काठमाडाै, ३ बैशाख । ललितपुरकाे लगनखेलमा रहेकाे नेपालकै एकमात्र सरकारी मानसिक अस्पताल, जसमा इमेरजेन्सीमा नै डक्टर नभएकाे पाइएकाे छ ।

करीब ५० शैय्या क्षमता भएकाे मानसिक अस्पतालमा दैनिक बिरामीकाे चाप हुने भएपनि अाकस्मिक कक्षमा डक्टर भने छैनन । अस्पतालमा कार्यरत एक कर्मचारीका अनुसार दरबन्दि भएपनि अाकस्मिक उपचार कक्षमा डक्टर नभएकाे बताएका हुन । उनी भन्छन, रातीकाे समयमा दुइटा अहेबले अाकस्मिक सेवा दिन्छन , यदी विरामीकाे अवस्था एकदम कमजाेर भएमा नजिकैकाे पाटन अस्पतालमा रिफर गरीन्छ नत्र भाेलीपल्ट सम्म कुर्नुपर्छ । बिगुल न्युजमा खबर छ ।

देशकै एकमात्रै सरकारी अस्पतालकाे यस्ताे दुर्दशाका कारण दैनिक अाउने विरामी भने मर्कामा पर्ने गरेका छन । मानसिक अस्पतालमा ५० शैय्याकाे क्षमता भएपनि दैनिक १५० भन्दा बढी विरामी अाउने गरेकाेले अस्पतालमा बेड पाउन नै मुस्किल हुने विरामीका अाफन्तकाे गुनासाे छ । अस्पतालमा बिरामी भर्ना गर्न दुर्इ तिन दिन पालाे कुर्नुपर्ने हुन्छ ।

स्वास्थ्यले निकालेकाे एक तथ्यांकका अनुसार अहिले नेपालमा कुल जनसंङख्यामा सामान्य मनाेराेग अर्थात मानसिक समस्या भएका १५ प्रतिशत र कडा खाल मानसिक समस्याबाट १ प्रतिशत मानिस पिडित छन । तर सरकारी अस्पतालमा पर्याप्त सुविधा नहुँदा बिरामीहरूले सेवा लिन भने सकिरहेका छन ।

अस्पतालका एक कर्मचारी भन्छन, अस्पतालले लामाे सुमयदेखि जग्गा लिन खाेजेपनि जग्गा उपलब्ध हुन सकेकाे छैन , शान्त ठाँउमा अस्पताल निर्माण गर्ने र मानसिक स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने तयारी गरेकाे छ । तर सरकारले ध्यान नै दिदैन ।