महिलाहरुको शरीरमा हुने नियमित जैविक प्रक्रिया हो मासिक श्राव । तर यो विषयमा थरिथरिका विचारहरु पाइन्छन् ।

परम्परागत हिन्दू धार्मिक मान्यताले महिनवारीको समयलाई अछूतका रुपमा व्यवहार गर्दछ । हिन्दूहरुका अनुसार, महिनावारी हुँदा महिलाको शरीरबाट फोहोर रगत निस्किने हुँदा उनी अशुद्ध हुन्छिन् । त्यसैले महिनाबारी हुँदा महिलालाई खाना पकाउन नदिने, पूजाआजामा सहभागी हुन नपाइने, अरुसँग नछोइकन बस्नुपर्ने नियम बनाइएका छन् ।

तर समयक्रम परिवर्तन हुँदै जाँदा यो प्रक्रियालाई सामान्य नियमित जैविकीय अवस्थामा लिएर महिलाहरुलाई महिनावरी भएकै कारण गरिने छुवाछूतलाई अस्वीकार गर्ने मान्यता र संस्कारको विकास हुँदै गएको छ।महिनावारी हुँदा शरीरबाट फोहोर रगत निस्किन्छ तर उचित सरसफाई गर्ने हो भने महिलासँग कुनै किसिमले छुवाछूत हुनुहुँदैन भनेर सामान्य व्यवहार गर्ने चलन बढ्दै गएको हो । चिकित्सा विज्ञानले महिनावारीलाई सामान्य अवस्था मान्दछ । सरसफाईमा विशेष ध्यान दिने भने आग्रह गर्दछ विज्ञानले ।

तर महिलालाई टाढै राख्नुपर्ने, यसलाई अनौठौ र अशुद्ध अवस्थाका रुपमा हेर्न नहुनेमा सबैले जोड दिएका हुन्छन् ।।तर यौनसम्पर्कको बारेमा नि ? यहाँ पनि थरिथरिका गलत र भ्रामक धारणाहरु फैलिएका हुन्छन् । कतिपयले महिनावारीमा यौनसम्पर्कको कुरा गर्दा छिः छिः भन्ने गर्दछन् भने कतिपये यसलाई सामान्य अर्थमा लिन्छन् । महिनाबारीमा सेक्स गर्ने कि नगर्ने त ? हिन्दू मान्यताले त महिलालाई छुनै नहुने भन्छ त्यसैले त्यो आधारमा हामीले कुरा गर्दैनौं तर स्वास्थ्यविज्ञानले भने यस्तो अवस्थामा पनि यौनसम्पर्क गर्न सकिने बताउँछ ।

मुख्य कुरा सरसफाईको भएकोले त्यसमा ध्यान दिने हो भने सेक्स गर्न महिनावारीले नछेक्ने स्वास्थ्यविज्ञानले बताउँछ । आउनुस् महिनावारी सेक्सका बारेमा केही तथ्यहरु थाहा पाऔं ।

१. महिनाबारी हुँदा सेक्स गर्न सकिन्छ तर यसका लागि कण्डमको प्रयोग अनिवार्य गर्नुपर्छ । योनीको कोमलता बढ्ने र पुरुषको लिंगको घर्षणले संक्रमणको सम्भावना हुने भएकोले कण्डमको प्रयोग गर्दा सुरक्षित सेक्स गर्न सकिन्छ । मासिकश्रावको बेला बग्ने रगत खराब हो, यसले हानी गर्छ भनेर डराउनु पर्दैन ।यदि पुरुष र महिलामा कुनै यौनरोग छैन भने यसले फरक पार्दैन । तर यदि पुरुष या महिलाको यौनांगमा घाउ, खटिरा छ, घाउ छ या कुनै किसिमको यौनरोग छ भने यो निकै छिटो सर्न सक्छ । त्यसैले यो कुरामा विशेष ध्यान दिनुपर्दछ ।

२. महिनाबारीको बेला हुने सम्भोगबाट गर्भ रहने सम्भावना निकै कम हुन्छ । केही अवस्थामा भने महिनाबारी भएको बेला पनि गर्भ रहन सक्ने सम्भावना हुन्छ । खासगरी महिलाको योनीभित्र छिरेको विर्यमा भएका शुक्रकिट केही दिन बाँच्ने भएकाले र अनियमित महिनाबारी हुने महिलामा गर्भ रहन पनि सक्छ । तर यो सम्भावना निकै न्यून हुन्छ ।

३. यदि यौनसम्पर्क गर्दा लिंगमा रगत लागेमा डराउनु पर्दैन । तपाई घिनाउनु भएन र रगतलाई राम्रोसँग सरसफाई गर्नुभयो भने यसले हानी गर्दैन ।

४. महिनाबारीको बेला सम्भोग गर्दा पाठेघरमा असर पर्छ भन्ने मान्यता गलत हो ।

महिनाबारीका बेला पाठेघरको मुख खुला हुने र लिंग पाठेघरभित्रै छिरेर हानी पूराउँछ भन्ने आम धारणा छ तर त्यस्तो हुँदैन । लिंग पाठेघरको मुखसम्म पुग्ने र निकै साँघुरो मुखबाट छिर्ने सम्भावना हुँदैन ।

