जमाना यति छिटो परिवर्तन भयो कि मान्छे हरुले जे पनि अनलाइनमै काम गर्न लागे ! अनलाइन बाट श्रीमती पाउँछन, अनलाइन बाटै नोकरी पाउछन भने पढाइ पनि अनलाइन मै हुन् थालेको धेरै भएको छैन ! इन्टरनेटको दुनियामा खरिद विक्रीको प्रख्यात वेब साइट हरु हुन् eBay, OLX र quikr ! यी वेबसाइटमा तपाई जे पनि बेच्न र किन्न सक्नु हुन्छ !

केहि बर्ष देखि, विदेशमा पुराना नोट हरु बिक्रि गर्ने चलन थियो यो आजभोली नेपालमा पनि त्यतिकै मजाले चल्न थालेको छ ! पुराना राणा शासनमा काटिएका नोटको मूल्य लाखौं पर्ने गर्दछ !

तपाई संग नेपाली पुरानो नोट छ ? यसरि बिक्रि गर्नुहोस इन्टरनेटमा !

eBay को एउटा खाता खोल्नुहोस: त्यसको लागि यहाँ क्लिक गर्नुहोस

आफु संग बएको पुरानो नोटको एउटा ठुलो साइजमा क्लियर फोटो खिच्नुहोस् !

नोटको विविरण, सिरियल नम्बर, कुन जमाना छापिएको हो सबै उल्लेख गर्नुहोस !


तपाईले खिचेको नोटको सफा फोटो लाइ ebay को वेबसाइटमा अपलोड गर्नु होस् !

आफुले कति सम्ममा कसैले किन्न आए दिने ? मुल्य खुलाउनु आवस्यक छ !
eBay को वेबसाइटमा नक्कली नोट अपलोड गर्न पाइदैन त्यसैले गलत धन्दा गर्छु भने जे पायो त्यहि अपलोड नगर्नु होला !

eBayको नियम अनुसार नक्कली सामग्री बेच्न पाइदैन त्यसैले सत्य र सहि मात्र बिक्रि गर्नु होला !


eBay एउटा माध्यम हो डिल व्यक्तिगत तरिकाले पनि गर्न सकिन्छ !

ebay मा एउटा भारतीय नोटको मूल्य यति कायम गरिएको छ ।

यदि तपाइलाई नेपाली नोट बिक्रि हुदैनन भन्ने लाग्छ भने eBay को वेबसाइटमै गएर हेर्न सक्नु हुन्छ ! त्यहाँ ५ डलर देखि १०० डलर सम्मका नेपाली नोट अपलोड गरिएका छन् !

उक्त वेबसाइटमा गएर auction बटनमा क्लिक गर्नु भयो भने तपाईको नोटमा कति जना मान्छे ले खरिदको लागि विड गरेका छन् सबै हेर्न मिल्ने छ !


यदि तपाई संग धेरै पुराना नोट हरु छन् भने इन्टरनेटमा बेच्न सुरु गरिदिनुस, तपाई संग भएको नोटको जुन मार्केट भ्यालु छ त्यो भन्दा १० गुना धेरै पैसा नोट बेचेर कमाउन सक्नु हुन्छ तपाई !

प्राय जसो चिनिया, इन्डियन, अमेरिकी लगाएत विश्वका विभिन्न देश बाट नोट खरिद गर्छन मान्छे हरु !

के तपाई संग नेपाली पुराना रूपैया छन् ? छन् भने आजै ebay को खाता बनाएर बिक्रि सुरु गरिहाल्नुहोस् ! छैनन् भने यो पोस्ट सेयर गर्नुहोस भएका हरुले थाहा पाई आफ्नो पैसा बेच्न पाउन !

नेपाली केहि नोटहरु यसरी बिक्रिमा राखिएको छ हेर्नुहोस

यो पनि पढ्नुहोस :

  • यस्तो स्कुल जहा क्लासमा बिद्यार्थीहरु सेक्स गर्न पाईन्छ !

