विषालु कीराको बारेमा सोच्दा मात्र पनि कतिपयलाई राति निद्रा नै पर्दैन। उडुसको टोकाइबाट शरीर चिलाउने, सुन्निने तथा एलर्जी हुने गर्छ। उडुस सानो र छिट्टै लुक्ने परजीवी भएकाले यसलाई खोजेर निर्मूल पार्न एकदमै कठिन हुन्छ।

एउटा माउ उडुसले आफ्नो जीवन कालभर ५ सय अण्डा पार्छ। ती अण्डाबाट निस्कने बच्चाले पछि फेरि अण्डा निष्कासन गर्छ। यसरी प्रत्येक पिढीमा तिनको सङ्ख्या बढ्दै जान्छ र यिनीहरू झुण्ड हुँदै पूरै घरभरि फैलन्छन् । त्यसैले, तिनको रोकथाममा जति ढिलाइ गर्‍यो, त्यति नै प्रकोप बढ्छ र नियन्त्रण गर्न पनि कठिन हुन्छ। उडुसलाई निर्मुल पार्न यसकारणले पनि कठिन छ कि, यिनीहरू नखाएर पनि लामो समयसम्म बाँच्न सक्छन्।

उडुस नियन्त्रणमा सघाउने केही घरेलु विधिहरु :

पुदिना : उडुसले पुदिनाको गन्ध सहन सक्दैन। त्यसैले, पुदानाका केही पात आफ्नो ओछ्यानको नजिक राख्नुहोस्। यदि तपाईंको घरमा साना बच्चा छन् भने उनीहरू सुत्ने ठाउँमा पनि पुदिनाका पात राखिदिनुहोस्। सुत्ने बेला तपाईं पुदिनाका पात पिसेर आफ्नो शरीरमा दल्न पनि सक्नुहुन्छ। यसो गर्दा उडुसको टोकाइबाट बच्न सकिन्छ।

कायेन पेपर रातो खुर्सानी : रातो खुसार्नीको गन्धले पनि उडुसहरू छिटो भाग्छन्। तपाईंले रातो खुर्सानीको धूलो बनाएर उडुस भएको ठाउँमा स्प्रे पनि गर्न सक्नुहुन्छ। यसो गर्नाले उडुस निष्क्रिय हुने गर्छन्।

लेवेण्डर : उडुसले लेवेडरको गन्ध सहन गर्न सक्दैन। त्यसैले, तपाईं लेवेण्डरको पात उडुस भएको कपडामा दल्न सक्नुहुन्छ । लेवेडरको पफ्र्युम स्प्रे गर्नाले पनि तिनको प्रकोपबाट बच्न सकिन्छ।

रोजमेरी : उडुस रोजमेरीको गन्धले पनि भाग्छ। तिनको नियन्त्रणका लागि तपाईं रोजमेरीको स्प्रे बनाएर पनि सम्भाव्य ठाउँहरूमा छर्कन सक्नुहुन्छ। राति यो विधिको प्रयोग गरी ढुक्कसँग निदाउनुहोस्।

नीलगिरी : नीलगिरीमा औषधीय गुण हुनुका साथै उडुस मार्ने क्षमता पनि हुन्छ । तपाईं यसको केही थोपा उडुस भएको ठाउँमा छर्कन सक्नुहुन्छ। साथै, नीलगिरीको तेल, रोजमेरी तथा लेवेण्डरको स्प्रे बनाई छर्किएर पनि उडुसबाट छुटकारा पाउन सकिन्छ।

बिनका पात : बिनका पात पहिलेदेखि नै उडुस मार्न प्रयोग हुँदै आएको पाइन्छ। तर, हामीलाई यसको चमत्कारी गुणहरूबारे भने कमै मात्र थाहा छ। हालै गरिएको एक अध्ययनले बिनका पातले उडुस मार्ने प्रमाणित गरेको छ। तपाईं पनि तिनका पात तथा रसको प्रयोग गरी उडुस निर्मूल पार्न सक्नुहुन्छ।

टी ट्री स्प्रे : टी ट्रीको तेल एण्टी माइक्रोबियलको रूपमा परिचित छ। उडुसबाट छुटकारा पाउन पनि यो उत्तिकै उपयोगी छ। यसको प्रयोगका लागि टी ट्रीको तेलको एउटा ठूलो सिसी खरीद गर्नुहोस्। यसमा अलिकति पानी मिसाएर केही पातलो बनाउनुहोस्। अब यसलाई स्प्रे बोतलमा भरेर भित्ता, पलङ, दराज, फर्निचर, डसना, कपडालगायत सामग्रीमा छर्कनुहोस्। यसलाई एक हप्ता लगातार छर्कनाले तपाईं सधैंभरका लागि उडुसबाट छुटकारा पाउन सक्नुहुनेछ।

