लेखक

– वि.वि. श्रेष्ठ
यातायात व्यवसायीको वर्षो देखिको एकाधिकार तोड्नका लागि सरकारवाट भएका निर्णयहरुको जनतावाट नै स्वागत गरिरहदाँ राज्यको नै चौथो अंग मानिएको पत्रकारितामा सिण्डिकेटले एकचौटी समग्र देश नै तताएको छ । एकातिर यातायात व्यवसायीले सरकारले सिण्डिकेटको विरुद्धमा गरेको निर्णयको विरुद्धमा सडक सघर्षको कार्यक्रम गरेर सरकारलाई नै चुनौती दिईरहेको छ भने पत्रकारिता क्षेत्र पनि त्यहि सिण्डिकेटको मारले पत्रकारिताको मुल मर्मलाई नै चुनौती दिईरहेको छ । त्यसैको परिणाम स्वरुप आज आम पत्रकारले अन्तरआत्मा देखि नै यातायात क्षेत्रको सिण्डिकेटको विरुद्धमा कलम चलाउन सकेका छैनन । अफठयारो र दुविधाको विचमा रुमल्लिएको पत्रकारहरु गर्नेलाई भन्दा देख्नेलाई लाजको सम्मुखमा पुगेको छ ।

पत्रकारिता आफनै स्वतन्त्र पेशा हो । हुनुपर्दछ । तर नेपालको पत्रकारिताको सन्दर्भमा स्वतन्त्र पत्रकार पाउन नै मुश्किल वनिसकेको छ । कुनै न कुनै आडम्वरमा आफनो व्यक्तिगत स्वार्थतालाई राखेर गरिएको निच पत्रकारिताले समग्र समाजमा नै दुषित फैलाईरहेको छ । जनता र समाज निर्माणका लागि सम्वन्धित पक्षलाई झकझकाउने, गलत कार्यलाई निरुत्साहित गर्ने, जनतालाई सहि सुचना प्रवाहित गर्ने मुख्य अभिभारा वोकेको पत्रकारिता क्षेत्र आफैमा दुषित वन्दै गईरहेको छ । पत्रकारिताको मुख्य मर्मलाई किनारामा राखेर स्वार्थकेन्द्रित गतिविधीको मुख्य अनुयायी वनेको पत्रकारिता एक्काईसौ शताव्दीसम्म आईपुग्दा अराजक, झोले र राजनैतिक दलका नेतृत्वको गुलामीमा परिचित हुदै आईरहेको छ । जुन यथार्थको जंन्जालमा हामी आफुलाई एकमात्र सत्यताको प्रतिकको रुपमा उभ्याउन भरमग्दुर प्रयासरत वनिरहेका छौ । जुन नौटकीे आम सर्वसाधारणका लागि लाजको पसारो वनेको छ ।

निष्पक्षताको पर्याय वन्नुपर्ने क्षेत्र नै कसैका लागि वन्धक वन्नै, गुणगान गाउने र पत्रकारिता क्षेत्रलाई नै व्यक्तिगत स्वार्थका लागि उपयोग गरिने खेल पत्रकारितामा कुनै नौलो विषय होईन । समाजका हरेक विषयको सत्य तथ्यलाई उजागर गर्ने क्षेत्र नै कसैका स्वार्थका लागि, मानप्रतिष्ठाका लागि वन्धक वनिरहदाँ साँच्चै सच्चा र तथ्यगत पत्रकारिता गर्नेहरुको लागि कस्तो अनुभुति भयो होला ? स्वार्थता र दलगत गुलामीको पनि निश्चित हद हुने गर्दछ ।

सन्दर्भ र वस्तुको सान्र्दभिकताको उचित न्याय गर्ने क्षेत्र पत्रकारितामा देखिएको यो अराजकता, व्यक्तिगत स्वार्थता र मागी खाने विषय वनिरहदाँ अन्य क्षेत्रमा हालिमुहाली गरिरहेका, स्वच्छ पत्रकारिता वाट समाज निर्माण र न्यायका अपेक्षा गरिरहेका आम जनतालाई कस्तो अनुभुति भयो होला ? अव पत्रकारिताको यो सिण्डिकेट र चरम राजनितीको थलो वनिरहदाँ न्याय, परिवर्तन र भष्टाचार विहिन समाजको परिकल्पना को सँग गर्ने, टड्कारो प्रश्न चिन्ह खडा भएको छ । उसै पनि देशमा सहमतिका नाममा भागवण्डामा चलिरहेको सन्दर्भमा यहि परिपाठीले देश अविकासित भईरहेका अनुभुति गरिरहेका जनताहरु पत्रकारिता क्षेत्रमा देखिएको यो झोले प्रवृक्तिले साँच्चै गिज्जाईरहेको आभास भएको छ । व्यक्तिगत स्वार्थताका लागि उपयोग हुने पत्रकारिता क्षेत्रमा आफुलाई वरिष्ठ र जननी सम्झनेहरुको यो स्याल रवैयाले व्यक्तिको चेतनाको खिल्लि त उडायो नै पत्रकारिता को क्षेत्र नै वद्नाम गराईदियो । समाजमा रहेका कुरिती, कुसंस्कार, वेथितीका विरुद्धमा लड्नुपर्ने गहन जिम्मेवारी वोकेका क्षेत्रमा कसै कसैलाई पद प्राप्तिका लागि जे सुकै पनि गर्न तत्पर हुने अवस्था सिर्जना हुन पुग्यो ।

