसाथ आगो लागेपछि झ्याल फोडेर बाहिर निस्केको उनले सुनाइन्। अहमदले भनिन्, ‘जब विमान अनियन्त्रित भएर छड्के पाराले अवतरण हुदै थियो। म होसमै थिएँ। विमान खस्यो। आगो सुरु भइहाल्यो। हत्तपत्त सिटबेल्ट खोलें। झ्याल फोडेर हामफाले। तर आगोले घेरिसकेको थियो। उद्दार कर्मी आइपुगेर ज्यान बच्यो।’

केएमसीको अर्थोपेडिक्स वार्डको बेड नम्बर ४७५ मा उपचाररत उनी यतिबेला सामान्य छिन्। भन्छिन्, ‘म अस्पतालका चिकित्सकप्रति धेरै धेरै धन्यवाद दिन्छु। भोलि नै मलाई भेट्न आमा आउदै हुनुहुन्छ।’ – ताजा खबरबाट

०००

यो पनि पढ्नुहोस :

यिनै हुन् पाइलट जस्ले एयर ट्राफिक कन्ट्रोलको निर्देशन नमान्दा यति ठुलो क्षेति हुन् पुग्यो ! तर अझै भयानक क्षेति हुनबाट भने उनले यसरी बचाए !

काठमाडौँ । त्रिभुवन विमानस्थल एयर ट्राफिक कन्ट्रोलको निर्देशन नमान्दा सोमबार युएस बंगला विमान दुर्घटनाग्रस्त भयो। विमानमा रहेका कम्तिमा ४९ यात्रुसहित पाइलटहरुले पनि ज्यान गुमाए।

त्रिभुवन विमानस्थलमा भएको युएस बांग्लाको विमान दुर्घटनामा पाइलट र चालक दलका दुई सदस्यको मृत्यु भएको छ।

काठमाडौँ मेडिकल कलेजले अस्पतालमा मृत अवस्थामा ल्याइएकाहरुको नामावली प्रकाशन गरेको छ जसमा महिला पाइलट पृथुला रसिद र चालक दलका सदस्य ३५ वर्षीय ख्वाजा हुसेन रहेका छन्। त्यसैगरी इन्जिनियर रकिबुल हुसेनको पनि मृत्यु भएको छ।

तर विमानस्थलस्थित सुरक्षा स्रोतहरूका अनुसार युएस बंगला विमान दुर्घटनासँगै अर्को ठूलो दुर्घटना भने टरेको छ। र प्रत्यक्षदर्शी सुरक्षा अधिकारी त्यसको जस युएस बंगला विमानका चालकलाई नै दिन्छन्।

आफूहरु संकटमा परिसकेको अवस्थामा पनि विमानस्थलमा रहेका अन्य जहाज सुरक्षित हुने गरी युस बंगला विमानका चालकहरुले आफ्नो विमान अवतरणको प्रयास गरेको देखिएको सुरक्षा अधिकारीहरूले जनाएका छन्।

अवतरणको प्रयास गर्दैगर्दा युएस बंगला विमानले विमानस्थलको पार्किङ वेमा रहेका थाइ एयर, मालिन्दो एयर र एयर इण्डियाका जहाजहरुलाई बचाउने भरपुर प्रयास गरेको थियो।

विमानस्थल सुरक्षामा खटिएका सैनिक अधिकारीको भनाईमा, पाइलटहरुले नियन्त्रण गुमाएका भए इन्टरनेसनल पार्किङमा रहेका ती कम्पनीका जहाजहरु ध्वस्त हुन सक्थे। र, मानवीय तथा भौतिक क्षति निकै बढी हुने थियो।

‘तर उनीहरुले पूर्ण सावधानीका साथ अवतरणको प्रयास गरे, जसले गर्दा आफ्नो जहाज दुर्घटनामा परेपनि अरु जहाजलाई केही भएन। मानवीय क्षतिपनि कम भयो’, हवाई उडान सम्बन्धमा जानकार विमानस्थलका एक जना उच्च सैनिक अधिकारीले भने।

दक्षिणबाट आएको जहाज सिधै विमानस्थलमा अवतरण गर्नु पर्नेमा उत्तरतर्फको चाँगुनारायणतिर मोडिएको थियो। एयर ट्राफिक कन्ट्रोलसँग विमान चालकहरूको संवाद रेकर्डले चाहिँ अवतरण गर्दैगर्दा ककपीटमा उनीहरू केही अन्योलमा रहेको पुष्टी गरेको छ। प्रारम्भिक विश्लेषण अनुसार विमानको पछाडितिरबाट तीब्र गतिमा हावा चलेका कारण जहाज उत्तरतर्फ लागेको हुनसक्छ।