नीमको तेल : नीमको तेल उत्तर भारतमा पाइने नीमबाट निकालिन्छ। यसमा धेरै एण्टी माइक्रोबियल गुण हुन्छन्। कीराहरू टाढा राख्न यसको प्रयोग गरिन्छ। नीमको तेल औषधि पसलमा पाइन्छ । यसको प्रयोग उडुस भएको ठाउँ तथा घरको सबै भागमा छर्केर गर्न सकिन्छ। साथै, साबुनमा यसलाई मिसाएर कपडा धुने गर्नाले यसको गन्धले उडुस टाढा भाग्छ।

थाइम : अजवाइनको फूलस्थाइम इटलीको एक लोकप्रिय बुटी हो, जसको प्रयोग खानामा स्वाद बढाउन गरिन्छ। थाइमले उडुसलाई सीधा असर त गर्दैन, तर यसको गन्ध उडुसले सहन गर्न सक्दैन । यसको गन्धले उडुसहरू लुकेको ठाउँबाट निस्कन्छन्। थाइमका पात जालीदार ब्यागमा राखेर उडुस भएको ठाउँमा राखिदिनुहोस् । हरेक ३ दिनमा ब्यागका पात निकालेर ताजा पात राख्नुहोस् । यसो गर्नाले तपाईं उडुसको तनावबाट मुक्त हुन सक्नुहुन्छ।

स्वीट फ्लेग : स्वीट फ्लेगलाई कलामस पनि भनिन्छ। यसको प्रयोग रसायनमा आधारित कीटनाशक बनाउन गरिन्छ। यसमा एण्टी माइक्रोबियल गुण हुन्छ, जसको कारणले उडुसजस्ता परजीवी भगाउँछ। यसबाट बनेको हर्बल कीटनाशक तपाईं किचेन गार्डेनसम्बन्धी पसलमा पाउन सक्नुहुन्छ। स्वीट फ्लेगको पाउडर ल्याएर त्यसको प्याकेटमा लेखिएको निर्देशनअनुसार त्यसको घोल बनाउनुहोस्। त्यस घोललाई आफ्नो घरको कुनाकुना (उडुस भएको ठाउँ)मा छर्कनुहोस्। उडुस भगाउन यो विधि पनि निकै प्रभावकारी मानिएको छ।

०००

यो पनि पढ्नुहोस :

  • पत्ता लाग्यो सुगर रोग पूर्ण रुपमा निको पार्ने फल ! नेपालमा प्रशस्तै पाइने (फोटो सहित)

डाइबेटिज रोगका लागि भगवानको वरदान हो यो फल, केही महिनामा हुन्छ फाइदापछिल्ला दिनमा मानिसको व्यस्त जीवनशैली र अस्वस्थ्य खानपानका कारण मानिसमा विभिन्न खालका रोगहरु लाग्ने गरेका छन् ।

यस्ता रोगहरु बढ्नुमा मानिसको विलाशी जीवनशैली व्यायामको कमी आदीका कारणले मानिसमा रोग बढीरहेको छ । जसका कारण मधुमेह, हर्ट अट्याक, किड्नी सम्बन्धी रोगीको संख्या पछिल्ला दिनमा बढीरहेको छ ।

रागेलागेपछि विभिन्न औषधिहरुको प्रयोग गरिन्छ । तर, यस्ता रोग लागेको खण्डमा प्राकृतिक रुपमा पाइने केही खाद्य पदार्थहरुको प्रयोग गर्दा त्यसले थप फाइदा पुग्छ ।

मधुमेह भएका विरामीका लागि जामुन अत्यन्त फाइदाजनक हुन्छ । यसले मधुमेहलाई पूर्ण रुपमा नियन्त्रणमा लिने आयुर्वेदको दाबी छ ।जामुनुको बाहिरी बोक्रा निकाल्नुहोस् र भित्रको वियालाई पिनेर धुलो बनाउनुहोस् । त्यसपछियो पाउडर जस्तो बन्ने छ ।

हल्का तातो पानीमा मिसाएर यसलाई पिउनुस् यसले फाइदा दिन्छ । त्यस्तै अपचमा पनि यो अचुक उपचार हुन्छ ।जामुनको रुखको बोक्रालाई केही घण्टा पानीमा भिजएर राख्ने र त्यसको सरमा मह मिसाएर विहान बेलुका पिएको खण्डमा पायल्स रोग समेत निको हुन्छ ।

मधुमेह भएका मानिसले जामुनलाई औषधीको रुपमा प्रयोग गर्दा फाइदा हुन्छ । यसलाई आफ्नो खानमा नियमित रुपमा खादा निकै फाइदा हुन्छ ।जामुनको फमा पाइने केही रसायले रगतमा सुगर लेवलको नियन्त्रण गर्न धेरै काम गर्छ ।