५. महिनाबारीको बेला यौन सम्पर्क राख्ने महिलामा रगत बग्ने क्रम छिटै रोकिन्छ भन्ने कुरा गलत हो । सम्भोगका बेला पाठेघर खुम्चिन्छ, जसका कारण एकैचोटीमा धेरै रगत बाहिर निस्किने हुनसक्छ । यसो गर्दा अरु बेला जस्तो पछिल्लो रगत अलि समयपछि आउन सक्छ । तर यो सामान्य हो ।

६. रजस्वलाका बेला यौन सम्पर्क गर्ने महिलामा दुखाइ कम हुन्छ । यसका धेरै कारण हुन सक्छन्, पहिलो चरमोत्कर्षका बेला सरिरले छाड्ने हर्मोनले दुखाइ कम गर्ने औषधिको काम गर्छ र दोश्रो दुखाइ महसुस गराउने रसायन सम्भोगका बेला उपयोग हुने भएकाले त्यसपछि तल्लो पेट दुख्न कम हुन्छ ।

७. यौनसम्पर्क र्दा उभिएर या हलुका किसिमले पेटलाई बढी नथिच्ने किसिमले सेक्स गर्दा राम्रो हुन्छ । तर पुरुषले महिलालाई इच्छा छैन भने जबर्जस्ती भने गर्नु हुँदैन ।

८. यसका साथै रगत बग्ने सम्भावना भएकोले पहिला नै रगत पुछ्ने कपडा या नेपकिन राखिराख्दा राम्रो कतिपय महिलाहरुले कपको पनि प्रयोग गर्दछन

९. रजस्वला भएका बेला मुखमैथुन गर्न मन लागे त्यो तपाईमा भर पर्छ । सकेसम्म यस्तो नगर्दा राम्रो । किनभने रजस्वलाको बेला रगत मुखमा लाग्न सक्छ ।  अर्को कुरा दांत या गिजामा कुनै संक्रमण भए त्यो सर्न सक्छ । तर तपाईले मुख मैथुन नगरी नहुने प्रण गर्नुभएको छ भने डेन्टल डामको प्रयोग गर्न सक्नुहुन्छ । तर हामी तपाईलाई सकेसम्म मुख मैथुन नगर्न सल्लाह दिन्छौं ।

०००

यो पनि पढ्नुहोस :

  • ८८ वर्षीया शिला संसारकै बूढी वेश्या, अझै सन्तुष्ट पार्छिन हप्तामा १० जना ग्राहक (भिडियो सहित)

शिला जो अहिले ८८ वर्षकी भइन। उनि कुनै साधारण हजुरआमा हैन, उनि हुन् बेलायतनिवासी विश्व कै बुढी वेश्या।

८८ वर्षको पाको उमेरमा पनि उनले एक सातामा १० जना ग्राहकलाई सन्तुष्टि दिन्छिन् । एक घन्टामा २ सय ५० पाउन्ड कमाउनु उनको क्षमतामा ह्रास आएको छैन । उनी तीन वर्षअघि नै संसारकै बूढी वेश्या घोषित भएकी हुन् ।

अग्लो हिल भएको जुत्ता र मिनिस्कट लगाएर ग्राहकलाई रिझाउन खप्पिस उनी आफू निकै ‘सेक्सी’ भएकाले वेश्यावृत्ति अँगालेको हाकाहाकी बताउँछिन् ।

०००

यो पनि पढ्नुहोस :

  • १० हजारको ब्रा, ५ हजारको अन्डरवेयर प्रयोग गर्ने नेपाली – अभिनेत्री रेखा थापा कुन ब्रान्डको भित्रि वस्त्र लगाउछिन ? जान्नुहोस

सामान्यतया अरूलाई देखाउन र आफ्नो पर्सनालिटीका लागि मान्छेहरू महँगो कपडा लगाउँछन् । तर, बाहिरी कपडाहरू मात्र होइन, भित्री कपडाहरू पनि महँगा र ब्रान्डेडमै मोह बढ्दै गएको छ । ५ हजार रुपैयाँसम्मका अन्डरवेयर र १० हजार रुपैयाँसम्म ब्रा नेपाली बजारमा बिक्री हुने गरेको छ । खासगरी नेपालका सेलेब्रेटीहरू इनर वेयरमा निकै ध्यान दिन्छन् । अन्डरवेयरको नेपाली बजार र सेलेब्रेटीहरूको रोजाइबारे रिपोर्ट :

१० हजारसम्मको ब्रा

नेपाली महिलाहरूले एक सयदेखि १० हजारसम्मको ब्रा प्रयोग गर्छन् । पछिल्लो समयमा टिनएजर्सका युवतीको रोजाइमा पुसअप ब्रा पर्ने गरेको न्युरोडस्थित मणिक टेलर्सकी कर्मचारी आस्था तिमल्सिनाले बताइन् । पुसअप ब्रामा भएको फर्मले स्तनलाई आकर्षक देखाउने हुँदा टिनएजर्स युवतीको रोजाइमा पर्ने गरेको उनी बताउँछिन् । त्यस्तै, विवाह भएका महिलाले ननपुसअप ब्रा रोज्ने गरेका छन् । अन्तर्राष्ट्रियस्तरको भिक्टोरिया सेक्रेट ब्रान्डको ब्राको मूल्य १० हजारसम्म पर्ने गर्छ । थोरै पसलहरूले मात्र ब्रान्डेड ब्रा बिक्रि गर्दछन् ।

नेपालमा दुई हजार पाँच सयसम्मको अन्डरवेयर

नेपालमा सयदेखि पाँच हजारसम्मका अन्डरवेयर पाइन्छ । लिभाइज ब्रान्डअन्तर्गतको अन्डरवेयरको मूल्य नेपाली बजारमा दुई हजार पाँच सयसम्म पर्ने गर्छ । बिइङ ह्युमन नामक भारतीय ब्रान्डको पुरुषले प्रयोग गर्ने अन्डरवेयर नेपालमा पाइन्छ । दरबारमार्गस्थित बिइङ ह्युमनका म्यानेजर कृष्ण लामगादे सेलेब्रिटी तथा धनाढ्यहरूले सबैभन्दा महँगो मूल्यको अन्डरवेयर रोज्ने गरेको बताउँछन् ।

तर, नायक अनमोल केसी भने आफूले नेपालमा पाइने कुनै पनि ब्रान्डको अन्डरवेयर प्रयोग नगर्ने बताउँछन् । भन्छन्, ‘मलाई टमी हिलफिगर ब्रायडको अन्डरवेयर मनपर्छ । तर, यो ब्रान्ड नेपालमा नपाउने भएकाले विदेश गएका वेलामा उतैबाट ल्याउँछु । मैले अहिलेसम्म महँगोमा तीन हजारसम्मको अन्डरवेयर लगाउँदै आएको छु ।’ अनमोलजस्तै धेरै नायक–नायिकाले विदेश गएकै वेला अन्डरवेयर किनेर ल्याउने गर्छन् । गायिका तथा नेतृ कोमल वली पनि आफूले विदेशबाटै अन्डरवेयर खरिद गर्ने बताउँछिन् । भन्छिन्, ‘मैले प्रायः भित्री वस्त्रहरू विदेशतिर जाँदा किन्ने गरेकी छु । ब्रान्ड हेरेर दुई हजारदेखि आठ हजार मूल्यसम्मको किन्ने गर्छु ।’ कोमलले प्रयोग गर्ने केही ब्रान्डहरू नेपालमा नपाइनेसमेत छन् । अन्य सेलेब्रिटी भने पाँच सयदेखि १५ सयसम्मको अन्डरवेयर प्रयोग गर्छन् । नेपाली बजारमा पा“च हजार रुपैया“सम्मका अन्डरवेयर बिक्री हुन्छ ।

बाहिरी कपडा मात्र होइन, भित्री कपडामा पनि नेपाली ‘चुजी’ बन्दै गएका छन् । ५ हजारसम्मका अन्डरवेयर र १० हजार रुपैयाँसम्मका ब्रा नेपाली बजारमा बिक्रि हुने गरेका छन् ।

ब्रान्डेड इनर वेयर कसरी चिन्ने ?– नवनीत गुप्ता, सञ्चालक, जक्की सोरुम दरबारमार्ग

इनर वेयरअन्तर्गतको कुनै पनि कपडा किन्दै हुनुहुन्छ भने त्यसैको अथोराइज सोरुममै गएर किन्नुभयो भने ठगिनबाट जोगिनुहुन्छ । कपडा किन्नुभन्दा पहिले कस्तो ठाउँबाट किन्दै हुनुहुन्छ, त्यो कुरामा पनि ध्यान दिनुस् । किनभने धेरैजसो ब्रान्डेड कम्पनीहरू आफ्नो अथोराइज सोरुमहरूबाटै बेच्ने गर्छन् ।

आजभोलि ९० प्रतिशत ब्रान्डेड सामानको भित्री कपडाको लेभल कपडामै प्रिन्ट गरिएको हुन्छ । त्यो हेरेर पनि ब्रान्डेड हो कि होइन भनेर चिन्न सकिन्छ ।

नेपालमा अमेरिकनदेखि इटालियन ब्रान्डसम्मका भित्री वस्त्र

नेपालमा अमेरिकनदेखि इटालियनसम्मका भित्री वस्त्र पाइने गर्छन् । यहाँ विश्वचर्चित भिक्टोरिया, जक्कीजस्ता अमेरिकन ब्रान्ड पाइन्छ । थुप्रै भारतीय ब्रान्डका भित्री वस्त्र पनि नेपालमा पाइन्छ । भारतीय ब्रान्डमा जुलियट, डेसिडीको राम्रो मार्केट छ । त्यस्तै, थाइल्यान्डको ब्रान्ड जिन्तान र सफ्ट प्रिन्सेसले पनि नेपाली बजारमा राम्रै व्यापार गरेको व्यापारी बताउँछन् । यसबाहेक इटालियन ब्रान्ड बेनिटनको माग पनि राम्रै हुने गरेको छ । यसमा ब्रान्ड हेरेर पाँच सयदेखि १० हजारसम्मका भित्री वस्त्र पाइने गर्छन् ।

नेपालमा उपलब्ध ब्रान्ड र मूल्य

जक्की : जक्की अमेरिकन ब्रान्ड हो । जक्की ब्रान्डअन्तर्गत विशेषगरी भित्री वस्त्रहरू पाइन्छन् । यो ब्रान्डअन्तर्गत महिलाले प्रयोग गर्ने ब्राको मूल्य एक हजारदेखि दुई हजार आठ सयसम्म पर्ने दरबारमार्गस्थित जक्की सोरुमका सञ्चालक नवनीत गुप्ताले बताए । त्यस्तै, महिलाले प्रयोग गर्ने अन्डरवेयरको मूल्य तीन सय ५० देखि ७ सय ५० र पुरुषले प्रयोग गर्ने अन्डरवेयर तीन सय ५० देखि एक हजार पाँच सय रुपैयाँसम्म पर्छ ।

