काठमाडौँ। कुनै बेलाका चर्चित गायक राजु लामा अहिले गुमनाम छन्। ‘तिमीलाई देखेर’, ‘उँभो उँभो खासा म जाँदा’, ‘मेरो नेपाल’, ‘ओए नाना ओए नाना’ जस्ता अनेक लोकप्रिय गीतहरू गाएका गायक राजु लामा नेपाली साङ्गीतिक क्षेत्रमा दुई दशकभन्दा धेरै समयदेखि संलग्न छन्। उनले गीतका माध्यमबाट नेपाल र नेपालीलाई विश्वभर चिनाएर अविस्मरणीय काम गरेका छन् ।तर विगत केही वर्षदेखि उनी गुमनाम छन् र मिडियामा समेत धेरै देखिदैन। उनी अमेरिकामा बस्छन् र वर्षमा ५-६ पटक नेपाल आँउछन्। एक युट्युब च्यानलसँग कुरा गर्दै गायक राजु लामाले आफू लो प्रोफाइलमा बस्न चाहने भएकाले मिडियामा त्यति नआएको बताए। पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस :