नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)को एकता पक्रिया निष्कर्षमा पुग्न सकिरहेको छैन । वितेका महिनाहरुमा थुप्रै गृहकार्य गरिएको भनिएपनि, ओली र प्रचण्डले एकताको पक्षमा निरन्तर माहोल बनाउने अभिव्यक्ति दिइरहे पनि पार्टी स्थापना दिवसको अवसर पारेर बैशाख ९ गते पार्टी एकता गर्न कार्य दलले सुझाएपनि सो मितिमा पार्टी एकता हुन सकेन ।

एमाले र माओवादी केन्द्र नेपालका सबभन्दा ठूला कम्युनिष्ट पार्टी हुन् । यी पार्टीका आ–आफ्नै ईतिहास, संकृति र परम्परा छन् । आ–आफ्नै संवेदनशीलता पनि छन् । यस्ता पार्टीको सपूर्ण रुपमा एकता हुन समय लाग्छ । रातारात सबै कुरा मिल्न सक्दैन ।

पार्टी स्थापना दिवस मनाउन राष्ट्रिय सभागृहमा जम्मा भएका नेता कार्यकर्ताले करिब ४ घण्टासम्म कार्यक्रममा राख्ने फोटो र व्यानरको विवाद भयो । तत्कालका लागि त्यसको समाधान गरेपनि त्यसले के देखायो भने यी दुई पार्टीको एकतामा अझै थुप्रै काम बाँकी छन् ।

एमाले र माओवादी केन्द्र नेपालका सबभन्दा ठूला कम्युनिष्ट पार्टी हुन् । यी पार्टीका आ–आफ्नै ईतिहास, संकृति र परम्परा छन् । आ–आफ्नै संवेदनशीलता पनि छन् । यस्ता पार्टीको सपूर्ण रुपमा एकता हुन समय लाग्छ । रातारात सबै कुरा मिल्न सक्दैन ।

बैशाख ९ गते पार्टी स्थापना दिवस भएकोले सो दिन पार्टी एकताको घोषणा गर्दा राम्रो हुन्छ भन्ने सुझाव कार्यदलले दिएपनि शीर्ष तहमा पार्टी एकताको सपूर्ण सहमति बन्न सकेन । समय पुगेन । फेरि पार्टी एकतामा सैद्धान्तिक, संगठनात्मक र प्राविधिक पक्ष मात्र सामेल हुदैनन्, भावनात्मक पक्षमा समेत ध्यान पु¥याउनु पर्ने हुन्छ । विगतमा दुश्मनी र भौतिक आक्रमणा समेत उत्रिएका एमाले र माओवादी केन्द्रबीच भावनात्मक एकता निर्माण महत्वपूर्ण पक्ष हो ।

नेतृत्व व्यवस्थापन, संगठनात्मक व्यवस्थापन, चुनाव चिन्ह लगायतका विषयमा सहमति हुन बाँकी छ । जनयुद्ध लगायतका ऐतिहासिक घटनालाई कसरी दस्तावेजमा समावेश गर्ने भन्ने विषय पनि पेचिलो विषय छ ।

पार्टी एकता गर्ने भनेपछि त्यसमा सैद्धान्तिक विषय सबभन्दा अगाडि आउँछ । तर यो विषयलाई एमाले र माओवादी केन्द्रले मार्क्सवाद र लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने र जनताको बहुदलीय जनवाद र माओवाद वा एक्काइसौं शताब्दीको जनवादको बारेमा महाधिवेशनसम्म छलफल बहस गर्ने र महाधिवेशनको हलबाट टुङ्ग्याउने सहमति गरेका छन् । शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धाको माध्यमबाट समाजवादको गन्तव्यमा जाने भन्नेमा त चुनाव अगावै सहमति जुटिसकेको छ । नेतृत्व व्यवस्थापन, संगठनात्मक व्यवस्थापन, चुनाव चिन्ह लगायतका विषयमा सहमति हुन बाँकी छ । जनयुद्ध लगायतका ऐतिहासिक घटनालाई कसरी दस्तावेजमा समावेश गर्ने भन्ने विषय पनि पेचिलो विषय छ ।

राजनीतिमा विवाद आउने र आएका विवादको समाधान खोजिने कुरालाई एउटा स्वभाविक प्रक्रियाको रुपमा लिनु पर्छ । फोटो र व्यानरको विवाद चाहिँ एमाले र माओवादी केन्द्रका फरक–फरक प्रचलनको कारण पनि भएको हो । एमालेले लामो समयदेखि सार्वजनिक कार्यक्रममा पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको फोटोहरु राख्ने गरेको छ भने माओवादी केन्द्रले मार्क्स, एङ्गेल्स्, लेनिन, स्टालिन र माओको फोटो राख्ने गरेको छ ।

