काठाडौँ, २ बैशाख । नयाँ वर्ष २०७५ को अवसरमा लक्ष्मी बैंक लिमिटेडले आफ्नो भिजा कार्ड प्रयोगकर्ताका लागि क्यास ब्याक अफर ल्याएको छ ।

जस अन्तर्गत लक्ष्मी बैंकबाट भिजा कार्ड लिनु लिएका सबै ग्राहकहरुले नेपाल तथा भारतमा कार्ड मार्फत अनलाइन/पीओएस बाट जुनसुकै किसिमको खरिदमा १० प्रतिशत वा रु. १००० सम्म रकम पुनः फिर्ता हुने क्यास ब्याकको व्यवस्था गरिएको छ ।

यो व्यवस्था अप्रिल १५, २०१८ देखि मे १५, २०१८ सम्म कम्तिमा ३ पटकसम्म कार्ड प्रयोग गर्ने ग्राहकहरुले यो सुबिधा प्राप्त गर्न सक्नेछन् ।

यसका साथै बैकले यस अवधिभर खोलिने नयाँ खाताहरुमा ईबैंकिङ प्याकेज अन्तर्गत रु. १००० सम्मको बैकिङ्ग सेवाहरु , भिजा डेबिट कार्ड, मोबाइल मनि र इन्टरनेट बैकिङ्ग सेवा निःशुल्क उपलब्ध गराइ रहेको व्यहोरा समेत जानकारी गराएको छ ।

उल्लेखित सुबिधाले ग्राहकलाई सहुलियत दिनुका साथै नगद रहित डिजिटल पेमेन्टलाई समेत प्रवर्द्धन गर्ने बैंकले विश्वास लिएको छ । -दैनिकनेपालबाट