गगन थापालाई प्रश्न ?

अपराधी त्यसलाई मानिन्छ, जसले आदिबासी जनजाति समुदायको कालखण्ड देखि नै उपभोग र संस्कारको रुपमा भोग चलन गर्दै आएको गाईलाई नेपालको संबिधान २०१९ ले राष्ट्रिय जनावर घोषण गर्दछ । त्यस्तै गाईलाई संरक्षण गर्दै मुलुकी ऐनको महल ७ चौपायाको ११ नं. मा जानी जानी गाई गोरु मार्नेलाई १२ बर्ष र वचन दिनेलाई ६ बर्ष कैद गर्नु पर्छ भनी कानुनी ब्यबस्था गरिएको छ । अर्को तर्फ २०७५ भाद्र १ गते लागू हुने भनिएको मुलुकी अपराध (संहिता) ऐन २०७४ परिच्छेद २७ को पशुपंक्षी सम्बन्धि कसुर नं. २८९ मा गाई मर्न वा कुट्न नहुने : (१) कसैले गाई वा गोरु मर्ने कुनै चोट पुर्याउने नियतले कुनै काम गर्न वा गराउन हुन्दैन (२) उपदफा १ बमोजिमको काम कुनै गाई वा गोरु मर्न गएमा त्यस्तो कसुर गर्बे ब्यक्तिलाई ३ बर्षको कैद हुनेछ भनी बक्यौताका साथ कानुनी ब्यबस्था गरिएको छ ।

अब भन्नूहोस अपराधी को हो ? अपराधी कसलाई भन्ने ? म किरात राई जातिमा जन्मिएको छोराले आफनो कुल पितृ गर्दा गोरुको मासु चढाउनु पर्ने संस्कार छ, के अब किरात राई संस्कारमा जन्मिनु नै म अपराधी हो ? मेरो संस्कार र समग्रमा सदियौं देखि आदिबासी जनजाति समुदायहरुको गाई गोरुको मासु खान पाउने अधिकार माथि गाई गोरुको मासु खाए बापत जबर्जस्ती कानुन बनाउने समुदाय वा जाति अपराधी ? को हो अपराधी ? सवाल अनि प्रश्न यहाँ छ।

नेपालका प्रथम मानवशास्त्री डोर बहादुर बिष्टले भनेका छन् “नेपाल आदिमकाल देखी गाई खाने देश” हो । नेपाल धर्मनिरपेक्ष देशमा रहेका सम्पुर्ण जातिलाई आ आफ्नो संस्कृति र धार्मिक परम्परा अनुसार कार्य गर्न पाउने अधिकार संबैधानिक अधिकार नेपालको संबिधानले प्रत्याभूत गरेको छ । यो कुरा बिर्सनु भएन गगन महोदय ?

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १२ मा भएको घटनालाई लिएर गाई काटेको निउमा पक्राउ तामाङ समुदायको ब्यक्तिहरुलाई बिना सर्त रिहाईको माग गर्न र तामाङ समुदायले ऐतिहासिक कालदेखि गाई गोरुको मासु खाने प्रचलन भएकोले गाई गोरु काटेर खाँदा जेल हाल्नु पर्ने बिभेदकारी कानुन ब्यबस्थालाई परिमार्जित र कानुन संशोधन हुनु पर्छ भन्ने माग सिङ्गो तामाङ समुदायको संस्था र तामाङ घेदुङ र प्रदेश नं. ३ का उप सभामुख राधिका तामाङको नेतृत्व टोलीले गृहमन्त्री बादल थापालाई ज्ञापनपत्र बुझाउदा राधिका तामाङलाई तल्लो स्तरको सोच भएकाहरूलाई राष्ट्र चलाउनको लागि चुनेर पठाउनु नै हाम्रो गल्ती हो भनेर युवा नेता गगन थापाको को अभिव्यक्ति अहिले भाइरल बनेको छ ।

गगन थापा हामीले देखीसक्यौ कि कसको सोच माथि छ र कसको सोच नीच छ भनेर । नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक सहित संघीय गणतान्त्रिक राष्ट्रमा तपाईंको पुरातनवादी सोच, सामन्ती सोच र बाहुनवादी सोचबाट समग्र उत्पीडित आदिवासी जनजाति, दलित, मधेसी र सिङ्गो नेपाली समुदायले तपाईबाट न्यायको अनुभुती कसरी गर्ने ?

के आदिवासी जनजाति तामाङ समुदायमा जन्मेको हुर्केको सन्तानले आफ्नो संस्कृति, चालचलन, रितिरिवाज र धर्मको रक्षा गर्न नपाउने ? आफ्नो स्वतन्त्रताको पक्षमा बोल्न नपाउने ? भएको बिभेदकारी कानुन र नीतिलाई परिमार्जित र संशोधन गर्नु पर्ने ? अग्रगामी बिचारलाई सम्मानको साथ सहयोग गर्नुको सट्टा तल्लो निच सोच भएको ब्यक्तिलाई नै राष्ट्र चलाउनु पठानु गल्ती भएको अभिव्यक्ति दिने अधिकार कसले दियो गगनलाई ? यो ३७% भन्दा बढी जनसंख्या भएको आदिवासी जनजातिको प्रश्न हो ?

सुन्ने हिम्मत छ गगन महोदय ? पुर्बको ओलाङ्चुङगोला होस या त सिदुर पश्चिमको खसान क्षेत्र नै किन नहोस् यो देशका उत्पीडित आदिबासी जनजाति, मधेसी, दलित समुदाय र समग्रमा न्याय समता, समनताको हक अधिकार र पहिचानको पक्षधरले चुनेर पठाएको राष्ट्रिय महिला नेतृ राधिका तामाङ हो ।

अशोक राई
अध्यक्ष
नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ त्रिभुवन बिश्वबिद्धालय किर्तिपुर