काठमाडौँ । बागलुङ बोङ्गा दोभानका सुर्यबहादुर छन्त्याल अमेरीका जाँदा ठगिएपछि जिवनको ४८ औँ बसन्तमा साउको ट्याक्सी चलाएर जिवीको पार्जन गर्न बाध्यछन् । केही बर्ष अघिसम्म काठमाडौँको मनमैजुमा सुविधासम्पन्न घर थियो उनको ।

१७ बर्ष भारतीय सैनीकमा काम गरेको छन्त्यालको बैंक व्यालेन्स थियो, सुखी खुशी परिवारसहित जिन्दगी सामान्य चल्दै थियो । भारतीय सैनिकबाट अवकाश आएपछि उनी फेरी रोजगारीका लागि अफगानिस्तान पुगे ।

३६ महिना अफगानस्थान बस्दा नै अमेरीका जाने सपना देखेका उन्ले त्यही सपनाले उनको बिल्लीबाँठ बनाएको छ ।

अमेरीकामै रहेका नर क्षेत्री, सन्दीप केसी लगायतका नामले चिनीने सुवोद केसीले उनलाई अमेरीका लैजाने भन्दै २८ लाख रुपैैया लिए । अमेरीका जाने भनेर अफगानस्थानबाट नेपाल फर्किएका छन्त्याल अमेरीका जाने दिन गनेर बसेका थिए ।

पहिले पहिले दैनिक फोन म्यासेजमा काम हुँदै छ भन्ने सुवोद केसी विस्तारै सम्पर्क विहिन हुन थाले । र कहिले काँही फोन गरेर उल्टो धम्की दिन थाले ।

सुवोद केसी मार्फत अमेरीका जान नसकिने देखेपछि आँफुहरुको २८लाख ठगीएको चाल पाए । नेपालाबाट बारम्बार फोन म्यास गर्दा कुनै प्रतिक्रीय नपाएपछि फसेको पैसा समेत उठाउने गरी पैदल हिडेर अवैध मार्ग हुँदै अमेरीका जाने अर्को यात्रा सुरु गरे ।

काठमाडौ मनमैजुको घर बेचेर फेरी २० लाख अर्का एजेन्टलाई बुझाएर उनि अमेरीका हिँडे । नेपालबाट भारत, इक्कोएटर, कोलम्बीया, ग्वाटेमाला, मेक्सीको हुँदै घरबाट हिँडेको ३ महिनामा उनि अमेरीका पुगे । दिन रात नभनी घना जंगलको यात्रा, कहिले तेलको ट्यांकर त कहिले लरीमा प्याक हँुदै अमेरीका छिरेको उनि अमेरीकाको टेक्सस स्थीत जेलमा पुगे ।

१ बर्ष जेल जिवन बिताए पनि उन्ले आफुलाई ठग्ने व्यक्ति भेट्न नपाउदै अमेरीकी सरकारले उनलाई नेपाल फर्कादीयो ।

उनि मात्रै फर्किएनन । उनिसँगै फर्किए अमेरीकामा लाखौ कमाउने सपना । जिन्दगी भर कमाएको सम्पत्ती अमेरीकाको सपनाले उडायो । घर साउको भयो । सुखी परिवार एकाएक अहिले सडकमा आयो ।

अहिले उनकी श्रीमती ज्यालमजदुरी गर्छिन भने उनि साउको ट्याक्सी चलाएर गुजारा गरीरहेका छन् ।


०००

यो पनि पढ्नुहोस :

समृद्धीको नारा सुनेर कुनै कमेडी शो हेरेभन्दा बढी हाँस उठ्दैनन् ? घोटाला गर्नेहरु चिनिदैनन् ?

आज नयाँ बर्ष २०७५ को पहिलो दिन । समृद्ध नेपालको नारा चौतर्फी गुण्जिएको छ । हामी त साना साना बिषय र सर्वसाधारण मानिसका सिधाकुराको मात्रै प्रतिनिधित्व गर्छौँ ।

चन्द्रमा र मंगलग्रह जान पाए किन नजानु ? रेल र पानी जहाज चड्न पाए किन नचड्नु तर हे मुलुक हाँक्ने प्रमुखहरु एक पटक धर्तीतिर पनि हेरिदिनुस् न । देशका कति बिद्यालयमा छानो छैन, टेवुल कुर्सी छैनन, शिक्षक छैनन ? बालबालीकाहरुलाई गुणस्तरीय शिक्षा देशैभरी दिउन प्रभु ? समृृद्धी समृृद्धी समृृद्धी भनेर सुगाले भने जस्तो भनेको भन्यै गरेर देश धनी हुन्छ ?

