इलाम – इलामको माइजोगमाईस्थित प्याङमा शनिबार भएको आगलागीमा १३ लाख रुपैयाँभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ। नागरिक न्युजमा खबर छापिएको छ ।

माइजोगमाई ६ स्थित प्याङका डम्बरुबल्लभ अधिकारीको घरमा आगो लागेको हो। आगोलागीबाट घरसहित डेरी, त्यहाँ राखिएका सबै सामग्री जलेका छन्। माइजोगमाईस्थित नयाँबजार प्रहरीका अनुसार घरमा कोही नभएको समयमा दिउँसो १ बजेतिर आगो लागेको हो। स्थानीयले करिब २ घण्टामा आगो नियन्त्रणमा लिएका थिए।