काठमाडौं, ३ वैशाख । अहिले सिरियामा जे भइरहेको छ, त्यो धेरैलाई ‘मिनी वल्र्ड वार’ अथवा सानो–तिनो विश्व युद्ध जस्तै लागेको छ । सिरियामा सात बर्ष देखि युद्ध चलिरहेको छ र यो गृह युद्धमा २४ देश कुनै न कुनैरुपमा संलग्न छन् । सिरियामा विद्रोहीको नियन्त्रण रहेको डूमा शहरमा रासायनिक हमला पछि अमेरिकाले ब्रिटेन र फ्रान्सको सहयोगमा जवाफी कारबाही थालेको छ । यी तीन देश मात्रै होइनन्, जसले सिरियामा बर्षौ देखि आक्रमण गरेका छन् ।

सिरिया प्रकरणमा जोडिएका देश

१. सिरियामा रुसी तागत

एस–४०० एयर डिफेन्स सिस्टम
सुखोई–२४ (विमान)
सुखोई–२५ (विमान)
सुखोई–३० (विमान)
इल्यूशिन–२० ग्राउड अट्याक एयरक्राफ्ट
एमआई–२४ र एमआई ३४ अट्याक हेलिकप्टर (मर्च रकेट लन्चर)

सोभियत संघको जमना देखि रुसले सिरियालाई साथ दिँदै आएको छ । रुसको असर सिरियामा आज पनि छ । रुसी राष्ट्रपति भ्लालिमिर पुटिनको सरकारले हतियार र बन्दोबस्तीका सरिया सरकारलाई उपलव्ध गराउँदै आएको छ । र उसले बशर अल असदको शासन बचाउने भरोसा समेत दिलाएको छ । सिरियाको मोर्चेमा रुसले सेप्टेम्बर, २०५ मा कदम राख्यो र त्यसपछि त्यहाँको माहोल राष्ट्रपति बशर अल असदको पक्षमा बन्यो । रुसले विद्रोही र इसलामिक स्टेट बताउँने चरमपन्थी संगठनका इलाकामा बमबारी गरेको बताएको छ । तर संयुक्त राष्ट्रसांघको जाँच आयोगले रुसको दावीलाई खण्डन गर्दै उसको हमलामा धेरै सर्वसाधरण मारिएको जनाएको छ ।

२. सिरियामा अमेरिकी शक्ति

यूएसएस डोनल्ड कुक डेसट्रायर
टोमाहक क्रुज मिसाइल
एफ–१६ (विमान)
बी– ५२ बमर (विमान)
ए–१० एयरक्राफ्ट
सी–१३० र सी–१७ ट्रान्सपोर्ट एयरक्राफ्ट
प्रिडेटर एन्ड रिपर ड्रोन
यूएसएस ह्यारी ट्रम्यान क्यारिअर स्ट्राइक

सिरियामा गृह युद्ध सुरु भएपछि त्यहाँका विद्रोही संगठनलाई अमेरिकाले सहयोग गर्दै आएको छ । २०१३ मा पनि सिरिया सरकार माथि रासायनिक हमला गरेको आरोप लगाइएको थियो । तत्कालिन अमेरिकी राष्ट्रपति बराक ओबमाले सिरियामाथि कुनै जवाफी कारबाही गरेका थिएनन् । २०१४ मा पश्चिमा देश र खाडी क्षेत्रका अमेरिकी सहयोगले इस्लामिक स्टेट इलाकामा ११ हजार भन्दा बढी पटक आक्रमण गरेका थिए । २०१७ मा राष्ट्रपति ट्रम्पले सिरियाली नागरिक माथि रासायनिक हतियारबाट आक्रमण गरिएपछि सिरियाका हवाई अड्डामा मिसाइल आक्रमण गर्न आदेश दिएका थिए । २०१८ मा डूमामा केमिकल आक्रमण गरिएको घटना बाहिरियो । त्यसपछि अमेरिकाले जवाफी कारबाही समेत थालेको छ ।

३. सिरियामा ब्रिटेनको शक्ति

८ टोरनेडो एयरक्राफ्ट
६ टाइफून एयरक्राफ्ट
पेवमेट लेन्जर गाइडेड बम
ब्रिमस्टोन मिसाइल
१० रिपर ड्रोन
१ टाइप ४५ डेस्ट्रायर
१ सबमरीन सेन्टिनेल एन्ड रिवेल सर्विलान्स एयरक्राफ्ट

२०१५ देखि नै ब्रिटेनी एयरफोर्सको फाइटर विमान इस्लामिक स्टेटको इलाकामा हमला जारी राखेका छन् । ब्रिटेलले तेल खानीमा समेत निशाना बनाएको छ, जो इस्लामिक स्टेटको कब्जामा छन् । २०१३ मा दमिश्कको पूर्वी इलाकामा केमिकल आक्रमण भएको घटना बाहिर आएपछि ब्रिटेन असदको सैन्य अड्डामा हमला गर्ने तयारीमा थियो । त्यो बेला ब्रिटेनी संसदले यो प्रस्तावलाई खारेज गरिदियो । अहिले डूमा प्रकरणपछि ब्रिटेनी प्रधानमन्त्री टेरीजाले सिरियालाई नछोड्ने बताएकी छन् ।

