बुटवल । यातायात कार्यालय बुटवलमा कर्मचारीकै भेषमा बिचौलीयाहरुले दलाली गर्ने गरेका छन् । कार्यालयमा पुग्ने सेवाग्राहीसँग कर्मचारीकै जस्तो पोशाका लगाएका दलालहरुले कर्मचारीसँग सेटीङ मिलाएर सेवाग्राहीसँग पैसा अशुल्ने गरेका छन् ।

बुटवलका सागर खनाल शुक्रबार सवारी चालक अनुमती पत्र नविकरणका लागि यातायात व्यवस्था कार्यालयमा सवारी चालक अनुमती पत्र लिने लाइनमा बसिरहेको थिए । सोही बेला यातायात कार्यालय बुटवलका कर्मचारीहरुकै जस्तै पोशाक लगाए यि व्यक्ति आएर केही पैसा दिए क्षणभरमै काम गरिदिने बताए ।

यसपछि सागर खनालका सबै कागजपत्र उनले लिएर कार्यालयका सबै फाँटमा निर्वाध यसरी काम गराए । उनी कार्यालयका कर्मचारी थिएन तर कार्यालयका कर्मचारीले लाइनमा बसिरहको अन्य सर्वसाधारणको काम रोकेर उनको काम धमाधम गरिदिएका थिए ।

केही छिनमै उनको सवारी चालक अनुमती पत्र नविकरणको लागि राजश्व बुझाए र सवारीचालक नविकरणको पुर्जी थमाउँदै १ हजार रुपैयाँ मागे पनि ८ सय रुपैया लिए ।

यो सम्पुर्ण घटना ८ मिनेट भित्रको थियो । ८ सय रुपैया दिएर ८ मिनेटमा काम भएपछि सेवाग्राही अच्चमित थिए । तर दलाललाई पैसा नदिने सेवाग्राहीले त यही कामका लागि दिन भर लाईनमा बस्दा पनि काम हुदैन् ।

यस अघि सवारी चालक अनुमती पत्रको पुन परीक्षा दिनका लागि समेत कार्यालयले पटक पटक सुचना जारी गर्ने तर ३ दिनसम्म पनि सर्भर फेल भन्दै पटक पटक प्रयोगात्मक परीक्षा स्थगित गरीरहेको थियो ।

भिडियो हेर्नुहोस :