एजेन्सी। १८ वर्षकी एक युवतीले १९ वर्षमा आफ्ना प्रेमीलाई रातको समयमा केही फोटोहरु पठाइन् । ती फोटोहरु हेर्नासाथ युवक रुन थाले । पछिल्लो समय सामाजिक संजालमा १८ वर्षकी रोजलिन शर्दिया र १९ वर्षका नाथन युरियासको प्रेमकथा निकै चर्चित भइरहेको छ । यिनीहरु प्रेम सम्बन्धमा रहेको मात्रै ३ महिना भएको छ । तर कैयौं समाचार साइटमा यी दुईको च्याटको रोमान्त्रिक स्क्रिनसट भाइरल भइरहेका छन् ।

यी स्क्रिनसट रोजलिनले आफ्नो ट्वीटरमा शेयर गरेकी थिइन् । जहाँ उनको ट्वीटलाई ५० हजार भन्दा बढी पटक रिट्वीट गरिएको छ । यी दुई केही दिनअघि डेट नाइटमा गएका थिए । त्यहाँबाट उनीहरु आ–आफ्नो घर फर्के । राती च्याट गर्दै जाँदा नाथनले रोजलिनलाई सेल्फी खिचेर पठाउन भने । रोजलिनले नाथनलाई आफ्ना ३ सेल्फी पठाइन् । नाथनले उत्तरमा उनको सुन्दरता देखेर आफू रोइरहेको बताए ।

पहिलोपटक रोजलिनलाई यो कुरामा विश्वासै भएन । उनले विश्वास नगरेपछि नाथनले आफ्नो फोटो पठाए जसमा उनको आँखामा आँसु थियो । यो जोडीको वार्तालाप पढेपछि सामाजिक संजालमा अनेक प्रतिक्रिया आएका छन् । केहीले रोजलिनलाई नाथनसँग बिहे गर्न सल्लाह दिए । केहीले भने नाथनजस्तै प्रेमीको चाहना गरेका छन् ।