एजेन्सी । मानिसले आफ्नो तौल घटाउन खानापानमा नियन्त्रण गर्नेदेखि लिएर कठिन कसरत गर्न समेत पछि पर्देनन् । तर भारतमा एक यस्तो घटना सार्वजनिक भएको छ जहाँ १५ दिनसम्मको दैनिक ३० मिनेट यौनसम्पर्कले एक युवतीको २ किलो तौल घटेको छ ।

ती युवतीले शुरु शुरुमा त आफुहरुलाई आफ्नै क्रियाकलाप पागलपना जस्तै लागेपनि ७ दिनपछि अनुहारमा चमक आएको तथा मानसिक रुपमा पनि स्फूर्ति बढेको बताएकी छिन् । कहिँलेकाही हामी दैनिक गरिने क्रियाकलापमा पनि त्यति ध्यान दिइरहका हुदैनौं जुन चिजले हाम्रो ठूलो समस्या पनि हल गरिदिन सक्छ । यस्तै भएको छ भारतीय युवती रस्मि कपुरलाई ।

उनले आफ्नो भद्दा शरीर घटाउनका लागि अनेक अनेक उपाय अपनाइसकेकी थिइन् । तर अन्त्यमा केही गर्दा पनि नघटेको उनको तौल सेक्सले घटाइदिएको छ । आउनुहोस् जानौं उनको कहानी …

मैले २० वर्षको उमेरबाट नै यौनसम्पर्क गर्न शुरु गरेकी हुँ । तर यसलाई मैलै मेरो तौल कम गर्नको लागि प्रयोग गरुँला भन्ने कहिले पनि सोचेकी थिइन । पार्टनरसँग कम्र्फट हुन जरुरी एक दिन मैलै मेरो पाटर्नरसँग यौनजीवनका बारेमा कुरा गरिरहेकी थिएँ । हामी यति लामो समयसम्म हाम्रो जीवनमा के–के कुरामा कसरी परिवर्तन आयो भन्ने विषयमा कुराकानी गरिरहेका थियौं । यसैक्रममा हाम्रा एकजना दम्पत्ती साथिले यौनसम्पर्कबाटै आफ्नो तौल कम गरेको बताएको कुरा याद आयो ।

यसपछि मलाई पनि आइडिया आयो । त्यसको १५ दिनसम्म विभिन्न पोजिजनमा दिनको ३० मिनेट यौनसम्पर्क गर्न शुरु गर्यौं । यसका लागि हामी दुवै एक अर्कामा कम्फर्ट हुन जरुरी थियो र हामी भयौ । नयाँ ट्राई गरिएको आइडिया निकै उत्तेजक थियो उठेर यौनसम्पर्क गर्नेदेखि डगी स्टाइलसम्मको सेक्स पोजिसन १५ दिनसम्म हामीले प्रयोग गरिरह्यौं । पूरापूर शक्ति र बलका साथ हामी सेक्समा सहभागी भयौ । हामीले आफ्नो श्वास नफूल्दा सम्म सेक्स जारी राख्ने गर्दथ्यौं । शुरु शुरुमा त आफ्ना क्रियाकलाप पागलपना जस्तै लागेपनि ७ दिनपछि अनुहारमा चमक आएको र मानसिक रुपमा पनि स्फुर्त बढेको महसुस भयो । यौनसम्पर्कले धेरै क्यालोरी नष्ट गरिदिन्छ यो तरिका ट्राई गर्न भन्दा अगाडि मैलै यस विषयमा विभिन्न वेवसाइटहरुमा पढेकी थिए की कसरी क्यालोरीलाई धेरै भन्दा धेरै शरीरबाट हटाउन सकिन्छ भनेर ।

त्यसपछि मेरो पार्टनर र मेरो सेक्स क्रिया पनि दैनिक एक्सरसाइज जस्तै गरि अगाडि बढ्यो । यौनसम्पर्कबाटै घटाएँ २ किलो तौल २ हप्तासम्म लगातार हरेक दिन हामीले पसिना आउने गरी सेक्स गर्यौं जसले मेरो २ किलो तौल घट्न पुग्यो । मैंलै यो बीचमा मेरो शरीरको पेल्विक एरिया झन मजबुत भएको र शरीरमा हयाप्पी हर्मोनको वृद्धि भएको भारी मात्रामा महसुस गरे । मैले कहिले पनि सोचेकी थिइन की सेक्सको माध्यमबाट आफ्नो तौल घटाउँछु होला भनेर । तर जब यसको लगातार प्रयोग गरे वास्तवमै मेरो तौल घट्यो अहिले म निकै सुखी र खुशी छु । (हाम्रोडाक्टर/नवभारतटाइम्सबाट)