‘अवतरणका बेला पछाडिबाट हावा चल्यो भने राम्रो मानिँदैन, त्यस्तो बेला अवतरण गर्न कठिन हुन्छ’ सैनिक अधिकारी भन्छन्, ‘अगाडिबाट हावा चल्यो भनेचाहिँ अवतरण गर्न सहज हुन्छ।’ तर, चाँगुनारायणमाथि पुगिसकेको विमानलाई उनीहरुले सही ढंगले मोड्न सकेनन्। त्यसपछि विमान अनियन्त्रित हुँदै विमानस्थलतिर प्रवेश गर्यो। उत्तरतर्फ लाग्दा ठीक राडार माथिबाट गएको विमान विमानस्थल प्रवेश गर्दा राडार राखिएको भन्दा कम उचाईबाट प्रवेश गरेको थियो।

विमानलाई उत्तर लगेर फेरि दक्षिण मोड्दा तीब्र गतिमा चलेको हावा जहाजको अगिल्तिर पर्छ र अवतरण गर्न सहज हुन्छ भन्ने निष्कर्ष पाइलटहरुले निकालेको देखिन्छ।

सोमबारको दुर्घटना नेपालको हवाई इतिहासको एउटा दुखद घटनाको रुपमा दर्ज भइसकेको छ, जहाँ ४ दर्जन बढीले ज्यान गुमाइसकेका छन्।

‘यदि विमान थोरैमात्र पनि तलबाट गएको हुन्थ्यो भने त्यहीँ ध्वस्त हुन्थ्यो’, प्रत्यक्षदर्शी सैनिक अधिकारीले भने, ‘त्यो अवस्थामा थाइ, एयर इण्डिया र मालिन्दो एयरका विमान पनि ध्वस्त हुनसक्थे।’

०००

यो पनि पढ्नुहोस :

१३ MBBS का बिधार्थी : जानेबेला नामको अगाडी डाक्टर थप्छु भन्दै गए फर्किदा स्वर्गीय थपेर आए …हार्दिक श्रद्धांजली (RIP)

हिजो भएको US-Bangla Airlines बिमान दुर्घटना मा परी अकालमा ज्यान गुमाऊनुहुने सम्पुर्ण दिवांगत आत्मा को चिर शान्ती को कामना तथा हार्दिक श्रद्धांजली सथै १३ MBBS का बिधार्थी का तस्वीर र नाम निम्न प्रकार

सम्पुर्ण बिधार्थी MBBS अन्तीम् बर्षको परीक्षा दिएर घर आउदै थिए…!! Anjila Shrestha, Algina Baral,  Ashna Shakya,  Shweta Thapa,  Neega Maharjan, Sanjaya Maharjan. From left, bottom row: Charu Baral, Princy Dham, Samira Byanjankar, Saruna Shrestha, Meeli Maharjan, Sanjaya Poudal —

बिमान दुर्घटना मा परी अकालमा ज्यान गुमाऊनुहुने सम्पुर्ण दिवांगत आत्मा को चिर शान्ती को कामना तथा हार्दिक श्रद्धांजली

अधिकारीहरुबाट दुर्घटनाको बारेमा जानकारी गराएका थिए । दुर्घटनामा परेको विमानमा सवार चालक दलका सदस्यसहित ७१ यात्रु सवार थिए ।जस्मा ३३ यात्रु नेपाली नागरिक रहेको बताइएको छ । ३३ नेपाली यात्रुमा २८ महिलासहित बालबालिका रहेको बताइएको छ । केएमसी अस्पताल सिंनामंगलमा उपचारको अवस्थामा मृत्यु भएको मध्ये चारको सनाखत भएको छ ।

जस्मा तीन नेपाली यात्रुहरु सजना देवकोटा, प्रवीण चित्रकार, हरिशंकर चित्रकार र विदेशी नागरिक रोकिबुल हसन रहेका छन् । दुर्घटना परि आगलागीमा परेको विमानबाट ११ जनाको सकुशल उद्दार गरिएको बताइएको थियो ।विमानले इन्जिनमा खराबी आएको भन्दै अफ रुटबाट त्रिभूवन विमानस्थलमा अवतरण गरेको थियो ।

०००

यो पनि पढ्नुहोस :

एयरपोर्ट ट्राफिक कन्ट्रोलर र युएस-बंगलाका पाइलट बीच दुर्घटना हुन अगाडी भएको अन्तिम सम्बादको अडियो सार्वजनिक गर्नेलाई कारबाही हुने (लिक अडियो सुन्नुहोस)

काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणले त्रिभुवन विमानस्थलको एअर ट्राफिक कन्ट्रोलमा सोमबार कार्यरत कर्मचारीहरूलाई ‘ड्युटी अफ’ गराएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनाअघि विमानका पाइलट र एअर ट्राफिक कन्ट्रोलरबीच भएको सम्वादको अडियो सार्वजनिक भएपछि प्राधिकरणले ६ जना कर्मचारीलाई बिदा दिइएको हो।

गोप्य रहने उक्त अडियो इन्टरनेटमा लिक भएपछि छानबिनलाई सहज होस् भनेर तत्कालका लागि उनीहरूलाई कामबाट बिदा दिइएको स्रोतले जनाएको छ। स्रोतका अनुसार उनीहरूलाई निलम्बन वा अन्य कुनै कारबाही भने गरिएको होइन।

सोमबार ४९ जनाको ज्यान जाने गरी भएङ्को युएस बंगला विमान दुर्घटना आफ्नै आँखाले देखेका उनीहरू काम गर्ने मुडमा नभएकोले रिफ्रेस हुन छुट्टी दिइएको स्रोतले जनाएको छ। उनीहरूको ठाउँमा अन्य कर्मचारी खटाइएको छ।

‘अडियो सार्वजनिक गर्नेलाई कारबाही हुन्छ’

प्राधिकरणले सम्वेदनशील र गोप्य अडियो सार्वजनिक गर्नेमाथि कारबाही हुने बताएको छ। प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले उक्त घटनालाई ‘आपराधिक काम’ को संज्ञा दिए।

‘यो आपराधिक काम हो’, उनले भने, ‘गोप्य र सम्वेदनशील सामग्री सार्वजनिक गर्नेमाथि छानबिन गरी कारबाही हुन्छ।’

अडियो सुन्नुअघि ध्यान दिनुस्- यसको आवाजले तपाईँलाई झर्को लाग्न सक्छ।

०००

यो पनि पढ्नुहोस :

युएस बंगला जहाज दुर्घटना हुनु भन्दा केहि मिनेट अगाडी एयर ट्राफिक कन्ट्रोल र पाइलटबीच भएको अन्तिम कुराकानी सुन्नुहोस (अडियो सहित)

काठमाडौँ,२८ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज दिउँसो १४.१८ बजे भएको युएस बंगला विमान दुर्घटनामा परि मृत्यु हुनेको संख्या ५० पुगेको प्रहरीले जानकारी दिएको छ ।

७१ जना सवार विमान दुर्घटना भएको हो । उक्त जहाजमा सबै भन्दा धेरै नेपाली नागरिक सवार थिए । ३३ नेपाली ३२ बंगलादेशी,१ माल्दिप्स र १ जना चिनिया नागरिक सहित ४ जना चालक दलका सदश्य थिए ।

कसरी भयो त जहाज दुर्घटना

यकिनक साथ यहि कारणले दुर्घटना भएको भन्ने स्थिति छैन। पाइलटको गल्तिले यो ठुलो दुर्घटना हुन पुगेको खुलेको छ । त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले यूएस बंगला विमानले अवतरण गर्ने बेलमा नै ‘मिस अप्रोच’ गरेकोले दुर्घटना भएको बताएका छन् ।

‘नाइन नटिकल माइल’ आइसकेपछि जहाजलाई साउथ (जिरो टू)बाट ल्याण्ड गर्ने अनुमति दिँदा खेरी पाइलटले उत्तर (टू जिरो) तिरबाट ल्याण्ड गर्छु भनेर उत्तरतिर लागेको उनले बताए।

उत्तरतिर लागिसकेपछि टावर कन्ट्रोलरले फेरी तपाईं (पाइलट)लाई केही समस्या छ र भनेर सोध्नुभयो। पाइलटले केही समस्या नभएको जनाए। तर विमान उत्तर गएर ल्याण्ड गर्नुपर्नेमा उत्तर पूर्व गएर दुई फन्को लगाउनुभयो,’ उनले भने, ‘टावरले तपाईंले किन ल्याण्ड गर्नुभएन? तपाईंलाई ठीक छ भनेर सोध्नुभयो। पाइलटले म ठीक छु ल्याण्ड गर्दैछु भनेर जवाफ दिनुभयो। ल्याण्ड गर्ने बेला ‘एलाइन्मेन्ट’ मिलेको थिएन। कन्ट्रोलरले ल्याण्ड गर्ने बेला एलाइन्मेन्ट मिलेको छैन भन्दा पाइलटले रेन्सपोन्स गर्नुभएन।

