काठमाडौं, १३ बैशाख । बढ्दो उमेरको साथ-साथै आँखाको वरिपरी त्वचामा चाउरीपना पर्न थाल्छ र कतिपय मानिसलाई कम उमेरमै यस्तो समस्या देखिन शुरु हुन्छ । अनुहारमा कसिलोपन कम हुनु कोलोजनको कमीको कारण हुन्छ, जसको कारणले चाउरीपना पर्न थाल्छ । यदि तपाईको जीवनशैली राम्रो छैन या आहार पौष्टिक छैन भने यो समस्या आउन सक्छ । तर यस्ता कयौँ घरेलू उपाय छन्, जसको मद्दतले आँखाको वरिपरीको चाउरीपना कम गर्न सकिन्छ । यसको साथै सही समयमा र उचित मात्रामा फलफूल, हरियो सागसब्जी, माछा र अन्य बढ्दो उमेरको समस्यालाई रोक्ने चीज, प्रोटीन र मिनरल्सयुक्त आहार खानुहोस् ।

१-मोइश्चराइजिंग

यदि तपाईको त्वचामा मुलायमपन छैन भने चाउरीपनाको समस्या देखिन सक्छ । यदि तपाईले आफ्नो त्वचालाई पूर्ण मुलायमपन प्रदान गर्नुहुन्छ या मोइश्चराइजर लगाउनुहुन्छ भने मसिना रेखाहरू कम भई हट्छ ।

२-हाइड्रेशन

यदि आँखाबाट चाउरीपना हटाउन चाहनुहुन्छ भने प्रशस्त मात्रामा अधिक पानी पिउनु पर्दछ । दिनमा कम्तीमा ८ गिलास पानी अवश्य पिउनु पर्दछ ।

२-स्क्रब अवश्य गर्नुहोस्

रुखो त्वचामा प्रायजसो चाउरी पर्न थाल्छ । यदि सुख्खा त्वचालाई समय-समयमा स्क्रब गरी हटाउन नसकेमा त्यो त्वचामा जम्न थाल्छ । बजारमा उपलब्ध उत्पादनको साटो एक्सफोलिएट गर्नको लागि घरेलू वा प्राकृतिक तरिका उचित हुन्छ ।

४-मेकअपले चाउरीपना लुकाउनुहोस्

यदि तपाईको आँखाको वरिपरी चाउरीपना कम भैरहेको छैन भने मेकअपको साहार लिन सकिन्छ । कोशिश गर्नुहोस् कि आँखाको वरिपरी सुन्दरताको साथ कन्सीलर लगाउनुहोस् । कन्सीलर लगाउने क्रममा ब्रश या औंलाको मद्दतले सिधा चाउरीपना रहेको ठाउँमा लगाएर चाउरीपनालाई ढाक्ने कोशिश गर्नुहोस् । साथै यसको माथि फाउन्डेशन लगाएर पूर्ण त्वचालाई राम्रो तरिकाले ढाक्नुहोस् ।

५-आँखाको मसाज गर्नुहोस्

आँखाको वरिपरी मसाज गरी रक्त संचार तीव्र गराउनु चाउरीपना कम गर्ने सही तरिका हो । रगतद्वारा आँखाको वरिपरीको नसालाई पोषण र अक्सीजन पुग्छ र क्षतिग्रस्त त्वचा निर्माण हुन्छ । मसाज गर्नका लागि सधैँ एक राम्रो क्रीम या तेल जस्तै:- जैतुन तेल या नरिवलको तेल प्रयोग गर्नुहोस् ।

६-आई मास्क लगाउनुहोस्

आँखाको वरिपरीको सूजन या चाउरीपनालाई हटाउनका लागि आई मास्क एक राम्रो तरिका हो । आई मास्क तयार गर्नका लागि १/४ कप तातो दूधमा २ चम्मच ब्राउन सुगर मिलाएर चिसो हुन दिनुहोस् । यसलाई कटनको सहायताले पूरै अनुहार तथा आँखाको तल लगाउनुहोस् । यसलाई १५ देखि ३० मिनेटसम्म सुक्न दिनुहोस् । यसपछि अनुहारलाई धोएर एक राम्रो मोइश्चाराइजर लगाउनुहोस् ।

७-आफ्नो आहारलाई स्वस्थ राख्नुहोस्

भिटामिन सी ले भरिपूर्ण आहार त्वाचाको लागि सबैभन्दा राम्रो आहार मानिन्छ । आहारमा मेवा, अम्बा किवी आदि फल खानुपर्दछ । यसले शरीरमा एन्टी-अक्सीडेन्ट बढाउनुको साथै इम्यून सिस्टमलाई पनि मजबूत राख्छ । साथै गाँजर पनि प्रशस्त खानुहोस् किनकी यसमा बीटा क्यारोटिन हुन्छ, जसले त्वचालाई चमकदार र स्वस्थ बनाई राख्न मद्दत गर्छ । यदि तपाई ननभेज खान रुचाउनु हुन्छ भने माछालाई आफ्नो आहारमा समावेश गर्न सक्नुहुन्छ ।