एजेन्सी । अस्ट्रियाको राजधानी भियना नजिकै एउटा यस्तो स्कुल छ । जहाँ विद्यार्थीहरुलाई ब्यबहारिक रुपमै सेक्स गर्न सिकाइन्छ । बिगत केही बर्षदेखी चल्दै आइरहेको उक्त स्कुलको नाम ‘भियना सेक्स स्कुल’ हो । स्कुलका अनुसार यो सेक्स स्कुलमा विद्यार्थी भर्ना गरी उनीहरुलाई सेक्सका बारेमा व्यवहारिक शिक्षा प्रदान गरिन्छ । यहाँ ब्यबहारिक रुपमै सेक्स सिकाइने दावी गरिएको छ ।

उक्त विद्यालयमा गृहकार्य समेत सेक्स नै हुन्छ । यो स्कुलमा पढ्नका लागि एक सत्रको १४ सय बेलायती पाउण्ड भर्ना शुल्क लाग्छ । यो भनेको लगभग दुइ लाख रुपैयाँ जति हो । युवायुवतीले मात्र पढ्नका लागि भर्ना हुन पाउने व्यवस्था छ । यो स्कुलमा छात्र छात्राको छुट्टाछुट्टै छात्राबास छैन ।एउटै होस्टेलमा, अझ भनौं एउटै कोठामा पनि केटाकेटी बस्न पाउने सुविधा छ ।

यसो गर्नुको खास कारण भनेको विद्यालयमा पढाइने यौन सम्बन्धी पाठहरु उनीहरुले कोठामा गएर व्यवहारिक रुपमा प्रयोग गर्न सकुन् भन्ने नै हो । अस्ट्रियन इन्टरनेसनल सेक्स स्कुल यो स्कुलको नाम हो । स्कुलकी संस्थापक तथा प्राचार्य एल्वा मारिया थम्पसनका अनुसार विद्यालयको मूल उदेश्य भनेकै युवा युवतीलाई असल प्रेमी बनाउन सिकाउनु हो ।

यो पनि पढ्नुहोस :

  • यौन जिज्ञासा – नेपालीहरु सेक्स गर्न जान्दैनन्, सेक्सका लागि नाङ्गो हुनु अनिवार्य – डा करुणा

नेपालमा यौनका विषयमा खुलेर कुरा गरिंदैन । यौनका बारेमा जति चर्चा गरिन्छ, वा त्यसलाई असाध्यै जटिल वनाईन्छ, या अति नै हलुका । फलस्वरुप यो कतिपयका लागि चर्चा गर्न अयोग्य विषय भएको छ भने धेरैका लागि अतिरञ्जनको विषय । फ्रायडले धेरै अघि मानिसका सबैजसो क्रिया यौनमा आधारित हुन्छ भन्ने ब्याख्या गरिसक्दा पनि फ्रायड पढेका नेपाली बौद्धिक वर्गले पनि यसलाई स्वीकार्न सकेका छैनन् । यो गम्भीर विषयमा मनोविज्ञ करुणा कुँवर भने प्रष्ट छिन् । १२ बर्षदेखि मनोविज्ञान त्यसमा पनि पारिवारिक तनावका विषयमा अध्ययन – अनुसन्धान गरिरहेकी करुणा नेपालीको यौन मनोविज्ञान जटिलतातर्फ उन्मुख हुँदै गएको स्वीकार गर्छिन् ।

हेर्नुस भिडियोमा आखिर उनले यौनको बिषयमा अरु के के भनिन त ? –

यो पनि पढ्नुहोस :

  • महिनावारी हुदा मेडिकलको ‘प्याड’ किन्ने क्षमता नभएका महिलाहरुले प्रयोग गर्ने गरेको ‘कपडा’ के सुरक्षित छ त ?