भिक्टोरिया: सेक्रेटस् यो अमेरिकन ब्रान्ड हो । यो ब्रान्डअन्तर्गत विशेषगरी इनर वेयर पाइन्छन् । भिक्टोरियाले हरेक वर्ष विभिन्न ब्रान्डका कपडा बजारमा ल्याउने गरेको छ । यसमा महिलाले प्रयोग गर्ने ब्रा विश्व बजारमा धेरै महँगा छन् । तर, नेपालमा २ हजारदेखि १० हजार रुपैयाँसम्ममा पाइन्छ । यस ब्रान्डका भित्री वस्त्र धेरैजसो फेसन स्टाइलिस तथा चुजी युवती र धनाढ्य परिवारका महिलाले किन्ने गरेका छन् । यो नेपालमा उपलब्धमध्ये सबैभन्दा महँगो ब्रान्ड हो । यस ब्रान्डअन्तर्गत महिलाले प्रयोग गर्ने अन्डरवेयरको मूल्य एक हजारदेखि दुई हजारसम्म पर्छ ।

रिबक: यो अमेरिकन ब्रान्ड हो । यो ब्रान्डमा विशेषगरी सबै स्पोर्टस्का कपडा पाइन्छन् । यसअन्तर्गत महिलाले प्रयोग गर्ने स्पोर्टस् ब्रा पाइन्छ । जसको मूल्य तीन हजार दुई सय ९० देखि ७ हजार पाँच सय ९० सम्म पर्ने दरमार्गस्थित रिबुक सोरुमका कर्मचारी सुवास महर्जन बताउँछन् । यो ब्रान्डअन्तर्गत स्पोर्टस् ट्राउजर पनि पाइन्छ । जसको मूल्य तीन हजार ८ सय ९० देखि ८ हजार ९ सय ९० सम्म पर्छ । रिबक ब्रान्डको कपडा धेरैजसो योगा, टे«ेनिङ र स्पोर्टस्मा संलग्न मानिसले प्रयोग गर्छन् ।

एडिडास: यो ब्रान्डअन्तर्गत विशेषगरी स्पोर्टस्का कपडाहरू पाइन्छन् । यसमा महिलाले प्रयोग गर्ने स्पोर्टस् ब्रा पाइन्छ । जुन ब्रा चार हजार ९० देखि ६ हजार एक सय ९० रुपैयाँसम्ममा बिक्री हुने दरबारमार्गस्थित एडिडास सोरुमकी कर्मचारी अविका श्रेष्ठले बताइन् ।

बिविचस् बिविच ब्रान्डअन्तर्गत ब्राको मूल्य एक हजार आठ सयदेखि ६ हजार २ सयसम्म पर्छ । त्यस्तै, यही ब्रान्डको अन्डरवेयर एक हजारदेखि एक हजार आठ सयसम्ममा बिक्री हुन्छ ।

जुलियट: यो इन्डियन ब्रान्ड हो । यो ब्रान्डअन्तर्गतको ब्रा धेरैजसो विवाहित महिलाले प्रयोग गर्छन् । जसको मूल्य ५ सयदेखि १५ सय रुपैयाँसम्म पर्छ । यो ब्रान्डमा महिलाले प्रयोग गर्ने अन्डरवेयर २ सय ५० देखि ८ सय रुपैयाँसम्ममा बिक्री हुन्छ । जिन्ताना स् यो थाइल्यान्डको ब्रान्ड हो । यो पनि विवाहित महिलाले धेरै रुचाउँछन् । नेपालमा यस ब्रान्डका भित्री वस्त्र दुई हजारदेखि तीन हजार पाँच सय रुपैयाँसम्म बिक्री हुने गरेको पाइएको छ ।

सफ्ट प्रिन्सेस: यो थाइल्यान्डको ब्रान्ड हो । यस ब्रान्डअन्तर्गतको ब्रा विशेषगरी विवाहित र अविवाहित महिलाले, स्टाइलिस र मोडलहरूले प्रयोग गर्छन् । यसअन्तर्गतको ब्रा नेपालमा पाँच सयदेखि दुई हजार रुपैयाँसम्ममा बिक्री हुने गर्छ । यस ब्रान्डअन्तर्गतको पुरुषले प्रयोग गर्ने अन्डरवेयर पाँच सयदेखि एक हजार रुपैयाँसम्म बिक्री हुन्छ । यो ब्रान्डमा ट्राउजर, ज्याकेट, टिसर्टलगायतका कपडा पनि उपलब्ध छन् ।

इनामोर: यो इन्डियन ब्रान्ड हो । यो ब्रान्डअन्तर्गतको ब्रा धेरैजसो विवाहित महिलाले प्रयोग गर्छन् । यसअन्तर्गत ब्राको मूल्य ५ सयदेखि १५ सय रुपैयाँसम्म पर्छ । यो ब्रान्डमा महिलाको अन्डरवेयर पनि पाइन्छ । जसको मूल्य २५० देखि ८ सयसम्म पर्छ ।

