काठमाडौँ -कुनै समयकी चर्चित नायिका निरुता सिंह यति बेला नेपालमा बस्दै आएकी छन् ।पछिल्लो समय भारतमा रहदै आएकी सिहं हिबार साँझ आयोजित ‘छैठौँ एनएफडिसी अवार्ड’का लागि नेपाल आएकी उनले पानी परेका कारण अवार्डमा आफ्नो प्रस्तुति राख्नै पाइनन् ।निर्देशक बिकाश आचार्यको निर्माण निर्देशक रहेको चलचित्र ‘नाईं नभन्नू ल ५’ मा बालकलाकार अनुभव रेग्मीको आमाको भूमिकामा अभिनय गर्ने भएपछि नले केही समय आफ्नो बसाई लँबाएको बताइएको छ ।

अभिनेत्रीको भुमिकामा चर्चा हुँदा हुँदै नेपाली चलचित्र अभिनयबाट टाढा रहेकी निरुता अहिले भने आमाको भुमिका मार्फत भित्रिएकी हुन् । फिल्ममा निरुतालाई आमाको भुमिका अत्यन्तै राम्रो हुने बताइएको छ ।

निरुताको सुटिङ दुई दिनमा सकिनेछ ।निरुताले कुनै समय नेपाली फिल्ममा एक छत्र राज गरेकी थिइन् ।’ फिल्ममा निरुताका अलवा प्रियंका कार्की, केकी अधिकारी, दीलिप रायमाझी, अनुभव रेग्मी, सेड्रिना शर्मा, अभिषेक नेपाल, स्वस्तिमा खड्कालगायतका कलाकारको मुख्य भुमिका रहने छ । फिल्म भदौमा प्रदर्शनमा आउने बताइएको छ ।