भ्रष्टाचारमा शुन्य सहनशिलता भन्या के ? एक दुइ घण्टा समय लगाएर महालेखा परीक्षकको कार्यालयले दिएको प्रतिवेदन हेर्नै फुर्सद छ ? देशको बजेटको आधा पैसा बेरुजु देखिएको छ ।

५ खर्ब ८ करोड रुपैया सरकारी निकायमा बैरुजु देखिएको छ । मन्त्रीपरिषदको आकस्मीक बैठक बसेर शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा यथाशिघ्र लिनु पर्दैन ?

अन्य देशका प्रधानमन्त्री राष्ट्रपतिहरु भ्रष्ट्राचारको अभियोगम जेल जान्छन् हाम्रो देशमा २÷४ जना पहुँचवाला कर्मचारी समाउन कट्टुमा पिसाव फेर्ने र चिट चिट पसिना चुहाउनेहरु छन् । एउटा नाथेलाई समात्यो भने त्यसको नेर्टवर्कले बडेमानका नेता मन्त्री समातिन्छन् ।

सरकार ढल्छ, सरकारले पाएको समर्थन फिर्ता हु्न्छ । अनि वरिपरी४ जना झोले राखेर ताली खान मात्र लगाइएको समृद्धीको नारा सुनेर कुनै कमेडी शो हेरेभन्दा बढी हाँस उठ्दैनन ? घोटाला नै घोटाला गर्नेहरु चिनिदैन ?

१ महिना नटिक्ने पिच बनाउने को मुखमा एक ड्रम अलकत्रा कोच्न पर्दैन ? बिहान दिउँसो र राती औषधि ख्वाए जस्तो गरी । गाँउ गाँउका स्वास्थ्य चौकीमा औषधि नपु¥याउने ज्यानमाराको नाइके को हो ?

रेल ल्याउन सक्नेले हरेक नेपालीलाई सिटामोल र जीवनजल दिन सक्दैन ? यो नयाँ बर्षमा म चाहान्छु मेरो देशको सरकारले केही सानासाना काम गरोस । यो सामुदायीक र सरकारी स्कुलको स्तर १ बर्षमा बोर्डिङ स्कुलको जस्तै गरोस् ।

सरकारी अस्पतालको गुणस्तर नम्बर वान प्राइभेट अस्पतालको जस्तो होस् । सबले उपचार पाउन । सार्वजनिक सवारी साधन ठिक समयमा आओस् सुविधा सम्पन्न होस् । कुनै पनि कार्यालयमा एक घन्टा भन्दा बढी लाइन लाग्न नपरोस, १ घण्टा भन्दा बढी समय लाईन लाग्न परे, बस्ने कुर्सी र पिउने सफा पानीको व्यवस्था होस् ।

औषधिको मुल्य सस्तो होस्, दैनिक आवश्यक पर्ने तरकारी लगाएतका खाद्यन्नमा विषादी मिसाउनेलाई एउटा हुनमान कट्टु मात्र लगाएर कम्तीमा १० बर्ष चिसो छिडीमा राख्ने कानुन बनोस् ।

कलिला बालबालिकालाई बलत्कार गर्नेलाई आजीवन दैनिक ५ घण्टा शरीरमा व्लेडले चिर्दै नुन खुर्सानी दल्दै गर्ने कानुन बनोस् । भनेको समयमा निमार्ण सम्पन्न नगर्ने निमार्ण व्यवसायी, त्यसलाई ठेक्का दिने व्यक्ति अझ त्यसैलाई अरु निमार्णको ठेक्का थप दिने निर्णयमा हस्ताक्षर गर्नेहरुको घर घरानाबाट सर्वश्व अशुल गरी दैनिक ८ घण्टा हप्ताको सातै दिन १० बर्षसम्म सडक खन्ने काममा खटाइयोस् ।

यो २०७५ को चैत्र ३१ सम्म यति मात्र गर्न सके देश बदलिएको महशुस होला । बनाउन आउदैन भने यो मुलुक न बिगारिदिए मात्र पुग्छ । कुनै सक्षम पुस्ता आउँछ र बनाउँछ । यो सरकारलाई २०७५ को मंगलमय शुभकामना !