नेपालीहरुको बाहुल्यता र सहभागीता रहँदै आएको चर्चित रियालिटी शो “डान्स इण्डिया डान्स लिटिल मास्टर्स” को चौथौँ सिजनमा दुई नेपाली बालबालिकाहरुले भारतीयसंगै जजहरुको मन पनि जितिरहेका छन् । चितवन नारायणगढकी १० बर्षीय बृन्दा दाहाल र भारत बस्दै आएका अर्का नेपाली रोसन थापाले आफनो प्रतिभा देखाईरहेका छन् ।

सफलतापुर्वक टप १६ मा पुगेका बृन्दा र रोसनमध्ये हिजो शनिबार प्रसारण भएको कार्यक्रममा चितवनकी बृन्दाले आफनो उत्कृष्ट प्रस्तुती दिएकीछिन् । “सुन साथिया” बोलको गीतमा उनले आफनो प्रस्तुती दिँदै गर्दा जजहरुले निकै प्रशंसा गरेका थिए ।

निकै आर्कषक र राम्री देखिएकी बृन्दाले डान्स र “डान्स इण्डिया डान्स लिटिल मास्टर्स” को मञ्च सम्म पुग्न निकै संघर्ष गरेकीछिन् ।बिषेशगरी आफनो बाबाबाट कुनै साथ नपाएकी बृन्दा हजुरआमाको साथ लिएर दिल्ली पुगेकी थिईन् । । यसैगरी आजको कार्यक्रममा भने रोसन थापाको प्रस्तुती रहनेछ ।