डेसिडी: यो पनि इन्डियन ब्रान्ड हो । यो ब्रान्डअन्तर्गतको ब्रा पनि धेरैजसो विवाहित महिलाले नै प्रयोग गर्छन् । यस ब्रान्डका ब्राको मूल्य ५ सयदेखि १५ सयसम्म पर्छ । यस ब्रान्डमा महिलाको अन्डरवेयर नेपाली बजारमा २ सय ५० देखि ८ सय ५० रुपैयाँसम्म बिक्री हुने गर्छ ।

बिइङ ह्युमन : यो इन्डियन ब्रान्ड हो । यसमा पुरुषले प्रयोग गर्ने अन्डरवेयर पाइन्छ । जसको मूल्य एक हजारदेखि २ हजार ५ सयसम्म पिर्छ । दरबारमार्गस्थित बिइङ ह्युमनका म्यानेजर कृष्ण लामगादेका अनुसार यो ब्रान्डको कपडा शतप्रतिशत कटनबाट बनेको हुन्छ । नेपाली सेलेब्रिटी तथा मध्यमवर्गीय मानिसले यस ब्रान्डका भित्री वस्त्र खरिद गर्दैै आएका छन्

बेनिटन : यो इटालियन ब्रान्ड हो । यो ब्रान्डअन्तर्गत पुरुषका लागि अन्डरवेयर तीन सय ९९ देखि ९ सय ९९ रुपैयाँसम्म पर्ने गर्छ । त्यस्तै, महिलाको अन्डरवेयर एक हजारदेखि एक हजार दुई सय रुपैयाँसम्म बिक्री हुने दरबारमार्गस्थित युनाइटेड कलर्स अफ बेनिटनका कर्मचारी सुसन महर्जन बताउँछन् ।

एन्टा : एन्टा ब्रान्डअन्तर्गत महिलाले प्रयोग गर्ने स्पोर्टस् ब्रा पाइन्छ । जुन चार हजार एक सय ४० रुपैयाँसम्ममा बिक्री हुन्छ । यो ब्रान्डअन्तर्गत विशेषगरी स्पोर्टस्का कपडाहरू पाइन्छन् ।

लिभाइज : लिभाइज ब्रान्डअन्तर्गत पुरुषले प्रयोग गर्ने अन्डरवेयरको मूल्य एक हजारदेखि २ हजारसम्म पर्छ ।

कसले प्रयोग गर्छ महँगा भित्री वस्त्र ?

नेपालमा महँगा भित्री वस्त्र सौखिन, सेलेब्रिटी र धनाढ्य महिलाले प्रयोग गर्ने व्यवसायी बताउँछन् । केही मध्यम वर्गका मानिसको रोजाइमा पनि त्यस्ता वस्त्र पर्ने गर्छन् । नायिका रेखा थापा आफू भिक्टोरिया ब्रान्डको भित्री वस्त्र प्रयोग गर्ने बताउँछिन् । भन्छिन्, ‘बाहिरको कपडा जस्तोसुकै भए पनि मतलब लाग्दैन । भित्री वस्त्र भने म ब्रान्डकै लगाउँछु । महिनावारी भएका वेला झन् महिला सचेत हुनुपर्छ । म यस्तो वेलामा कटनको अन्डरवेयर प्रयोग गर्छु र एकपटकभन्दा बढी प्रयोग गर्दिनँ ।’

ब्रान्ड र त्यसको मूल्यअनुसार भित्री वस्त्रको विशेषतामा पनि फरक पर्ने भएकाले राम्रो आम्दानी भएका, देश–विदेश घुमघाम गर्ने, धनाढ्य तथा सोखिन परिवारका व्यक्तिले राम्रै ब्रान्डको महँगा भित्री वस्त्र प्रयोग गर्ने जक्की सोरुमका सञ्चालक नवनीत गुप्ता बताउँछन् ।

सेलेब्रिटीहरू कामको सिलसिलामा विभिन्न स्थानमा जानुपर्ने, देश तथा विदेश घुम्नुपर्ने र आफ्नो वेट मेन्टेन गर्नका लागि पनि उनीहरूको रोजाइ ब्रान्डेड हुने गर्छ । विद्यार्थी नेतृ नविना लामा कुनै समय चार–पाँच सय मूल्य पर्ने ब्रा लगाउँथिन् । तर, आजभोलि उनको रोजाइमा भिक्टोरिया ब्रान्ड पर्ने गरेको छ । भन्छिन्, ‘सहज हुने भएकाले म आजभोलि भिक्टोरिया ब्रान्डको ब्रा प्रयोग गर्ने गर्छु ।’

नायक पल शाह आफूले केल्भिन केलिन ब्रान्डको अन्डरवेयर प्रयोग गर्ने बताउँछन् । भन्छन्, ‘म भित्री कपडालाई निकै महत्व दिन्छु । किनभने भित्री कपडाले हाम्रो शरीर प्रत्यक्ष रूपमा छोएको हुन्छ । म मूल्यका हिसाबले १५ सयसम्मको अन्डरवेयर लगाउने गर्छु ।’