दोलखा । पाठेघरको मुखमा संक्रमण भएर प्रस्तावित चरिकोट अस्पतालमा उपचार गर्न आउनुभएकी भीमेश्वर नगरपालिका–७ की ईश्वरी मुग्राती सुरक्षित प्याडको बारेमा अनभिज्ञ हुनुहुन्थ्यो । स्वास्थ्यकर्मीले त्यसबारे जानकारी गराउदा अनभिज्ञताले पाएको दुख सम्झेर उहाँ पछुताउनुभयो, महिलाखबरमा समाचार छ।

महिनावारी हुँदा पुरानो कपडा प्रयोग गर्दै आउनु भएको मुग्राती असुरक्षित प्याडको प्रयोगबाट पाठेघरमा संक्रमण भै स्वास्थ्यमा असर पार्छ भन्ने कुरा पहिले नै थाहा पाएको भए लामो समयसम्म पीडित हुनु नपर्ने बताउनु हुन्छ । मुग्राती भन्नुहुन्छ– ‘महिनावारी हँुदा प्रयोग गरेका कपडा अरुले देख्ने गरी सुकाउनु हुदैन भन्थे, किटाणु मर्ने गरी घाममा सुकाउनु पर्ने कुरा त बल्ल पो थाहा पाएँ ।’

सुरक्षित प्याड प्रयाेग वारे सिक्दै महिला

भीमेश्वर नगरपालिकाकै २३ बर्षिया प्रमिला मुग्रातीलाई पनि पाठेघरको संक्रमण भएको छ । ‘मेडिकलको प्याड किनेर साध्य नहुने भएकाले पुरानो कपडा प्रयोग गर्थे, प्रमिला भन्नुहुन्छ,– मैले प्रयोग गरेको कपडा सुरक्षित छैन भन्ने कुरा अहिलेमात्र थाहा पाए ।’

दोलखामा महिनावारी भएका महिलाहरुमा सरसफाइ तथा सुरक्षित प्याडको प्रयोग बारे चेतनाको अभावले पाठेघरको संक्रमण तथा बाझोपनको समस्या देखिएको भुकम्प पछिको एक अध्ययनले देखाएको छ । जसको समाधानका लागि लण्डनको एक्जुडस ट्राभल्सको आर्थिक सहयोग तथा हेल्थ पाटर्नरशीप नेपालको समन्वयमा सदरमुकाम चरिकोट स्थित प्रस्तावित चरिकोट अस्पतालमा फ्रीडम किट व्याग वितरण कार्यक्रम सञ्चालन गरिएको छ ।

फ्रीडम किट व्याग वितरण कार्यक्रममा प्राथामिक स्वास्थ्य केन्द्र चरिकोटकी डाक्टर अर्चना केसीले सुरक्षित प्याड प्रयोग नगर्दा हुने संक्रमण र सरसफाईको तरीकाको बारेमा जानकारी दिनु भएको थियो ।

प्रस्तावित चरिकोट अस्पतालमा स्वास्थ्य परिक्षण गर्न आएका पाठेघरमा संक्रमण भएका महिलाहरुलाई महिनावारी हुँदा प्रयोग गरिने प्याड, पेन्टी, साबुन, प्याड सुकाउन प्रयोग गरिने डोरी लगायतको सामाग्री रहेको फ्रिडम किड व्याग वितरण गरिदै आएको छ ।

सुरक्षित प्याडको प्रयोगले घरमै पाठेघरको संक्रमण नियन्त्रण गर्न सकिने र त्यसैको लागि संक्रमणको कारण समाधानको उपाएबारे जानकारी गराउदै फ्रिडम किड व्याग वितरण गरिएको डाक्टर केसीको भनाई छ । डाक्टर केसीका अनुसार प्रस्तावित चरिकोट अस्पतालमा दैनीक तीन सय ५० जनासम्म विरामी उपचारको लागि आउने गरेका छन् । त्यसरी आउने विरामीमा ७० प्रतिशत महिला हुने गरेको र त्यसमा ३० प्रतिशत महिला पाठेघरको संक्रमण भै उपचारको लागि आउने गरेको डाक्टर केसीको भनाई छ ।

पाठेघरमा संक्रमण हुने मुख्य कारण असुरक्षित प्याडको प्रयोग भएपनि अन्य रोगहरुले पनि पाठेघरको संक्रमण हुनसक्ने भएकोले समस्या भएमा तत्कालै स्वास्थ्यकर्मीसंग जाँच गराउनु पर्ने डाक्टर केसी बताउनु हुन्छ ।

-सर्मिला बुढाथोकी/महिलाखबरबाट