‘जहाज ल्याण्ड गर्ने बेलामा विमानस्थलको टावर छेउबाटै आयो। झन्डै झन्डै पार्किङमा रहेको जहाजको अति नजिकबाट टच डाउन गरी कन्ट्रोल गर्न नसकेर पूर्व पट्टीको बार भत्काई खाल्डोमा गएर खस्यो,र आगो लग्यो ।

जहाज दुर्घटना हुनु भन्दा केहि मिनेट अगाडी त्रिभुवन अन्तरास्ट्रिय बिमानसथाल्का एयर ट्राफिक र पाइलटबीच भएको यो अन्तिम कुराकानी सुन्नुहोस :

०००

यो पनि पढ्नुहोस :

पाइलटको गल्तिले गर्दा दुर्घटना, गलत दिशातर्फबाट अवतरण गर्न खोजेका थिए, यसरी भएको थियो दुर्घटना – हेर्नुहोस (फोटो/भिडियो)

काठमाडौं । युसएस बंगलाको जहाज गलत दिशातर्फबाट अवतरण गर्न खोज्दा दुर्घटनाग्रस्त भएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले दिएको जानकारी दियका छन् सो जहाज विमानस्थलको दक्षिणतर्फ कोटेश्वरबाट अवतरण गर्न लाग्दा समस्या आए पछि उत्तरको गुहेश्वरीबाट अवतरण गर्न खोजेको थियो अर्कै दिशाबाट अवतरण गर्न खोज्दा पाइलटले नियन्त्रण गुमाए पछि विमान दुर्घटना भएको क्षेत्रीले जानकारी दिए।

चालक दलका सदस्यसहित ७१ जना यात्रु बोकेको यूएस बंगलाको विमान दुर्घटनामा, उद्धार जारी

बंगलादेशबाट काठमाडौं आएको यूएस बंगला एयरलाइन्सको जहाज त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ ।

जहाज अवतरणका क्रममा दुर्घटनामा परेको प्रहरीले जानकारी गराएको छ । प्रहरीका अनुसार उक्त जहाजमा चालकदलका सदस्यसहित ७१ जना यात्रु सवार थिए ।

त्रिभूवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार ६७ जना यात्रु र ४ जना चालक दलका सदस्य थिए ।

तीमध्ये दुर्घटनामा परेर घाइते भएका १३ जनाको उद्धार गरी उपचारका लागि काठमाडौं मोडल अस्पताल, नर्भिक लगायतका अस्पतालमा लगिएको छ ।

“दुर्घटनामा परेको जहाजका केही भाग काटेर घाइतेको उद्धार जारी राखिएको छ,” ठाकुरले बाह्रखरीसँग कुरा गर्दै भने, “कति क्षति भयो भन्ने ऐकिन अझै भइसकेको छैन । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले उद्धार जारी राखेको छ ।”

युएस बंगलाको विमानमा त्रिभूवन विमानस्थलको रनवेमा आगलागी, २० यात्रुको शव निकालियो

बंगालादेशको ढाकाबाट नेपाल आएको युएस बंगलाको विमान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना परि आगलागी हुँदा २० यात्रुको मृत्यु भएको छ ।

दुर्घटना लगतै आगलागीमा परेको विमानबाट २० यात्रु शव निकालिएको हो भने घाईतेहरुको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

अवतरण गर्ने क्रममा रनवेमा दुर्घटना भएको विमानमा दुर्घटना आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन् । युएस बंगलाको ७३८ एयरक्राफ्टमा अवतरण गर्ने वित्तिकै आगलागी भएको थियो । रनवेबाट बाहिरिए लगत्तै विमानमा आगो लागेको बताइएको छ ।

दुर्घटनापछि आन्तरिक तथा वाह्य उडान र अवतरण रोकिएको छ । ७२ सिटे विमानमा चालक दलका सदस्य सहित ७१ यात्रु रहेको बताएको छ ।

दुर्घटनामा घाइते भएका तेह्र जनालाई नर्भिक अस्तर्राष्ट्रिय अस्पताल पु¥याइएको छ भन्ने अन्य घाईतेको केएमसी अस्पताल सिनामंगल पु¥याइएको छ ।