मौसमी फल भएको कारण यो सधै पाउन सकिँदैन । तर यसोका वियाको प्रयोग तपाईले सधै गर्न सक्नु हुनेछ ।जसको प्रयोगले तपाईको मधुमेह पूर्ण रुपमा नियन्त्रणमा आउन सक्ने छ । आयुर्वेदमा जामुनको वियालाई कयौं औषधीको रुपमा प्रयोग गर्रिको पाइन्छ । जसमध्ये एक मधुमेहको उपचार पनि हो ।

जामुनुको बोक्रा लगायत हटाएपछि बचेको हिस्सालाई सुकाएर यसको पाउडर बनाउनुस् । यस पाउडरलाई विहान बेलुका पानीको साथ खादा सुगर लेवल नियन्त्रणमा आउँछ ।

०००

यो पनि पढ्नुहोस :

  • तपाईलाई थाहा छ ? ग्यास्टिक तथा अल्सरको अचुक औषधी हो डल्ले खुर्सानी

खानाका परिकारलाई स्वादिष्ट बनाउन खुसार्नीको प्रयोग गर्छाैं । त्यसमा नि डल्ले अर्थात अकबरे खुसार्नीलाई विशेष मानिन्छ ।

डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जसता रोगको औषधी समेत हुन्छ । डल्ले खुर्सानीमा पाईने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पुर्याउछ ।

याे खुर्सानीकाे नियमित सेवनले राेगहरू निकाे हुन्छ ।त्यसबाहेक डल्ले खुर्सानीको अन्य फाइदाहरु पनि छन् ।मोटोपन घटाउछ । रगतमा चिनीको मात्रा घटाउछ । पिसावको विरामी लाई लाभदायक छ । हाडजोर्नी लगाएतका दुखाइ घटाउछ ।

विशेष गरेर अकवरे खुसार्नी हालेर बनाईएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ । थकाइ मेटाउछ ।

०००

  • पाइल्स रोगलाई एक महिनामै चट पार्ने अचुक घरेलु औषधी र खाने तरिका बारे जान्नुहोस र शेयर गर्नुहोस

पाइल्स रोकथाममा पनि मुलाभन्दा उत्तम विकल्प अर्को छैन । मुलाको नियमित र सही प्रयोगबाट पाइल्ससम्बन्धी समस्या केही महिनामै समाधान हुने गर्दछ । यसको सबैभन्दा ठुलो फाइदा यो हो कि मुलाको नियमित सेवनबाट पाइल्ससम्बन्धी समस्या बढ्दा पनि बढ्दैन ।

पाइल्स एउटा यस्तो रोग हो, जसमा शरीरका विशेष हिस्सामा हरेक समय पीडा र जलन महशुस हुने गर्दछ । पाइल्सका रोगीका साथ सबैभन्दा ठुलो समस्या यस विषयमा डाक्टरलाई बताउनु हो । तर, यो गलत हो । डाक्टरसँग सल्लाह लिएर यसको उपचार गर्नु आवश्यक छ। औषधिका साथसाथ घरेलु उपायबाट पनि केही दिनमा तपाई यो समस्याबाट मुक्ति पाउन सक्नु हुन्छ ।

पाइल्सका रोगीहरुलाई सामान्यतः मुला खान सल्लाह दिने गरिन्छ । यसको सबैभन्दा ठुलो कारण हो, मुलामा डाइट्री फाइबर्स पाइने गर्दछ । यसले स्टुललाई मुलायम गर्न सहयोग गर्दछ । यसबाट पाचन प्रक्रियापनि राम्रो हुन्छ । मुलामा कयौ यस्ता तत्व पाइन्छ, जुन पाइल्सका भएपछि हुने पीडा कम गर्न सहयोगीसिद्ध हुन्छ । यसका साथै मुलाले चिसो बनाउने काम पनि गर्दछ, जसबाट जलनमा पनि राहत प्राप्त हुन्छ । पाइल्स रोगीले काँचो मुला सेवन गर्नु उपयुक्त हुन्छ । तपाई चाहनु हुन्छ भने यसलाई पिँधेर पनि सेवन गर्न सक्नु हुन्छ ।

अझ तपाई मुलाको रस निकालेर पनि पिउन सक्नु हुन्छ । मुलाको रस सेवन गर्दा भने एकपटक चिकित्सकको सल्लाह आवश्य लिनुस् । तपाई मुलाको प्रयोग संक्रमित स्थानमा जलन शान्त पार्न लगाउन पनि सक्नु हुन्छ । अहिले त बजारमा मुलाको पाउडर पनि सहजै पाइन्छ ।