हामीले हाम्रो स्वास्थ्य सधै स्वास्थ्य र फुर्तिलो र बलियो बनाई राख्न चाहन्छौ । खानपान र वातावरणले पनि स्वास्थ्यमा विभिन्न किसिमका उत्तर चढ़ाप ल्याउने गर्दछ । कहिले काँही हामी काम गर्ने क्रममा आफु कम्जोर बहेको महसुस गर्ने गर्छौं । कमजोरीले गर्दा हामीलाई खान पनि मन लाग्दैन । तर यस्तो अवस्थामा हामीले खाना खान छाड्नु हुन्न । शरीरले कमजोरी महसुस गर्नुको कारण खानामा पौष्टिक तत्वको कमी हुनु हो । हामीले खाने विभिन्न खानाहरुले हामीलाई फुर्ति प्रदान गर्ने गर्छ । हाम्रो शरीरलाई बलियो बनाउन मद्धत गर्ने खानाको कमीले गर्दा हामीलाई कमजोरीपनाले छुने गर्छ ।

शरीर कम्जोर महसुस भएमा हामीले निम्न कुराहरु अपनाउनु पर्छ :

१‍) दैनिक पालकको सागको एक गिलास जुस पिउँदा शरीरलाई ऊर्जा मिल्छ ।

२‍) एक गिलास दूधमा एक चम्चा मह र थोरै बेसार मिलाएर नियमित खाँदा कमजोरी हट्छ ।

३‍) बिहान र साँझ दैनिक दुई कोसा केरा दूधमा मिसाएर खाँदा कमजोरी हराउँछ ।

४‍) अनारको गेडा सुकाएर पिसेको धुलो बिहान र बेलुका एक–एक चम्चा नियमित खाँदा शरीरले शक्ति प्राप्त गर्छ ।

५‍) चार–पाँच वटा छोकडा, दुई–तीन वटा काजु, दुई वटा बदाम मिसाएर एक गिलास दूध उमाल्ने र त्यसमा एक चम्चा मिश्री मिसाएर नियमित पिउँदा कमजोरी हुँदैन ।

६‍) अमलाको धुलोलाई मिश्रीको धुलोसँग मिसाएर दैनिक सुत्नुभन्दाअघि एक चम्चा पाउडर खाने ।

७‍) एक गिलास दूधमा एक चिया चम्चाको चार भागको एक भाग दालचिनीको धुलो र एक चम्चा मह मिसाएर खाँदा शरीरमा स्फुर्ती आउँछ ।

८‍) साँझ पाँच चम्चा चनाको दाल एक गिलास काँचो दूधमा भिजाउने र बिहान मिश्री र किसमिस मिसाएर दैनिक पिउँदा शरीरको कमजोरी हराउँछ ।

९‍) दुई चम्चा मेथी पाँच घण्टासम्म पानीमा भिजाउने । भिजेको पानीलाई उमालेर दुई चम्चा मह मिसाएर नियमित खाँदा फाइदा पुग्छ ।

१०‍) खाना खाएपछि दैनिक एक कप अंगुरको ताजा जुस खानाले शरीर फुर्तिलो बन्छ ।