जलेका शव निकालियो

बंगलबादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको छ। बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान सोमबार दिउँसो सवा २ बजे त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनामा विमान पुर्णतया क्षतिग्रस्त भएको छ। विमानमा सवार २४ जना यात्रुको उद्धार गरिएको छ। उनीहरुलाई विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाग्रस्त विमानमा ४ जना चालक दलका सदस्य र ६७ यात्रु सहित ७१ जना सवार थिए।

दुर्घटनामा ठूलो जनधनको क्षति भएको अनुमान गरिएको छ। प्रहरीले केही जलेका शव विमानबाट बाहिर निकालेको छ। यद्यपी हातहातीको संख्या भने यकिन भएको छैन।

०००

यो पनि पढ्नुहोस:

बिमान दुर्घटना पछी बिमानस्थल पुगेका प्रधानमन्त्री ओलीले के भने ? (भिडियो हेर्नुहोस)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले युएस बंगलाको विमान दुर्घटनाका सम्बन्धमा सरकारले तत्काल छानविन आयोग गठन गर्ने जानकारी दिएका छन् ।

दुर्घटनास्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घटनाको अवस्था बुझ्न पुगेका प्रधानमन्त्री ओलीले सञ्चारकर्मीसँग सरकारले उद्धार र अन्य कामका लागि गर्नुपर्ने सबै प्रबन्ध गर्ने बताउँदै घटनाको छानविनका लागि तत्काल आयोग गठन हुने जानकारी दिए ।

उनले दुर्घटनामा घाइतेको उपचारको सबै प्रबन्ध नेपाल सरकारले गर्ने पनि बताए । उद्धारमा तदारुकताका साथ खटिएका नेपाली सेनालगायत कर्मचारीको प्रशंसा गर्दै उनले घटनाबारे जानकारी दिन बंगलादेशका प्रधानमन्त्रीलाई सम्पर्क गर्न खोजेको तर, उनी मुलुक बाहिर रहेकाले सम्पर्क हुन नसकेको पनि जानकारी दिए । (रासस)

०००

यो पनि पढ्नुहोस:

फेसबुकमा यस्तो पोस्ट गरेर ढाकाबाट काठमाडौं उडेका थिए ‘युगल जोडीहरु’ तर के थाहा यो नै उनीहरुको अन्तिम फ्लाइट हुन्छ भनेर (फोटो सहित)

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त विमानमा काठमाडौं आउँदै गरेका यात्रुले ढाकाबाट उड्नुअघि सामाजिक संजालमा पोस्ट गरेका स्टाटसका स्क्रिनसट सार्वजनिक भएका छन् ।
बंगलादेशी नागरिक राजु रहमानले ती यात्रु सकुशल रहुन् भन्ने कामनासहित ट्वीटरमा ती स्क्रिनसटहरु शेयर गरेका छन् । उनले शेयर गरेका स्क्रिनसटमा उल्लेख भएअनुसार ती युगल जोडीहरु कोही हनिमुन त कोही आफ्ना प्रियजनका साथ घुम्न आउँदै थिए । हेर्नुहोस् स्क्रिनसटहरु –

 

०००

यो पनि पढ्नुहोस :

दर्जनौ नेपाली तथा बंगाली र एक चाइनिजको ज्यान लिने आजको प्लेन दुर्घटनामा पुरापुर पाइलट नै दोषी रहेको त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजेन्द्रकुमार क्षेत्रीको दावी, हुदैन भन्दा भन्दै उत्तर तर्फबाट जवर्जस्ती ल्याण्ड गर्दा झन्डै अर्को प्लेनसंग पनि जुधेको थियो – ल्याण्ड हुनु अगाडी एयर ट्राफिकसंग के-के कुरा भएको थियो ?

काठमाडौँ । युएस–बंगला एयरलाइन्सको विमान दुर्घटनामा पर्नुमा पाइलट दोषी रहेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । सोमबार साँझ पत्रकार सम्मेलन गरेर विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनलमा रहेका एयर ट्राफिकको निर्देशन अवज्ञा गरेकाले विमान दुर्घटनामा परेको जनाएको हो ।

सोमबार दिउँसो २ बजेर १८ मिनेटमा धावनमार्गको पूर्वतर्फ दुर्घटनामा परेको जहाजमा ६७ जना चालक दलका सदस्यसहित ७१ जना सवार थिए ।


त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजेन्द्रकुमार क्षेत्रीले दक्षिणतर्फबाट ल्यान्ड गर्न निर्देशन दिँदा दिँदै पाइलटले अटेरी गरेकाले यति ठुलो दुर्घटना हुन पुगेको जनाएका छन् ।

