काठमाडौं,२ वैशाख । काठमाडौं उपत्यकामा आइतबार राति भूकम्पको धक्का महसुस भएको छ।

आइतबार राति ९ बजेर २२ मिनेटमा कीर्तिपुरको दहचोक आसपास केन्द्र बनाएर ३ दशमलब २ रेक्टर स्केलको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।

भूकम्पको धक्का कीर्तिपुरका साथै सिंहदरबार, बल्खु, सुन्धारा लगायत क्षेत्रमा पनि महसुस गरिएको छ।