मसलाको रुपमा प्रयोग गरिने लसुनको गुण यत्ति धेरै छ भनेर धेरैलाई थाहा नहोला |

लसुन नेपालमा मात्र नभएर बिस्व भरि नै औधि प्रयोगमा आउने मसला हो | लसुनले कुनै पनि तरकारीको स्वादलाई निकै बढाइदिन्छ, यो कुरा त हामी सबैलाई थाहा छ । सोहीकारण यसलाई मसलाको रुपमा प्रयोग गर्ने गरिन्छ । तर के तपाईंलाई थाहा छ लसुनको चामत्कारिक फाइदाबारे ? जानिराख्नुस्, लसुनमा औषधीय गुण पर्याप्त मात्रामा हुन्छ ।

आखिर कसरी लसुनले औषधि कै काम गर्छ त ? लसुनमा एलियम नामक एण्टिबायोटिक गुण हुन्छ, जसले धेरै रोगबाट मानिसलाई बचाउँछ । निरन्तर लसुन खाने हो भने ब्लडप्रेसर कम वा बढी हुने समस्या आउँदैन । ग्यास्ट्रिक (एसिडिटी)सम्बन्धी समस्यामा पनि यसको प्रयोग निकै लाभदायक हुन्छ । त्यसैले दैनिक लसुन खाए ग्यास्ट्रिकबाट पनि छुटकारा मिल्नेछ |

यो रुघा-खोकी तथा सर्दीको त यो अचुक औषधि नै हो । त्यसै गरि हड्डीको दुखाई तथा जोर सम्बन्धी समस्यामा पनि लसुनको सेवन लाभदायक मानिन्छ । यसको नियमित प्रयोगले मानिसको दाँत, मांसपेशी, कपाल तथा नङ कमजोर हुन पाउँदैन । साथै यसले पेटमा रहेका किटाणु मार्न पनि भूमिका खेल्छ ।

दैनिक लसुनको एक पोटी खाने हो भने मुटुसम्बन्धी रोग लाग्ने सम्भावना निकै कम हुन्छ । खाँदामात्रै होइन, शरीरमा लगाउँदा पनि लाभदायक छ लसुन । यसलाई पिसेर छालामा लगाउँदा विशाक्त किटाणु नष्ट हुन्छन् ।

अब तपाइले पनि थाहा पाउनु भयो होला लसुनले तरकारीको स्वाद बढाउने मात्रै होइन, हामीलाई विभिन्न रोगबाट पनि बचाउँछ । यतिमात्रै कहाँ हो र, लसुनमा प्रोटिन, भिटामिन, खनिज, लवण, फस्फोरस, आइरनलगायतका तत्वहरु पनि पाइन्छ ।

कसैलाई कब्जियतको समस्या छ भने लसुन खानुहोस तत्काल ठिक हुनेछ | सर्बगुण सम्पन्न लसुनको दैनिक सेवन निकै लाभदायक छ |

fresh garlic isolated on white