‘जहाजलाई जिरो एयर ट्राफिक कन्ट्रोलरले दक्षिणबाटै अवतरण गराउन भनेका थिए, तर पाइलटले मानेनन्’, क्षेत्रीले पत्रकार सम्मेलनमा भने, ‘तर पाइलटले टावरको पाइलटले उत्तरबाट ल्यान्ड गर्छु भनेपछि उत्तर पूर्वतिर दुई राउन्ड घुमाएको पाइयो । जहाज दुई राउन्ड घुमाएपछि पुनः एटीसीले ‘आर यु ओके’ भन्दा पाइलटले कुनै रेसपोन्स गरेनन् ।’

पाइलटले उत्तरबाट ल्यान्ड गर्ने तयारी गरेपछि एटिसीले जहाजको एलाइन्टमेन्ट मिलेको छैन भन्दा पनि रेसपोन्स नगरेको क्षेत्रीले बताएका छन् । ‘एटीसीले भन्दा भन्दै पाइलटले रेसपोन्स नगरेको पाइयो । त्यसपछि जहाज टावरको छेउतिरबाट आर्मीको ह्याङ्गर निर आयो, ग्राउन्डमा रहेको अर्को जहाजसँग ठोक्किन खोज्दै जहाज दुर्घटनामा परेर आगो लाग्यो ।’

क्षेत्रीले जहाजमा आगो लागेपछि उद्धारक टोली तयारी अवस्थामा भएकाले अझ ठुलो क्षति हुनबाट जोगिएको पनि जिकिर गरे । ‘आगलागीको लागि उद्दारमा टोली तयार भएकाले चाँडै नियन्त्रणमा आयो’, उनले भने, ‘१०÷१५ मिनेट ढिला भएको भए अझ अवस्था खराब हुन्थ्यो ।’

०००

यो पनि पढ्नुहोस :

युएस बंगला विमान दुर्घटना: पुनर्जन्म पाएका घाइतेहरुको उपचार केएमसी,नर्भिक र ग्राण्डी अस्पताल उपचार हुदै

काठमाडौँ, २८ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज दिउँसो १४.१८ बजे भएको युएस बंगला विमान दुर्घटनामा परेका २५ यात्रुलाई केएमसी अस्पताल पु¥याइएको छ ।

उपचारका लागि लगिएकामध्ये आठ जनाको निधन भएको चिकित्सकले घोषणा गरेका छन् । अस्पतालले मृत घोषणा गरेका यात्रुमा हरिशंकर पौडेल, रकिबूल हुसेन, पृथुला रसिद र खवाज हुसेन( चालक), प्रवीण चित्रकार, सजना देवकोटा र परिचय नखुलेका अन्य दुई यात्रु छन् ।

यस्तै पिंकी धामी, समिना बज्राचार्य, इमरन कबिर, कविर हुसेन, रसिद हुसेन, मेहन्दी हसन, रिजना अब्दुल्ला, डा इरजना, धीरेन्द्रसिंह पूजना, स्वरना, सहरिन अहमद र एमडी सैनको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै किशोर त्रिपाठी र हरिशंकर सुवेदीलाई ग्राण्डी अस्पताल टोखामा सिफारिस गरिएको छ । घाइते दयाराम ताम्राकारलाई न्यूरो अस्पताल र केशव पाण्डेलाई मेडिसिटी अस्पताल पठाइएको छ । केएमसी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा दामोदर पोखरेलका अनुसार २५ घाइतेको उपचार भइरहेको छ । यस्तै नर्भिक अस्पतालमा पाँच जनाको उपचार भइरहेको छ ।

नर्भिकमा पाँचको उपचार, दुई गम्भीर

सो अस्पतालमा वसन्त बोहरा, सनम शाक्य, आशिष रञ्जित, विनोदराज पौडेल र एक बंगलादेशीको उपचार भइरहेको छ । अस्पताल परिसरमा आफन्तजनको भीड लागेको छ । अस्पतालमा ल्याइएका घाइतेमध्ये दुईको अवस्था चिन्ताजनक छ ।

विमानमा ३३ नेपाली–३४ विदेशी

दुर्घटनामा परेको विमानमा रहेका ६७ यात्रुमध्ये २२ नेपाली यात्रुको नाम यकिन भएको र ११ नेपालीको पहिचान खुल्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार दुर्घटनाग्रस्त विमानमा ३२ बंगलादेशी तथा एक एक चिनियाँ र माल्दिभ्सका नागरिक सवार थिए ।  रासस

०००

यो पनि पढ्नुहोस :

भाग्यले बाचेका बसन्त बोहोरा र सोनम ! बाहिर प्लेनमा आगो लाग्दै थियो तर उनले झ्यालको सिसानै फुटाएर बाहिर निस्के र ज्यान बचाए !