कुनै पनि क्षेत्र र संस्थाको स्तरोन्नती त्यस संस्थामा आवद्धता हुने व्यक्तिको चेतना, कार्यक्षमता र ल्याकतले निर्धारण गरेको हुन्छ । जिजुवाजे देखिको व्याजमा हुर्ककाहरुका लागि यो क्षेत्र पनि दुहुनो गाई शिवाय अन्य केहि हुन सकेन । सहमति र राजनैतिक शक्तिका आडमा भागवण्डा गरेर लोकलाई हसाउन सक्नेहरु नै नेपालका सन्दर्भमा उच्च पत्रकारका रुपमा आफुलाई उभ्याउन प्रयासरत भएको पाईन्छ । सहमति र सहकार्य निश्चित कर्मका लागि हुनेछ, निश्चित वर्ग र उद्येश्यका लागि हुनेछ । तर पत्रकारतिा जस्तो अति संवदेनशिल विषयमा समेत कसैलाई राजनैतिक शक्तिको आडमा व्यक्तिगत स्वार्थ पुर्तिका लागि गरिने सहमतिका नाममा गरिएका भागवण्डा गर्ने हरु पत्रकारिताका मर्म भित्र पर्देनन् । सहमति र सहकार्य स्थानिय तहमा हुन वाञ्छिनिय देखिन्छ । मुल नेतृत्ववाट नै निर्णय लादेर होईन । आफनो पद सुनिश्चिताका लागि माथिल्लो नेतृत्ववाट नै तल्लो निकायमा निर्णय लाद्नु भनेको पत्रकारिताको धर्म भित्र कदापि पर्न सक्दैन । यो त केवल स्वार्थ प्ररित अभिष्टता शिवाय अन्य हुन सक्दैन ।

पत्रकार महासंघ जुन क्षेत्रले हरेक जनताको आशा र विकासको कल्पनामा मुख्य भुमिका खेलेको हुन्छ, त्यस्तो संस्थालाई समेत राजनैतिक शक्ति सन्तुलनको आधारमा भागवण्डा गर्नु कहाँको न्यायसंगत हुन आउँछ ? आफनो स्वार्थताका लागि अन्य को अस्तित्व स्वीकार गर्न नसक्नु भनेको कमजोरी शिवाय अन्य केहि हुन सक्दैन । देशभर एमाले, काग्रेस र माओवादी निकट मात्र होईन, हिमाल, पहाड र तराईमा देश र समाज परिवर्तनका लागि कलम चलाउनेहरुको कमी छैन यहाँ ।

उनिहरुको भुमिकालाई अवमुल्यन गरेर माथीवाट नै तीन दलिय सिण्डिकेट लादेर आफुलाई सर्वोसत्तावादी देखाउने सोच राख्नु भनेको कमजोर मानिसिकताको धरातल शिवाय अन्य हुन सक्दैन । नयाँ नेपाल निर्माण गर्ने सन्दर्भमा पत्रकारको भुमिका अहंम हुने हुन्छ, तर पत्रकारितामा देखिएको यो घिनौना व्यवहारले स्वच्छ पत्रकारिता गर्नेहरुका मात्र होईन आम जनतामा समेत लाजको पसारो सावित भएको छ । लोकतन्त्रमा सवैको समान अस्तित्व रहने समान्य अर्थ पनि वुझन नसक्ने पत्रकारहरुको जमातले पद प्राप्तिका लागि रचिएको यो पत्रकारितामा सिण्डिकेटले नयाँ नेपाल निर्माणमा समान्य भुमिका समेत खेल्न सक्दैन । देशमा तीन दलिय पत्रकारिता वाहेक अन्य पनि समाज रुपान्तरणका लागि काम गर्नेहरुको कमि नभएको सन्दर्भमा यसमा विरोध हुन अन्यथा होईन । यो त लोकतन्त्रका लागि सुन्दर आधार हो । जसले सिण्डिकेटका विरुद्धमा लोकतन्त्रका लागि लडिरहेको हुन्छ ।

प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरका माथिल्लो निकायले सहमतिका नाममा प्रदेशको भाग लगाउनु भनेको सिण्डिकेट शिवाय अन्य केहि होईन । जसले अरुको भुमिका स्वीकार्ने ल्याकत राख्दैन । सिधै माथिल्लो निकायवाट तल्लो निकायमा निर्णय थोपर्दा तल्लो तहका पत्रकारहरुको मनमा के परयो होला ? नेतृत्वले सोच्नु पर्देन ? त्यसमाथि पनि प्रदेशमा पनि केहि ठुलाठालाको जमातले पत्रकारलाई पनि भोट वैक देख्नु भनेको गम्भिर भुल हुनेछ । अतः पत्रकारिता जस्तो क्षेत्रमा नेतृत्वका लागि लोकतान्त्रिक विधि र सहमति भएमा पनि तल्लो निकायवाट यसको पटाँक्षेत्र भएमा यो भन्दा सुन्दर अन्य केहि हुन सक्दैन । नत्र पत्रकारिता क्षेत्रमा जनताको विश्वास गुम्ने कुरामा कुनै दुविधा नै रहनेछैन ।