मार्क्स, लेनिन, माओ लगायतका अन्तर्राष्टिय नेताको विचारलाई नेपालको धरातलीय वास्तविकतामा सिर्जनात्मक रुपले लागू गर्ने र पुष्पलाल, मनमोहन, मदन भण्डारीलाई आफ्ना महान अग्रज र पृय नेता मान्ने एमालेको चलन एकता पछि बन्ने पार्टीका लागि पनि अनुकरणीय हुन सक्छ ।

साइनबोर्ड, ब्यानर र लेटरप्याडमा समेत माओवादी केन्द्रले ती पाँच नेताको फोटोहरु अंकित गर्ने गरेको छ । पार्टी कार्यालयमा नेताहरुको फोटो झुण्ड्याउने सवालमा पनि त्यस्तै देखिन्छ । मार्क्स, लेनिन, माओ लगायतका अन्तर्राष्टिय नेताको विचारलाई नेपालको धरातलीय वास्तविकतामा सिर्जनात्मक रुपले लागू गर्ने र पुष्पलाल, मनमोहन, मदन भण्डारीलाई आफ्ना महान अग्रज र पृय नेता मान्ने एमालेको चलन एकता पछि बन्ने पार्टीका लागि पनि अनुकरणीय हुन सक्छ ।

अनुभवले देखाएको छ–नेपाली जनताले नेपालको कम्युनिष्ट आन्दोलनलाई यो उचाईमा पु¥याउने नेतालाई नै हृदयमा राखेका छन् । पुष्पलाल, मनोहन र मदन भण्डारीको फोटोमा विवाद निकाल्ने माओवादी कार्यकर्ताले जनताको भावनासँग गाँसिएको यो पक्षलाई गम्भीर भएर सोच्लान् नै ।

बैसाख ९ गतेको कार्यक्रमका लागि फोटो र व्यानरको विषयमा पहिले नै टुङ्गो लगाएर मात्र कार्यक्रम स्थलमा जानु पथ्र्यो । त्यसो हुन नसक्दा समस्या आएको हो । तर, फोटो र व्यानरको विवाद ठूलो विवाद होइन, एकतालाई असर गर्ने तहको विवाद होइन ।

राष्ट्रिय सभामा पोखिएको फोटो र व्यानर विवादलाई प्रधानमन्त्री केपी ओलीले गम्भीर रुपमा लिनुभएको देखिन्छ । प्रचण्डले पनि पुष्पलाल, मदन र मनमोहनलाई नयाँ शिराबाट विश्लेषण गर्न थालेको देखिदैछ ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना लेनिन जयन्तीको अवसर पारेर गरिए पनि लेनिन जयन्ती र पार्टी एकता दिवस एउटै कुरा होइनन् । राष्ट्रिय सभाको कार्यक्रम पार्टी स्थापना दिवस समारोह थियो, लेनिन जयन्ती समारोह थिएन । र, नेपालको प्रधानमन्त्रीले लेनिन् वा माओ जयन्तीको प्रमुख अतिथि बन्ने कुरा सान्दर्भिक पनि हुदैनथ्यो ।

राष्ट्रिय सभामा पोखिएको फोटो र व्यानर विवादलाई प्रधानमन्त्री केपी ओलीले गम्भीर रुपमा लिनुभएको देखिन्छ । प्रचण्डले पनि पुष्पलाल, मदन र मनमोहनलाई नयाँ शिराबाट विश्लेषण गर्न थालेको देखिदैछ । दुवै नेतालाई दुई पार्टीका कार्यकर्ताको मनोवैज्ञानिक खाडल पुर्नुछ । किनभने पार्टी एकता गर्ने एमाले र माओवादीको सार्वजनिक प्रतिबद्धता हो । ओली र प्रचण्डको पटक–पटकको उद्घोष हो । यी प्रतिवद्धताबाट अब कोही पछाडि फर्कने ठाउँ नै छैन । सैद्धान्तिक र राजनीतिक विषयमा कुरा मिलिसकेको हुनाले केही समय लिएपनि अरु विषयको छिनोफानो भइहाल्छ । निर्मल भट्टराईले दैनिक नेपालमा खबर लेखेका छन् ।