त्यस्तै पूर्वमिस नेपाल माल्भिका सुब्बा आफू विभिन्न ब्रान्डका ब्रा प्रयोग गर्ने बताउँछिन् । भन्छिन्, ‘म ब्राहरू फेरी–फेरी विभिन्न ब्रान्डका प्रयोग गर्ने गर्छु । सकेसम्म नाइलन मिक्स भएको भित्री वस्त्र लगाउँदिनँ । अन्डरवेयर दिनमा तीनपल्टसम्म फेर्ने गर्छु ।’

भित्री वस्त्रका विषयमा यसो भन्छन् नेपालका सेलेब्रिटी :

भित्री वस्त्र दिनमा तीनपटकसम्म फेर्छु – माल्भिका सुब्बा, पूर्वमिस नेपाल

भित्री वस्त्र लगाउँदा महिला एकदमै सचेत हुनुपर्छ । मैले घरमा बस्दा कटनको ब्रा र अन्डरवेयरको प्रयोग गर्ने गरेकी छु । बाहिर जाँदा लाइक्रा र भित्रपट्टि कटन भएको प्रयोग गर्छु । मलाई धेरैबेर ब्रा लगाउँदा ढाड दुख्ने, ग्यास्ट्रिक हुने हुन्छ । त्यसैले लामो यात्रा गर्नुपर्दा स्पोर्टस् ब्रा, टिसर्टमा प्याट भएको लगाउने गरेकी छु । सकेसम्म नाइलन मिक्स भएको भित्री वस्त्र लगाउँदिनँ । अन्डरवेयर दिनमा तीनपल्टसम्म फेर्ने गर्छु । इन्फेक्सन हुने बढी सम्भावना भएकाले होसियारी अपनाउन जरुरी छ । म विभिन्न ब्रान्डका भित्री वस्त्रको प्रयोग गर्ने गर्छु ।

विदेशी ब्रान्डको अन्डरवेयर प्रयोग गर्छु – अनमोल केसी, नायक

म भित्री वस्त्रमा निकै संवेदनशील छु । सानैदेखि बक्सर साइजको अन्डरवेयर लगाउँथेँ । बक्सर लगाएर मार्सलआर्टको तालिममा किक हान्दा च्यातियो । त्यसैले अहिले भिसेपको अन्डरवेयर लगाउँछु । तर, पर्सनल्लीचाहिँ बक्सर नै प्रयोग गर्छु । म अरू कपडाजस्तो छाने पनि अन्डरवेयर भने ब्रान्डेड नै रोज्छु । मलाई टमी हिलफिगर ब्रान्डको अन्डरवेयर मनपर्छ । तर, यो ब्रान्ड नेपालमा नपाइने भएकाले विदेश गएको वेला उतैबाट ल्याउँछु । मैले अहिलेसम्म महँगोमा तीन हजारसम्मको अन्डरवेयर लगाउँदै आएको छु । जोसुकै मानिस अन्डरवेयर लगाउँदा संवेदनशील हुनुपर्छ ।

भित्री कपडा ब्रान्डेड लगाउँछु – रेखा थापा, अभिनेत्री

भित्री वस्त्र लगाउँदा एकदम सचेत हुन्छु । यो विषय स्वास्थ्यसँग सम्बन्धित भएकाले पनि एकदम होसियार छु । बाहिरी कपडा जस्तोसुकै भए पनि मतलब लाग्दैन । तर, भित्री वस्त्रचाहिँ ब्रान्डकै चाहिन्छ । मेरो रोजाइमा भिक्टोरिया ब्रान्ड पर्ने गर्छ । बाहिर लगाउने कपडा जस्तोसुकै प्रयोग गरे पनि भित्री वस्त्र किन्दा एकदम सचेत हुनुपर्छ । ब्रान्डकै नभए पनि सुतीबाट बनेको प्रयोग गर्दा राम्रो हुन्छ ।

भित्री कपडा छोरीले विदेशबाट पठाइदिन्छे – करिश्मा मानन्धर, अभिनेत्री

म भित्री वस्त्र किन्दा सचेत हुने गरेकी छु । कतिपयमा भित्री वस्त्र त हो जस्तो लगाए पनि हुन्छ भन्ने सोच हुन्छ, जुन एकदमै गलत हो । यसले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने हुँदा सचेत हुन जरुरी छ । म बाहिर लगाउने लुगा ब्रान्ड नै होस् भन्ने सोच्दिनँ, मनपरे जस्तो पनि किनिहाल्छु । तर, भित्री वस्त्र मलाई ब्रान्डेड नै चाहिन्छ । भित्री वस्त्र प्रायः नेपालबाहिर नै किन्ने गरेकी छु । नन्दहरू, मेरी छोरी कविताले विदेशबाट पठाउने गरेका छन् ।

सहज भित्री वस्त्रले कन्फिडेन्स बढाउँछ – कोमल वली, गायिका

म भित्री वस्त्र किन्दा सहज हेर्छु । सहज र टिकाउका लागि ब्रान्डेड नै आवश्यक हुन्छ । आफूलाई सहज भयो भने कन्फिडेन्स पनि बढ्छ भन्ने लाग्छ । मैले सबैभन्दा बढी खरिद गर्ने भनेको नै भित्री वस्त्र हो, जुन प्रायः विदेशतिर जाँदा किन्ने गर्छु । मसँग पाँच÷६ वटा ब्रान्डका भित्री वस्त्र छन् । जसको मूल्य दुई हजारदेखि आठ हजारसम्म पर्ने गर्छ । त्यसमा मार्स एन्ड स्पेन्सर, क्याल्भिन क्लेन, फेन्सी मी, जस्ट माई साइजलगायतका ब्रान्ड मेरो विशेष रोजाइमा पर्ने गर्छन् । हामी बाहिरी वस्त्र किन्दा जति पनि पैसा खर्च गर्न तयार हुन्छौँ, तर भित्री वस्त्र किन्दा भित्री त हो, छोपिने चिज न हो भनेर सोच्छौँ । जुन एकदम गलत पनि हो ।

