एजेन्सी। चेन्नइ सुपरकिंग्सविरुद्ध किंग्स इलेभेन पञ्जाबले शानदार ब्याटिङ गर्दै आइपिएलको १२ औं खेलमा जित निकालेपछि टिमकी मालिक प्रिती जिन्टाले मैदानमा नै खुशी पोखेकी छिन् ।

पहिलो इनिङमा लोकेश राहुल र क्रिस गेलको तुफानी इनिङको मद्दतमा पंजाबले चेन्नइलाई १९८ रनको लक्ष्य दिएपछि चेन्नइले राम्रो प्रर्दशन गर्न नसकेको खेलमा प्रिती निकै उत्साहित बनेकी थिइन् । चेन्नइका कप्तान एमएस धोनीको नट आउट ७९ रनको तुफानी ब्याटिगंले पनि काम नगरेको उक्त खेल निकै रोमाञ्चक भने बनेको थियो । आफ्नो टिमले ठूलो स्कोर दिएपछि प्रिती सुरुवाती अवस्थामा नै खुशी थिइन् ।

उनी यतिसम्म खुसी थिइन् कि उनले ग्राउण्डमै गएर फ्यानहरुलाई फ्लाइङ किस दिइन् । उनले ग्राउण्डमै गएर आफ्नो टिमको जर्सी फ्यानहरुलाई बाँडिरहेका दृश्यहरु निकै रोमाञ्चक थिए ।