बेइजिङ। डुङगा रेस चलिरहेका बेला रेसमा सहभागी २ डुङगा अचानक पल्टिँदा १७ जनाको मृत्यु भएको छ । चीनको बेइजिङमा शनिबार भएको यो घटनाका सम्बन्धमा अनुसन्धान गर्न २ जनालाई हिरासतमा लिइएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

यी दुई बोटमा ५७ जना सवार भएको बताइएको छ । उद्धारको लागि २ सय जनालाई परिचालन गरिएको छ । घटनाका शिकार भएका धेरैजसोले लाइफ ज्याकेट नलगाएको समाचारमा जनाइएको छ । यो दुर्घटनाका सम्बन्धमा २ जनालाई पक्राउ गरिएको छ ।