डेढ हजारको अन्डरवेयर लगाउँछु– पल शाह, नायक

म भित्री कपडालाई निकै महत्व दिन्छु । किनभने भित्री कपडाले हाम्रो शरीरमा प्रत्यक्ष प्रभाव पार्छ । त्यसैले भित्री कपडामा विशेषगरी अन्डरवेयर ब्रान्डेड नै लगाउँछु । मेरो रोजाइमा नेपाली बजारमै उपलब्ध हुने अन्डरवेयर पर्ने गर्छ । केल्भिन केलिन मलाई मनपर्ने ब्रान्ड हो । म मूल्यका हिसाबले १५ सयसम्मको अन्डरवेयर लगाउँछु ।

भित्री वस्त्र किन्दा धेरै ध्यान दिनुपर्छ– नवीना लामा, विद्यार्थी नेतृ

महिलाको स्वास्थ्य र भित्री वस्त्र एकदमै अन्तरसम्बन्धित विषय हुन् । यसले गर्दा भित्री वस्त्र किन्दा महिलाले एकदम ध्यान दिन जरुरी छ जस्तो लाग्छ । म पहिला चार–पाँच सय पर्ने भित्री वस्त्र प्रयोग गर्थें, तर एकपटक मेरी दिदीले भिक्टोरिया सिक्रेट ब्रान्डको गिफ्ट गर्नुभएपछि त्यही प्रयोग गर्न थालेँ । म त्यस्तो ब्रान्ड नै प्रयोग गर्ने मान्छे त होइन, तर सहज भयो भने आफूलाई छुट्टै कन्फिडेन्स हुन्छ जस्तो लाग्छ । मेले स्पोर्टस् ब्रा पनि आफूलाई सहज हुने खालको प्रयोग गर्ने गरेकी छु । जगिङ जाँदा नाइक, एडिडासको स्पोर्टस् ब्रा प्रयोग गर्छु । – गज्जबबाट

०००

यो पनि पढ्नुहोस :

  • ८८ वर्षीया शिला संसारकै बूढी वेश्या, अझै सन्तुष्ट पार्छिन हप्तामा १० जना ग्राहक (भिडियो सहित)

शिला जो अहिले ८८ वर्षकी भइन। उनि कुनै साधारण हजुरआमा हैन, उनि हुन् बेलायतनिवासी विश्व कै बुढी वेश्या।

८८ वर्षको पाको उमेरमा पनि उनले एक सातामा १० जना ग्राहकलाई सन्तुष्टि दिन्छिन् । एक घन्टामा २ सय ५० पाउन्ड कमाउनु उनको क्षमतामा ह्रास आएको छैन । उनी तीन वर्षअघि नै संसारकै बूढी वेश्या घोषित भएकी हुन् ।

अग्लो हिल भएको जुत्ता र मिनिस्कट लगाएर ग्राहकलाई रिझाउन खप्पिस उनी आफू निकै ‘सेक्सी’ भएकाले वेश्यावृत्ति अँगालेको हाकाहाकी बताउँछिन् ।

०००

यो पनि पढ्नुहोस

  • सपनामा यौन सम्पर्क गरेको देख्नु भयो भने त्यो सुभ असुभ के होला ? जानी राख्नुहोस

सपना सबैले देख्छन् । यो धुव्रसत्य कुरा हो । हाम्रा बुढापाकाले सपनाबारे भन्ने गर्छन्, ‘तिमीले देखेको यो सपना शुभ हो वा यो अशुभ ।’ केही सपना यस्तो देखिन्छ, जो सेक्ससँग सम्बन्धित हुन्छ । त्यो आफ्नै पति वा पत्नीसँग सेक्स गरिरहेको सपना हुँदैन । कुनै परपुरुष वा परस्त्रीसँग सेक्स गरिरहेको सपना देखिन्छ ।

यस्तो सपनाको अर्थ के हुन्छ ? के सेक्सको सपनासँग तपाईको कुनै सम्बन्ध छ ?

जान्नुहोस्, प्रायजसो सबैले भोग्ने गरेका यी पाँच प्रकारका सेक्स सपनाका अर्थ के हो ?