काठमाडौँ । बसन्त बोहोरा दुर्घटनामा परेर आगलागी भएको विमानमा परेर घाइते भएका यात्रु हुन् । चारजना चालक दलका सदस्य ७१ जना सवार रहेको यूएस बंगला एयरलाइन्सको विमानमा सवार ७१ यात्रु मध्येका एक बसन्तले आाफु विमानको झ्याल फुटालेर बाहिर निस्किएको बताएका छन् ।

ट्राभल एजेन्सीमा काम गर्दै आएका उनी बंगलादेशबाट राम्रै तरिकाले आएपनि काठमाडौंमा ल्यान्ड गर्ने बेला भयो विमान अर्कै तरिकाले उडेको जस्तो अनुभव भएको अस्पतालमा कुराकानीमा बताएका छन् ।

तस्विर : कान्तिपुर

उनी बंगलादेशमा भएको एउटा तालिममा सहभागी भएर फर्किएका थिए । सो अवसरमा उनीसँग ट्राभल एजेन्सीमा काम गर्ने १६ जना पनि सँगै थिए । अस्पतालमा उपचाररत बसन्त बोहोराले आँफु भाग्यले बाँचेको बताएका छन् ।

यो पनि –

काठमाडौंमा विमान दुर्घटना भएको समाचारहरु आइरहेको थियो । घाइतेहरुलाई उपचारको लागि नर्भिक अस्पताल लगिएको खबर आएपछि म नर्भिक अस्पताल पुगें । अस्पतालमा सयौंको संख्यामा भीड थियो ।

तस्विर : नेपालीपत्र

मलाई त्यहाँ पुग्दा लाग्यो कि धेरैको हताहत भएछ । तर, नर्भिक अस्पतालमा त्यस्तो भएको होइन । घाइते भएकाहरुलाई उपचारको लागि नर्भिक ल्याउने भनेको खबर थाहा पाएपछि मिडियादेखि सर्वसाधारणहरुको व्यापक रुपमा उपस्थिति मात्र रहेको थियो ।

केएमसी अस्पताल पुर्याएका घाइते आशिष रञ्जितलाई सुरुमा नर्भिक ल्याइयो । रञ्जितपछि क्रमश वसन्त बोहोरा, विनोदराज पौडेल, बंगलादेशी नागरिक (नाम नखुलेका) र सोनम शेर्पालाई ल्याइयो ।

त्यहाँ विनोदराज पौडेलका आफन्त पनि आइसकेका रहेछन् । विनोदलाई नर्भिकमा ल्याउँदा आफन्तहरुको रुवावासी भयो । कोहीले विनोदका आफन्तलाई सम्झाउँदै थिए ।

त्यसपछि क्रमश सबै घाइतेहरुका आफन्तहरु पनि आउन थाले । आफन्तहरु अस्पताल परिसरमा पुग्नासाथ डाँको छोडेर रुने गर्थे । आफन्तजनको रुवाबासीले अस्पताल परिसरको वातावरण स्तब्ध बनेको छ ।

लक्की टुर्स एण्ड ट्राभलका अध्यक्ष पनि नर्भिक पुगे । सिधै अस्पतालभित्र गएर बाहिर आएपछि थाहा भयो सोनम लाक्पा शेर्पालाई भेटेर निस्किएका रहेछन् । सोनमलाई मैले पनि चिनेको हुँदा शेर्पालाई गएर भेटें ।

सोनम लाक्पा शेर्पा लक्की टुर्स एण्ड ट्राभलका सञ्चालक समेत हुन् । शेर्पा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यूएस बंगला विमान दुर्घटनामा घाइते भएका छन् ।

उनी त्यति ठूलो दुर्घटनामा सामान्य घाइते मात्र भएका छन् । बाहिरि रुपमा देख्दा उनको दाहिने खुट्टा र दाहिने हातमा सामान्य चोट मात्र लागेको छ ।

गत ९ मार्चमा ३३ वर्षीय शेर्पासहित १४ जनाको टिम कार्यक्रमको सिलसिलामा बंगलादेशको ढाका पुगेका थिए । नेपालको ‘टप १४ एजेन्ट्स’ कार्यक्रममा सहभागि हुन शेर्पासहित १४ जना ढाका पुगेका हुन् ।

कार्यक्रममा ‘टप ३’ जनाले अर्वाड समेत हात पारेका थिए । अवार्ड हात पारेका तीन जना आज नेपाल फर्किएका थिए ।

