आज हामी तपाइँलाई तौल घटाउने प्राकृतिक उपायबारे जानकारी दिन्छौं । जस्ले तपाइँको पेटको बोसोलाई सजिलै हटाउन सक्छ । मात्र २ हप्तामै यसको प्रयोगबाट राम्रो परिणाम मिल्दछ । यसको लागि तपाइँले नियमित रुपमा प्रयोग गर्नु जरुरी छ । यो उपाय धेरै नै सजिलो छ । तौल घटाउनको लागि निम्न सामाग्रीको प्रयोग गर्न सकिन्छ । जुन तौल घटाउनको लागि मात्र नभई हाम्रो स्वास्थ्यको लागि पनि धेरै फाईदाजनक छ ।

१) दालचिनी :

दालचिनीमा आईरन , क्याल्सियम , म्याग्नेसियम र फाईबर पाईन्छ ।

यसले अपचको समस्यालाई हटाउँदछ ।

सुन्निने समस्याबाट छुट्कारा दिलाउँछ ।

कब्जीयतबाट बचाउँछ ।

जीवाणुको संक्रमणबाट छुट्कारा दिलाउँछ ।

रगतमा चिनीको मात्रालाई घटाउँदछ ।

कोलेस्ट्रोल ( बोसो ) लाई नियन्त्रण गर्दछ ।

गुलियो खाने ईच्छालाई हटाउँदछ ।

मधुमेहको लागि फाईदाजनक छ ।

२ ) कागती :

शरीरबाट विषालु पदार्थ हटाउनमा मद्धत गर्दछ ।

पाचनशक्तिलाई बढाउँछ ।

छालालाई स्वस्थ बनाउनुको साथै चमक प्रदान गर्दछ ।

तौललाई घटाउन मद्धत गर्दछ ।

कागतीमा भिटामिन सी प्रयाप्त मात्रामा पाईनुको साथै यसमा एन्टिअक्सिडेन्ट गुण हुन्छ ।

यसले शरीरमा शक्ति प्रदान गर्दछ ।

पाचनमा सहयोग पुर्याउँदछ ।

पेटको बोसो घटाउने घरेलु उपाय :

सामाग्रीहरु :

१) १ चम्चा दालचिनीको धुलो

२) आधा कागती वा एप्पल सिडार भिनेगार

३) २ चम्चा मह

४) २५० मि.ली पानी

बनाउने विधि :

दालचीनीको धुलोलाई कागतीको रससँग मिसाउनुहोस् । त्यसपछि यस्मा मह मिसाई तातो पानी हाल्नुहोस् । कागतीको सट्टामा तपाइँले एप्पल सिडार भिनेगारको पनि प्रयोग गर्न सक्नुहुन्छ ।

प्रयोग विधि :

यसलाई दिनको २ पटक २ हप्तासम्म प्रयोग गर्नुहोस् । एक गिलास बिहान खाली पेटमा वा केहि खानुभन्दा अघि आधि घण्टा अगाडि पिउनुहोस् । र अर्को गिलास राति सुत्नुभन्दा अगाडि पिउनुहोस् ।

यसको प्रयोग आवश्यक भन्दा बढि नगर्नुहोस् । किनकी यसले उल्टो परिणाम पनि दिन सक्छ । तपाइँले यस उपायको प्रयोग १ महिनासम्म पनि गर्न सक्नुहुन्छ । त्यसपछि तपाइँले १ महिनासम्म विश्राम लिएर अर्को महिनादेखि मात्र यसको प्रयोग फेरि शुरु गर्न सक्नुहुन्छ । यदि तपाइँलाई यस उपायसम्बन्धि केहि समस्या छ भने डाक्टरको सल्लाह लिएर मात्र गर्नुहोस् ।

यस उपायको प्रयोग शुरु भईसकेपछि तपाइँले यसलाई नियमित रुपमा गर्नुपर्ने हुन्छ । तपाइँले यदि १ वा २ दिन यसको प्रयोग गर्नुभएन भने यसले सोचेजस्तो परिणाम नदिन पनि सक्छ।

यस उपचारलाई अपनाउनु भएपछि तपाइँले स्वस्थ खानामा पनि ध्यान दिनुपर्ने हुन्छ । स्वस्थ खानाले राम्रो परिणाम छिटो दिलाउँछ ।

विहान हल्का शारिरीक ब्यायामहरु पनि गर्नुहोस् । जस्तै प्रत्येक दिन ३० मिनेटसम्म हिंड्नुहोस् ।