आफ्नो पार्टनरसँग:

यदि तपाईं सपनामा पति/पत्नी वा लभरका साथ सेक्स गरेको देख्नुहुन्छ भने यसका दुई फरक अर्थ हुनसक्छ ।

पहिलो: तपाईंहरुको सम्बन्ध एकदमै राम्रो छ ।

दोस्रो अर्थ हुनसक्छ, तपाईं आफ्नो पार्टनरबाट त्यो सबै पाइरहनु भएको छैन, जुन तपाईं चाहनुहुन्छ ।

सेक्सोलोजिष्टहरुका अनुसार यदि यस्तो सपना देखिन्छ भने एक पटक आफ्नो पार्टनरसँग कुरा गरेर कारण जान्ने कोशिस गर्नुपर्दछ ।

यदि तपाई आफ्नी पूर्व गर्लफ्रेण्ड वा ब्वाइफ्रेण्डका साथ सेक्स गरेको सपना देख्नुभयो भने यसको मतलब हुन्छ, पूरानो प्रेमी/प्रेमिकासँग तपाईंको सेक्स लाइफ एकदमै आनन्ददायक थियो होला । वा फेरि पनि हुन सक्छ होला ।

हुन सक्छ, तपाईंले आफ्नो नयाँ पार्टनरसँग पूरानो पार्टनरको तुलना गरिरहनुभएको छ । यदि तपाईसँग अहिले कुनै पार्टनर नै छैन भने त्यसको फरक अर्थ छ, तपाईंको अवचेतन मनल कि त सेक्स मिस गरिररहेको छ कि पुरानो पार्टनर ।

मन परेको स्टारसँग:

यदि तपाईंले कुनै मनपर्ने सेलिवि्रटी वा स्टारसँग सेक्स गरेको सपना देख्नुभयो भने त्यसको मतलब हो- या तपाईं आफ्नो पार्टनरमा सेलिवि्रटीजस्तै कुनै चिज खोजिरहनु भएको छ । वा, तपाईं उक्त स्टारको लुक र सफलता आफ्नो पार्टनरको खुबीमा मिलाउन थाल्नुहुन्छ ।

समलिङ्गीसँग :

यदि तपाईंले समलिङ्गीको साथ अन्तरंग सम्बन्ध बनाउदै गरेको सपना देख्नुभयो त्यसको अर्थ हुन्छ, तपाई सेक्समा प्रष्ट (स्टे्रट) हुनुहुन्न । यदि तपाई पुरुष हुनुहुन्छ र तपाईले आफ्नो सेक्स पार्टनर पुरुष बनाउँदा आनन्दायी हुन्छ भन्ने सोच छ भने त्यो तपाईको भ्रम मात्र हो ।

यदि यस्तो खालको सपना तपाई बारम्बार देख्नुहुन्छ वा तपाईलाई साच्चिकै आफू समलिङ्गीप्रति आक्रषित महुसस गर्नुहुन्छ भने त्यसको अर्थ हो-तपाईले सेक्सको प्राथमिकताका बारेमा फेरि तपाईले पुर्नविचार गर्नुपर्छ । यस्तो खाले सपनाको अर्को हिसाबले यो पनि अर्थ हुनसक्छ-तपाईको पार्टनरले तपाईप्रति अरु केयरिङ वा विनम्र व्यवहार खोजिरहेको छ ।

आफ्नो पार्टनरलाई धोका:

यदि तपाईं सपनामा आफ्नो पार्टनरलाई धोका दिइरहनु भएको छ भने यसको मतलब हुन्छ तपाईंको सम्बन्धमा दरार आउदैंछ । यो सपना तपाईंका लागि निकै डिस्र्टबिङ हुन सक्छ ।

यो सपना त्यतिबेला आउँछ, जतिबेला तपाईको रिलेशनमा कोही ठूलो परिवर्तन हुँदैंछ । यस सपनाको मतलब हुन तपाईं आफ्नो जीवनमा हुने ठूलो परिवर्तनबारे अनभिज्ञ हुनुहुन्छ । र, सोच्दैं हुनुहुन्छ तपाईं भविष्यमा हुने घटनाको ब्यवस्थापन कसरी गर्ने ?

यो सपनाको दोस्रो अर्थ हुन्छ, तपाईं तपाईको पार्टनरसँग पर्याप्त समय पाइरहनु भएको छैन । र, तपाईंको पार्टनरका साथ इमोशन बिल्डिङ जरुरी छ ।

०००

यो पनि पढ्नुहोस

  • यी हुन संसारका १२ खतरनाक सडक – जहाँ आँखा झिमिक्क गर्दा ज्यान जान्छ(भिडियो सहित)

एजेन्सी, १८ कार्तिक | सवारी दुर्घटनाकै कुरा गर्ने हो भने नेपालका सडक विश्वकै खतरनाक सडकहरुमा पर्देछन्। तर नेपाल बाहेक संसारका यस्ता सडक छन्, जहाँ चालकले ध्यानपूर्वक गाडी नचलाइ सुखै छन्, यहाँ लापरवाही गाडी चलाउने नसोच्दा पनि हुन्छ । यी हुन् विश्वका खतरनाक १२ सडक:


१. स्टेल्भियो पास -करिब ९०४५ फिट उचाइमा रहेको उत्तरी इटालीको यो सडक एकदमै खतरनाक मानिन्छ । भिरालो जमिनमा ६० देखि १८० डिग्रीमा घुमाउरो आकारमा बनेका छ । यस सडकमा कसैले पनि लापरवाही गाडी हाँक्न सक्दैन ।


२.मेक्सिकन हाइवे क्यालीफोर्निया -पेन्निसुला देखि कावो सान लुकाससम्म फैलिएको यो सबैभन्दा लामो हाइवे दुइ लेनको सडक हो । यस सडक निर्माण योजना सन् १९७३ मा पुरा भएको थियो ।


अरु के के छन् त हेर्नुहोस भिडियोमा –