‘हिजो अर्थात (आइतबार) नेपाल फर्किने टिकट थियो । जसमा २ जना साथी हिजै फर्किए,’ शेर्पाले भने, ‘बाँकी १२ जनाले टिकट सारेर आजको लागि टिकट काट्यौं र हिजो ढाकाको कक्स बजार घुमघाम गर्यौं ।’

बाँकी १२ जना यूएस बंगला विमानमा आज सँगै फर्किएका थिए । तर, सँगै फर्किएका केही साथीहरुको ज्यान गएको शेर्पाले बताए । उनले भने, ‘आजको दिन मेरो लागि कालो दिन साबित भयो ।’

यसरी बच्न सफल भए शेर्पा ?

शेर्पाकै आवाजमा : विमान अवतरण हुने बेला सबै जना बाहिरि माहोल हेरिरहेका थियौं । अवतरण गर्ने बेला एक्कासी विमानको पाङ्ग्रा जमिनमा ठोक्कियो । यसो पछाडी फर्केर हेरेको विमानको पछाडी भागमा आगो लागेको रहेछ ।

त्यसपछि मनमनै सोचें आजै रहेछ मेरो अन्तिम दिन । उनी भन्छन्, ‘म के गरुँ, कसो गरुँ भए ।’

उनी क्रमश थप्दै जान्छन्, ‘यसो अगाडि हेरेको विमानको झ्याल देखें, लगत्तै सिसा फुटाए र बाहिर निस्कने प्रयास गरें । भुईंमा सिसै सिसा थियो । लगभग ३० सेकेण्डजति प्रयास गरेपछि म बाहिर निस्किए ।’

आँखाभरी आँशु लिँदै उनले भने, ‘बाहिर निस्किएपछि मान्छेहरुको भीड लागिसकेको रहेछ । विमानतर्फ आँखा लगाउँदा पूरै आगलागी भइसकेको रहेछ । कोही चिच्याउँदै थिए । त्यहाँ गएर मैले उद्दार गर्न सक्ने कुनै आँट नै आएन् ।’

लगत्तै एम्बुलेन्स आयो र मलाई एम्बुलेन्समा राखेर केएमसी अस्पताल लगियो । केएमसीबाट मलाई रिफर गरेर नर्भिक अस्पताल ल्याइएको हो ।-नेपालीपत्र

०००

यो पनि पढ्नुहोस:

दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स फेला

काठमाडौं। बंगलबादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा ४० जनाको मृत्यु भएको छ।

घटनास्थलमा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स फेला परेको छ। उद्धारका लागि पुगेको प्रहरी टोलीले दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स फेला पारेको हो। दुर्घटनामा विमान पुर्णतया क्षतिग्रस्त भएको छ।

बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान सोमबार दिउँसो सवा २ बजे त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा दुर्घटनाग्रस्त भएको हो।

 

०००

यो पनि पढ्नुहोस:

युएस ब‌ंगलाको जहाज दुर्घटनामा दुई पाइलटसहित ४९ को मृत्यु, २२ को उपचार हुँदै

सोमबार युएस बंगलाको जहाज दुर्घटनामा परी दुई पाइलट र ४७ यात्रुको मृत्यु भएको छ। दुई जना चालक दलका सदस्यसहित २२ जना घाइतेको उपचार भइरहेको छ।

नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेका अनुसार दुर्घटनाग्रस्त जहाजबाट ३१ जनाको शव निकालिएको छ। बाँकी १८ जनाको उपचारका क्रममा राजधानीका विभिन्न अस्पतालमा मृत्यु भएको हो।

विमानमा चालक दलका सदस्यसहित ७१ यात्रु थिए। तीमध्ये ३३ जना नेपाली थिए। यात्रुमध्ये १५ ब‌गलादेशमा एमबिबिएस पढ्न गएका विद्यार्थी थिए भने बाँकी नेपाली यात्रुमध्ये धेरै ट्राभल एजेन्सीमा काम गर्ने थिए। मृत्यु भएकामध्ये कति नेपाली थिए भन्ने पुष्टि भएको छैन।

जहाजमा ३२ जना ब‌ंगाली १ जना माल्दिभ्सका नागरिक र १ चिनियाँ नागरिक थिए।

ब‌ंगलादेशको ढाकाबाट काठमाडौं आएको सो जहाज दिउँसो २ बजेर १८ मिनेट जाँदा अवतरण क्रममा दुर्घटनामा परी आगलागी भएको थियो।