केरलामा एक चिकित्सकको घरमा दुई दिनको शिशु मृत अवस्थामा भेटिएको छ। शौचालय सफा गर्ने क्रममा शिशु मृत अवस्थामा भेटिएको हो। शौचालयको पानी निकास नभएपछि पलम्बरलाई बोलाइएको थियो।पलम्बरले निकास हुन नसकेकाे पानी निकाल्दै गर्दा शौचालयभित्र मृत शिशु देखेपछि सो घटना बाहिर आएको हो।

केरलाको पेरिनथाल्मन्नामा चिकित्सक अब्दुल रहमान र उनकी चिकित्सक श्रीमती घर नजिकै एउटा भाडाको घरमा क्लिनिक चलाउँदै आएका छन्।घरको शौचालयमा पानी जाम भएपछि उनीहरुलाई फोन आएको थियो। लगत्तै उनीहरुले पलम्बरलाई बोलाएका थिए।

पलम्बरले शौचालय सफा गर्ने क्रममा मृत शिशु भेटिएको चिकित्सक दम्पतिले बताएका छन्।अवैधरुपमा शिशु जन्माएर ट्वाइलेटमा फालेको हुनसक्ने अनुसन्धानमा देखिएको छ।स्थानीय प्रहरीका अनुसार घटना शुक्रबार भएको थियो।घटनाको अनुसन्धान जारी छ । -एजेन्सी