एजेन्सी । विश्वकै सबैभन्दा ठूलो कम्प्युटर कम्पनी माइक्रोसफ्टका ‘को–फाउन्डर’ बिल गेट्स अपरिचीत नाम हैन् । विश्वका सबैभन्दा धनी व्यक्ति, । यस्ता अनि व्यत्तिहरुको प्रेम सम्बन्ध कस्तो थियो होला, उनका श्रीमती कस्ती होलीन । जो कोहीलाई पनि कौतुहल लाग्ने विषय हो । आज हामी तपाईहरुको कौतुहल मेटाउने प्रयासमा छौं । बिल गेट्स र मिलिन्डाको ‘लभ स्टोरी’ रोचक छ । गेट्सले मिलिन्डालाई सुरुमा पार्किङमा प्रस्ताव राखेका थिए ।


शनिबारको दिन, पार्किङमा गाडी राखेपछि गेट्सले मिलिन्डालाई देखे । उनी सोझै मिलिन्डा भएको ठाउँमा पुगे र प्रस्ताव राखे । तर, मिलिन्डाले उनलाई अस्वीकार गरिन् । उनले प्रतिक्रिया दिइन्, ‘यो अत्यन्त फितलो प्रस्ताव भयो । अलिक गहन तरिकाले प्रस्ताव गर ।’त्यसको दुई सातापछि फेरि बिल गेट्सले मिलिन्डालाई प्रस्ताव राखे । त्यतिवेला मिलिन्डालाई ‘डिनर अफर’ गरेका थिए गेट्सले । तर, यो प्रस्ताव पनि मिलिन्डाले अस्वीकार गरिन् ।

फोन नम्बर दिइन् र भनिन्, ‘फुर्सद भएको समयमा फोन गर्नू ।’ त्यही रात गेट्सले मिलिन्डालाई फोन गरे । त्यसपछि यी दुईको सम्बन्ध नजिकियो । दुवै नजिक हुन थाले । सुरुमा यी दुईको सम्बन्ध गेट्सकी आमालाई मन परेको थिएन । तर, वर्षौँ नजिक भएपछि गेट्सको प्रेमलाई आमाले केही गर्न सकिनन् । त्यतिवेला गेट्स र मिलिन्डा एउटै कलेजमा पढ्थे । गेट्स कलेजमा अत्यन्त ट्यालेन्टेड विद्यार्थीका रूपमा चिनिएका थिए ।