४. फ्रान्स

२०१३ देखि नै फ्रान्सले सिरियाका विद्रोही संगठनलाई हतियार प्रदान गर्दै आएको छ । २०१५ मा स्लामिक स्टेटको इलाकामा हवाई हमलामा पनि उसको संलग्नता रहेको थियो । सिरियासँग फ्रान्को ऐतिहासिक सम्बन्ध छ । सिरियाको गृहयुद्धको सुरुवातको समय देखि नै फ्रान्सले गहिरो चासो दिदै आएको छ । फ्रान्स बशर अल असदको सरकारको विरूद्धमा छन् । २०१३ मा सिरियाली सेनाको अड्डामा हवाई हमला गर्ने प्रस्तावमा फ्रान्सले समर्थन गरेको छ । वर्तमान राष्ट्रपति इम्यानुयल म्याक्रो पनि सिरियामा सैनिक कारबाहीको पक्षमा छन् ।

५. क्यानडा

सिरियामा स्लामिक स्टेटका अड्डामा बमबारी गर्ने अमेरिकी गठबन्धनमा क्यानडा समेत सहभागि थियो । २०१६ मा जब क्यानडामा नयाँ सरकार बन्यो तब उ अमेरिकी गठबन्धनबाट बाहिरियो ।

६. अस्ट्रेलिया

क्यानडा जस्तै अमेरिका पनि इराक र सिरियामा इस्लामिक स्टेटर विरुद्ध अमेरिकी हमलामा सहभागि थियो । अस्ट्रेलियाले जुन हमलामा भाग लिएको थियो, त्यसमा एक गल्तीका कारण ९० सिरियाली सैनिकको मृत्यु भएको थियो । ती सिरियाली सैनिकलाई स्लामिक स्टेटका चरमपन्थी ठानिएको थियो । प्रधानन्त्री मेल्कम टर्नबुलले यस विषयमा माफी समेत मागेका थिए ।

७. नेदरल्याण्ड

२०१४ को सेप्टेम्बरमा नेदरल्याण्डले इस्लामिक स्टेट विरुद्ध चलिरहेको सैनिक कारबाहीमा सहभागि हुने निर्णय गरेको थियो । २०१४ मा इराकमा इस्लामिक स्टेटको इलाकामा नेदरल्याण्डले आफ्ना एफ–१६ लडाकु विमानले हवाई हमला गरेको थियो । सिरियामा पनि नेदरल्याण्डले सैन्य सहभागिता जनायो ।

८. ईरान

ईरान एक शिया मुलुक हो । यसका कारण उसको चासो सिरियामा छ । सिरिया सुन्नी शासन रहेको साउदी अरबको प्रभावमा छैन । बशर अल असदको सरकारलाई ईरानले सैन्य र आर्थिक सहयोग दिँदै आएको छ । ईरानले आफ्नो जमिनबाट विद्रोही संगठनका इलाकामा मिसाइल आक्रमण समेत गरेको छ ।

९. टर्की

टर्कीको सरकारले सिरियाको उत्तरी इलाकामा आफ्नो बलियो उपस्थिती देखाउँदै आएको छ । टर्की असद सरकारको विरोध गर्छ । र इस्लामिक स्टेट भनिने चरमपन्थी संगठनको समेत विरुद्धमा छ । टर्कीले कुर्द संगठनको विरुद्ध उत्तरी सिरियामा बमबारी गर्दै आएको छ ।

१०. साउदी अरब

सिरियामा ईरानको प्रभावको खुलेआम विरोध गर्ने देशमा साउदी अरब प्रमुख हो । बशर अल असदको सरकार विरुद्ध विद्रोही संगठनलाई साउदी अरबले हतियार सहयोग गर्दै आएको छ । उसले विद्रोहीलाई रणनीनिक गोप्य जानकारी समेत दिँदै आएको छ । २०१४ मा साउदी अरबलदे अमेरिकासँग मिलेर सिरियामा स्लामिक स्टेटका इलाकामा हवाई आक्रमण गरेको थियो । अहिले पनि उ अमेरिकी गठबन्धनको सहयोगी हो ।

११. इजराइल

सिरियाको गृह युद्धको क्रममा इजराइलका लडाकु विमान सिरियाको आकाशमा देखिन्थे । यद्यपी इजराइल लामो समय सिरियाको मामलामा तटस्थ रहेको छ । तर उ सिरियामा ईरान प्रभाव देख्न चाहादैन । ईरान र लेबनानको हेजबुल्लामा इजराइलले १०० भन्दा बढी पटक बमबारी गरिसकेको छ । यही बर्ष सिरियाको एन्टि मिसाइल सिस्टमले इजराइली फइटर विमानलाई खसालेको थियो । इसराइलले सिरियामा १२ हवाई आक्रमण गरिसकेको छ ।

१२. बहराइन र जोर्डन

मध्यपूर्वका यी दुई देश पनि सिरियामाथि भएको बमबारीमा जोडिएका छन् । जोर्डनलले हवाई हामलामा सहभागि हुने फैसला इस्लामिक स्टेटले खुलेर उसका राजा अब्दुल्लाको सत्ता हल्लाउने धम्की दिएपछि गरेको थियो । इस्लामिक स्टेटले जोर्डनको सिमावर्ती इलाकामा रकेट हमला गरेको थियो । २०१४ मा उसले जोर्डनको एक सैनिक विमान खसालेको थियो । २०१५ मा बराइन समेत सिरियामा इस्लामिक स्टेटको विरुद्ध सैनिक कारबाहीमा सहभागि भएको थियो ।

अन्य देश

यी तेह्र देशका साथै जर्मनी, नर्वे, लिभिया, कतार, स्पेन, डेनमार्क, इटाली, पोल्याण्ड, चीन, अल्जेरिया, लेभनान, हमास र इराक जस्ता देश पनि सिरियामा सैनिक हमलामा सहभागि छन् । जर्मनीले आफ्ना १२०० सेनिक सिरियामा तैनाथ गरेको थियो । नर्वे सिरियाका विषयमा अमेरिकालाई समर्थन गर्छ । बीबीसीको सहयोगमा